Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

फोहरले भरिएका बेलुन प्रक्षेपणपछि उत्तर कोरियासँगको शान्ति सम्झौता रद्द गर्ने दक्षिण कोरियाको घोषणा

खबरडबली संवाददाता

एजेन्सी । दक्षिण कोरियाले सोमबार उत्तर कोरियासँगको मेलमिलाप सम्झौता निलम्बन गर्ने घोषणा गरेको छ । उत्तर कोरियाले फोहरले भरिएका बेलुनहरू दक्षिणतिर पठाएपछि उसलाई दण्डित गर्न मेलमिलाप सम्झौता निलम्बन गर्ने योजना बनाएको दक्षिण कोरियाले बताएको हो । 

यद्यपि उत्तर कोरियाले आफ्नो बेलुन अभियान रोक्ने बताएको छ । उत्तर कोरियाले दक्षिण कोरियाली नागरिक अभियानविरुद्ध आक्रोशित प्रतिक्रिया व्यक्त गर्दै धेरै दिनसम्म दक्षिणतिर फोहर र मलले भरिएका सयौँ बेलुन उडाएको थियो । 

आइतबार दक्षिण कोरियाले जवाफमा ‘असहनीय’ प्रतिशोधात्मक कदम चाल्ने बताएको थियो । यसअघि उत्तर कोरियाले सीमापार बेलुन उडाउन बन्द गर्ने अचानक घोषणा गरेको थियो । राष्ट्रपति कार्यालयका अनुसार सोमबार दक्षिण कोरियाली राष्ट्रपतिको राष्ट्रिय सुरक्षा परिषद्ले सन् २०१८ को अन्तर–कोरियाली सम्झौतालाई निलम्बन गर्ने निर्णय गरेको छ । 

उक्त सम्झौताको उद्देश्य दुवै कोरियाबीच आपसी विश्वास पुनःस्थापित नभएसम्म सीमावर्ती शत्रुतालाई कम गर्नु रहेको छ । निलम्बनले दक्षिण कोरियालाई उत्तर कोरियासँगको सीमा नजिकै पुनः सैन्य अभ्यास गर्न र उत्तर कोरियाको उक्साहटको प्रभावकारी र तत्काल प्रतिक्रिया दिन अनुमति दिने सुरक्षा परिषद्ले बताएको छ । मङ्गलबार निलम्बनसम्बन्धी प्रस्ताव अनुमोदनका लागि मन्त्रिपरिषद्मा प्रस्तुत गरिने बताइएको छ । 

दक्षिण कोरियाको सीमावर्ती लाउडस्पिकरमार्फत प्योङयाङविरोधी प्रचार प्रसार, के–पप गीत र बाहिरका समाचारहरू पुनः सुरु गर्न सम्झौताको निलम्बन आवश्यक रहेको पर्यवेक्षकहरूले बताएका छन् । उनीहरूका अनुसार दुई करोड ६० लाख जनसङ्ख्यामध्ये अधिकांशमाझ विदेशी समाचारमा आधिकारिक पहुँचको अनुमति नभएको र पहिलादेखि नै कठोररूपमा नियन्त्रित उत्तर कोरियामा यस्तो प्रकारको प्रसारण भइसकेको छ । 

सन् २०१८ को सम्झौता तत्कालीन उदारवादी दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच मेलमिलापको सानो अवधिमा भएको थियो । सम्झौताअनुसार कोरियालीहरूलाई एकअर्काविरुद्ध सबै शत्रुतापूर्ण कार्य रोक्न आवश्यक छ । यसमा प्रचार प्रसार र पर्चाबाजी अभियान पनि समावेश छ । तर सम्झौतामा स्पष्टरूपमा नागरिक पत्रपत्रिकामा पनि प्रतिबन्ध लगाउनुपर्छ भनिएको छैन् । 

यसबाट दक्षिण कोरियाली कार्यकर्ताहरूलाई प्योङयाङविरोधी पर्चा, दक्षिण कोरियाली नाटक र विश्व समाचारसहितको युएसबी स्टिक तथा उत्तर कोरियामा अमेरिकी डलर खसाउनका लागि बेलुन उडाउन अनुमति प्राप्त भएको छ । 

यस्तो प्रकारको प्रचार अभियानबाट क्रुद्ध भएर उत्तर कोरियाले यसअघि आउने बेलुनहरूमा गोली चलाएको थियो र उत्तरमा दक्षिण कोरियाले बनाएको रिक्त अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त बनाएको थियो । सन् २०१८ को सम्झौता यसअघि नै भङ्ग हुने खतरामा छ । गत नोभेम्बरमा उत्तर कोरियाको जासुसी उपग्रह प्रक्षेपणपछि तनाव बढेको छ । 

यसबाट दुवै कोरियालाई सम्झौता उल्लङ्घन गर्दै कदम चाल्न प्रेरित गर्यो । दक्षिण कोरियाले फ्रन्टलाइन हवाई निगरानी पुनः सुरु गर्यो भने उत्तर कोरियाले सीमा गार्ड पोस्टहरू पुनःस्थापना गर्यो । 

गत मङ्गलबारदेखि दक्षिण कोरियाका विभिन्न भागमा मल, सिगरेटका टुक्रा, कपडाका टुक्रा, रद्दी कागज बोकेका करिब एक हजार उत्तर कोरियाली बेलुन पाइएका छन् । दक्षिण कोरियाली सेनाका अनुसार बेलुनमा कुनै खतरनाक पदार्थ पाइएको छैन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE