काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले आगामी वर्षको बजेटका लक्ष्यअनुसार राजस्व सङ्कलन हुनेमा आशङ्का व्यक्त गरेको छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१÷८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले राजस्व बढाउन करका दायरा र गैरकानुनी कारोबार बन्द गर्नुपर्ने धारणा राखे।
सांसद गुरुङले बजेटमा समेटिएको गाँजाखेतीको विषयलाई कानुन बनाएर कार्यान्वयनमा लैजानुपर्ने भन्दै आफू कानुनमन्त्री हुँदा यसबारेमा कोसिस गरेको समेत स्मरण गरे । “औषधिका रूपमा गाँजाखेती गर्न सकियो भने रु दुई खर्ब र घरेलु मदिरालाई ब्रान्डिङ गरे थप रु दुई खर्ब राजस्व सङ्कलन गर्न सकिन्छ । त्यस्तै नेपालमा रहेका सात सय ३६ जातका जडीबुटीको व्यावसायिक खेती गरेर थप रु दुई खर्ब आम्दानी गर्न प्रशस्त सम्भावना छ । यसतर्र्फ पनि सोच्न जरूरी छ”, गुरुङ्ले भने। उनले देश बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने, सत्तामा बस्दा र नबस्दा पनि देश बनाउने सङ्कल्पका साथ काम गर्नुपर्ने उनको भनाइ छ ।
हिन्दू धर्मावलम्बीका लागि नेपाल तपोभूमि र बौद्धधर्मावलम्बीका लागि लुम्बिनी प्रसिद्धस्थल रहेको बताउँदै उनले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न लाग्नुपर्नेमा जोड दिए।
सांसद गुरुङले बजेटमा ‘बर्थिङ हब’ भनेर आएको र अब ‘हनिमुन सिटी’ पनि बनाउनुपर्ने धारणा व्यक्त गरे । “घाटा बजेटलाई काम गर्न नयाँ उत्पादनका स्रोत खोज्नुपर्ने छ । यसैगरी बजेट कार्यान्वयन जाँदा सक्षम हुन्छ कि हुँदैन, बजेटका कतिपय बुँदामा रकम नै उल्लेख भएको देखिँदैन, यसर्थ यथार्थवादी भएर मूल्याङ्कन गर्नुपर्छ”, उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १३:२५
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज अर्थपूर्ण भेटवार्ता हुने भएको ...
पौष १० गते, २०८२ - १३:०७
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन्। ल...
पौष १० गते, २०८२ - १२:५९
काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफलमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर ब...
पौष १० गते, २०८२ - १२:५४
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उज्यालो नेपालका संरक्षक तथा पूर्व मन्त्री कुलमान घिसिङसँग आगामी निर्वाचनमा सहकार्यबारे छुट्टै छलफल...
पौष १० गते, २०८२ - १२:३१
काभ्रेपलाञ्चोक। सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। गडाम्रेबाट चकमकेतर्फ जाँद...
पौष १० गते, २०८२ - १२:२१
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दलमार्फत अघि बढ्ने तयारीस्वरूप ३० जनाभन्दा बढी नेता, अभियन्ता, कलाकार तथा सञ्चारकर्म...
पौष १० गते, २०८२ - १२:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आज भेटवार्ता हुने भएको छ। सोमबार...
पौष १० गते, २०८२ - ११:४३
काठमाडौँ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र कोकिन लुकाएर तस्करी गर्ने एक थाइ नागरिकलाई पक्राउ गरेको छ। लाओसबाट बैंकक हुँदै काठमाड...
पौष १० गते, २०८२ - ११:२९
मुस्ताङ। लोमान्थाङ गाउँपालिका–२, छोसेरमा रहेका होटल बन्द गरी व्यवसायी जाडो छल्न बेंसी झरेपछि मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्कासहित कर्मचारील...
पौष १० गते, २०८२ - १०:५८
बाजुरा । बाजुराको सदरमुकाम मार्तडी–कोल्टीमा रहेको ४२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन । सो सडक कालोपत्रे नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, ...




प्रतिकृया लेख्नुहोस्: