Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

दक्षिण अफ्रिकामा बाढीमा परी कम्तीमा १८ को मृत्यु

खबरडबली संवाददाता

एजेन्सी । दक्षिण अफ्रिकाको पूर्वी तटमा मुसलधारे वर्षाका कारण आएको बाढीमा कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् । 

पूर्वी केप प्रान्तमा कम्तीमा सात जनाको मृत्यु भएको बाढीको केन्द्रविन्दु रहेको नेल्सन मन्डेला बे नगरपालिकाका प्रवक्ताले बताए । साथै बन्दरगाह सहर डर्बन र त्यस वरपर कम्तीमा ११ जनाको मृत्यु भएको छिमेकी क्वाजुलु–नटालको प्रान्तीय सरकारले बताएको छ । 

नेल्सन मन्डेला खाडी विशेषगरी नगरपालिकाको बस्तीमा रहेका अस्थायी घरहरूबाट दुई हजारभन्दा बढी मानिसलाई बाहिर विस्थापन गरिएको छ । स्थानीय अधिकारीहरूले कपडा, खाद्यान्न र कम्मल दानका लागि अपिल गरेका छन् । प्रान्तीय अधिकारीहरूले क्वाजुलु–नटाल प्रान्तमा सतर्कताको अवस्था घोषणा गरेका छन् । 

“५५ जनालाई सामान्य चोट लागेको छ र उनीहरूको अस्पतालमा उपचार भइरहेको छ”, प्रान्तीय सरकारले विज्ञप्तिमा भनेको छ, “कम्तीमा एक सय २० जना विस्थापित भएका छन् र उनीहरूलाई अस्थायी आश्रयस्थलमा राखिएको छ ।”

डर्बन र यसको वरपरको क्षेत्र सन् २०२२ मा दक्षिण अफ्रिकाको इतिहासको सबैभन्दा भीषण बाढीको स्थल थियो । उक्त बाढीबाट पहिरो जाँदा चार सयभन्दा बढीको ज्यान गएको थियो । 

सोमबार राति प्रभावित दुवै प्रान्तमा उद्धार सेवा परिचालन गरिएको थियो । राष्ट्रिय मौसम विज्ञान संस्थानले दक्षिण अफ्रिका ‘कट अफ लो’ दबाब प्रणालीको चपेटामा परेको छ । यसले असिना, हिउँ र कडा हावा ल्याउन सक्छ । 

पूर्वी हिन्द महासागर तटमा भारी वर्षा भएको छ र मौसम विज्ञान सेवाहरूले मुलुकका नौ मध्ये चार प्रान्तमा मौसम सतर्कताहरू प्रकाशित गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending