Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

कृषि सामग्री अनुदानमा वितरण गर्दै इच्छाकामना

खबरडबली संवाददाता

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । सुन्तलाखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको हो ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले लोकप्रिया कृषि सहकारी र पिपलडाँडा–धुषाडाँडा कृषि समूहमा आवद्ध २० जना किसानलाई कृषि सामग्री हस्तान्तरण गरेका हुन् । 

गाउँपालिकाका कृषि शाखाका प्रमुख आशिष त्रिपाठीका अनुसार म्यानुअल पम्प ट्याङ्की, डिजिटल तराजु, किरेट, पाइप, भर्‍याङलगायत सामग्री वितरण गरिएको हो । उनले सुन्तलाखेती प्रवर्द्धन गर्न पालिकाले किसानलाई प्रोत्साहन र आकर्षित गर्ने विभिन्न कार्यक्रम गर्दै आइरहेको बताए । 

उनका अनुसार पालिकाले गत आवमा तीनदिने सुन्तला महोत्सव आयोजना गरेको थियो । किसानलाई  सुन्तलाको बेर्ना अनुदानमा वितरण गर्ने योजना रहेको त्रिपाठीले  बताए । किसानबाट माग भएअनुसार १० हजार कलमी र १६ हजार बिजु बिरुवा वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए । 

पछिल्लो समय सुन्तलाखेती गर्ने किसान बढ्दै गएकाले बढी उत्पादन हुने स्थानमा नयाँ बगैँचाका लागि सहयोगका कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । पालिकाले  वडा नं ३ फिस्लिङमा कृषि भवन निर्माण गरेको अध्यक्ष गुरुङले जानकारी दिए । 

उक्त भवनमा कृषिजन्य उत्पादनको सङ्कलन, चिस्यान केन्द्र तथा पाहुना घर सञ्चालन गरिने उनको भनाइ छ । गाउँपालिकाले कृषिजन्य उत्पादनलाई बजारीकरण समेत सहयोग गर्ने उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य

विराटनगर । कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आज राति १२ बजेदे...

वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारकाे जोड छ: उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नवीन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारले जोड द...

क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठग्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ...

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ ।  बैठकमा पार्टी केन्द्रीय का...

उदयपुरको कटारी सोरुङ्गछविसेमा आमा-छोरा हत्याका अभियुक्त सार्वजनिक

कटारी । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा-छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको छ ।  ...

रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ ।  सहकारीको बचत अप...

नेपाली सेनाको अगुवाईमा रौतहटमा ७ हजार वृक्षारोपण

रौतहट । रौतहटमा नेपाली सेनाको अगुवाईमा बृहत रुपमा वृक्षारोपण गरिएको छ । संबिधान दिवसको अवसर पारेर नेपाली सेनाको अगुवाईमा रौतहटको चुरे क्षेत्रमा बिभिन्...

राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्...

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन । नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार...

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

मुस्ताङ​ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy