कञ्चनपुर । आधुनिक तरिकाले धान रोप्नका लागि शुक्लाफाँटा नगरपालिका–१० झलारीका किसान प्लाष्टिको ट्रेमा बीउ उमार्ने कार्यमा लागेका छन् । मेसिनद्वारा धान रोपाइँ गर्न ट्रेमा बीउ उमार्ने काम भइरहेको हो ।
धानको उत्पादन वृद्धि गरी किसानको आयस्तरमा वृद्धि गर्न ध्रुवतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले प्रधानमन्त्री आधुनिकीरण परियोजना एकाइ कार्यालय कञ्चनपुरसँग सहकार्य गरी ५० प्रतिशत अनुदानमा मेसिनद्वारा धान रोपाइँ गर्ने कार्यक्रम सञ्चालन गरेको छ ।
सहकारीका अध्यक्ष लालबहादुर ऐरका अनुसार २५ बिघा जग्गामा ‘राइस ट्रान्सप्लान्ट’ मेसिनको प्रयोग गरी धान रोपाइँ गर्नका लागि बीउ राख्नसँगै खेत तयार गर्ने काम भइरहेको छ । “पहिलोपटक आधुनिक मेसिनको प्रयोग गरी धान रोपाइँ गर्न लागेका छौँ”, अध्यक्ष ऐरले भने, “पन्तनगरको सर्जु ५२ जातको धानको बीउ प्लाष्टिको ट्रेमा तयार गरेका छौँ ।”
मेसिनद्वारा धान रोपाइँ गर्ने किसानलाई धानको बीउसँगै पाँचवटा पावरटिलर, पाँचवटा मिनीटिलर, विषादी, जिङ्क, जाइम, पोषकतत्व, चारवटा रिपर, चारवटा हिलेचक्कालगायत ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको उनले बताए ।
परियोजनाअन्तर्गत रु १२ लाख र सहकारीको रु १२ लाख गरी रु २४ लाख रकममा लागत साझेदारी गरिएको छ । स्थानीय किसान केशव जोशीले नौलो अनुभवसहित मेसिनद्वारा धान रोपाइँ गर्ने कार्य गर्न लागेको बताउनुभयो । “मेसिनले धान रोपाइँ गर्दा लागत खर्चमा निकै कमी आउने अपेक्षा गरेका छौँ”, उनले भने, “धान रोपाइँका लागि रोपाहा खोज्ने झन्झट हुँदैन, सहज रूपमा धान रोपाइँ गरी उत्पादनमा वृद्धि हुने विश्वास छ ।”
बीउ तयार गर्न भने केही मेहनत गर्नुपरेको उनले उल्लेख गरे । नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले नगरपालिका क्षेत्रमै पहिलोपटक मेसिनको सहायताले धान रोपाइँ हुन लागेको बताए । “किसानले आधुनिक तरिकाले धानखेती गरे उत्पादन बढ्ने निश्चित छ”, उनले भने, “धानखेतीमा लाग्दै आएको लागत खर्च घट्ने भएकाले किसानलाई फाइदा पुग्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १३:०९
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गुन्डु पुगेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेक...
चैत्र ३ गते, २०८२ - १३:०२
काठमाडौं । रास्वपा का उपसभापति डोलप्रसाद अर्यालले नवनिर्वाचित सांसदहरूलाई इतिहास लेख्ने सुवर्ण अवसर आएको बताउँदै त्यसलाई सदुपयोग गर्न आग्रह गरेका छन्।...
चैत्र ३ गते, २०८२ - १२:५०
काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम ललितपुरको होटल रोयल टुलिपमा जार...
चैत्र ३ गते, २०८२ - १२:४२
खोटाङ। हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २ गते दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीले जिल्लाका घरहरूमा व्यापक क्षति पुर्याएको...
चैत्र ३ गते, २०८२ - १२:२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटनसत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन...
चैत्र ३ गते, २०८२ - १२:१७
नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम दिएको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सुर्खेत रोडअन्तर्गत धम...
चैत्र ३ गते, २०८२ - १२:०६
गण्डकी। नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भ...
चैत्र ३ गते, २०८२ - ११:४५
काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। उक्त कार्यक...
चैत्र ३ गते, २०८२ - ११:२७
उदयपुर। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी...
चैत्र ३ गते, २०८२ - ११:१८
बागलुङ। दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइएको छ । खोप अभियान सम्पन्न गरेपनि दादुरा अझै नियन्त्रणमा आइनसकेको हो । फागुनको पहिलो सातादेखि फैलिएक...


प्रतिकृया लेख्नुहोस्: