Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

श्रीलङ्कामा मनसुनी आँधीबाट २६ को मृत्यु, सहयोगका लागि सेना परिचालन

खबरडबली संवाददाता

एजेन्सी । श्रीलङ्कामा भारी मनसुनी वर्षा र पहिरोबाट कम्तीमा २६ जनाको मृत्यु भएको छ । सरकारले मङ्गलबार सेनालाई बाढी र पहिरोबाट विस्थापित हजारौँलाई सहयोग गर्न आदेश दिएको छ । 

मनसुनी वर्षा र पहिरोमा परी ४२ जना घाइते भएको र मुलुकका २५ मध्ये २३ जिल्लामा बाढीबाट एक लाख ३० हजार मानिस घरबारविहीन हुनुपरेको कनिष्ठ रक्षामन्त्री प्रेमिता तेनाकुनले संसद्लाई जानकारी दिए । 

“हामीले राहत कार्यमा सहयोग गर्न सेना परिचालन गरेका छौँ”, उनले भने, “राहतको आपूर्तिमा सहयोग गर्न डुङ्गाहरू तैनाथ गरिएको छ ।” श्रीलङ्का सिँचाइ र जलविद्युत्का लागि मौसमी मनसुन वर्षामा निर्भर छ । विज्ञहरूले जलवायु परिवर्तनका कारण विश्वमा गर्मी बढेकाले मुलुकले बारम्बार बाढीको सामना गर्नुपरेको चेतावनी दिएका छन् । 

श्रीलङ्काको प्रमुख मौसम ब्युरोले वर्षा कम हुने पूर्वानुमान गरेको छ तर बाढीको खतरा कम नभएको बताएको छ । तराईका क्षेत्रहरू जलमग्न भएका छन् । थप वर्षाको सम्भावना रहेकाले सरकारले साताको बिदापछि सोमबार पनि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको थियो र सबैभन्दा नराम्ररी प्रभावित दक्षिणी प्रान्तमा धेरै विद्यालय मङ्गलबार पनि बन्द भएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभामुख घिमिरे स्वदेश फिर्ताः नेपालको शान्ति प्रक्रिया विश्वका लागि प्रेरणादायी

काठमाडौं । पाँच दिने कम्बोडिया भ्रमण सकेर सभामुख देवराज घिमिरे स्वदेश फर्केका छन् । पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजधानी नोम पेन्ह पुगेका स...

भाेली या पर्सि मात्रै रवि लामिछानेलाई काठमाडौँ ल्याइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याउन प्रहरी सकस परेकाे छ । अदालतबाट १५ दिनको म्याद लिएको ३ दिन हुँ...

रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दामा प्रमाण पेश गर्न सर्वोच्च अदालतकाे आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदहरूविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले प्रमाण पेश गर्ने...

दुग्ध विकास संस्थान सुधार गर्छु : कृषिमन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरिरह...

उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्र बाजुरामा विवाद

बाजुरा । स्वामिकार्तिक गाउँपालिकाका उपाध्यक्षका लागि १६ मंसिरमा हुने उपनिर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्र बाजुरामा विवाद बढेको छ । आधिकारीक उम्मेद...

अछाम अस्पतालमा शल्यक्रिया सुरु

अछाम । अछाम जिल्ला अस्पतालमा जटिल प्रकारको शल्यक्रिया सुरु भएको छ । पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको अछाम जिल्ला अस्पतालका  डा. अधिराज ...

उपनिर्वाचन : कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन आग्रह

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा सम्पूर्ण कर्मचारीलाई मतदानका दिन विशेष बिदा वा अन्य वैकल्पिक उपाय अपनाई मतदान गर्ने व्यवस्थ...

उपनिर्वाचन: कीर्तिपुरको मेयरबाट एकीकृत समाजवादीले माओवादी केन्द्रलाई सघाउने

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रका उम्मेदवार प्राडा शिवशरण महर्जनलाई सघाउने भएकाे छ । एकीकृ...

कपिलवस्तुमा अवैध पेस्तोलसहित एक युवा पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिका–६ का २१ वर्षीय सद्दाम हुसेन फकिरलाई अवैध पेस्तोलसहित पक्राउ गरेको छ । पेस्तोलसँग...

देशमै रोगजारी सिर्जना र विकास निर्माणलाई तीव्रता दिँदैछाैँ: सञ्चारमन्त्री गुरुङ

पाेखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशमै रोगजारी सिर्जना र विकास, निर्माणलाई तीव्रता दिन सरकारको खर्च गर्ने सामथ्र्य र प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy