Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

प्रतिनिधिसभाको शून्य समयः सुमना लक्षित ओलीको टिप्पणीदेखि सन्दिप लामिछानेको वास्तविकताबारे प्रश्न

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले शारीरिक अपाङ्गता भएका व्यक्तिको अधिकारदेखि, सडक पूर्वाधार, ठूला आयोजनामा बजेट अभाव, आगलागी पीडितलाई राहतदेखि किसानलाई मलखादको व्यवस्थालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको छन् ।

सांसद विद्या भट्टराईले संविधानमा मौलिक हकको रुपमा व्यवस्था भएको अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । उनका अनुसार अपाङ्गता र अशक्त व्यक्तिको हक कार्यान्वयनका लागि महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले सरोकारवालासँग छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको थियो । तर, बजेट अभावले कार्यान्वयन गर्न नसक्ने जानकारी पाएपछि विगत ३७ दिनदेखि आमरण अनशनमा रहनुभएको र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै पीडितको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद बिना लामाले नागढुङ्गादेखि धादिङ्को गल्छीसम्मको सडक दुरावस्था रहेको र सर्वसाधरणले निकै सास्ती बेहोर्नुपरेको जनाउँदै सडक स्तरोन्नति चाँडो गर्न सरकारसमक्ष माग गरिन्। सांसद विनिताकुमारी सिंहले तराई–मधेशलगायत देशका विभिन्न स्थानमा आगलागीको घटनाबाट करौडौँको क्षति र हजारौँ विस्तापित भएको भन्दै गरिब र पीडित परिवारका लागि राहत र बसोबासको व्यवस्थापन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । सांसद वीरबहादुर बलायरले महिला राजनीतिज्ञ द्धारिकादेवी कठुरानीको डोटीमा स्मृत भवन बनाउने कार्य अघिल्लो वर्ष सुरु भए पनि यो वर्ष बजेट व्यवस्थापन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद श्यामकुमार घिमिरेले कमला नदी नियन्त्रणका लागि बर्सेनि बजेट विनियोजन भए पनि प्रयाप्त रकम नहुँदा निर्माणकार्य प्रभावकारी हुन नसकेको भन्दै निश्चित समयमा काम सम्पन्न हुनेगरी बजेट विनियोजना गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद शान्ति विकले आगामी आवको बजेट परम्परागत भएको टिप्पणी गरिन्् । सांसद शान्ति श्रेष्ठले गोकर्ण–वाग्मती योजना करिडोरको अवस्थाबारे जानकारी गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद शिव नेपालीले अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई पहिचान गराउने नेपाली क्रिकेट टिमको हौसलाका लागि पूर्वाधार विकासमा ध्यान दिन माग गरे।

सांसद शिशिर खनालले शिक्षामन्त्री सुमना श्रेष्ठमाथि पोसाकलगायत विभिन्न विषयमा भइरहेको टिप्पणीप्रति सरोकारवालाको ध्यानाकर्षण गराए । सांसद शेरबहादुर कुँवरले अछामको बुढीगङ्गा जलविद्युत् परियोजना निर्माणलाई बजेट सुनिश्चितता गर्न माग गरे ।  सांसद शोभा ज्ञवाली किसान धानबाली लगाउने तयारीमा रहेकाले विगतका वर्षझै यो वर्ष पनि मल नपाएर समस्या बेहोररिहेको भन्दै उनीहरुलाई  सहज रुपमा मलखादको व्यवस्था मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो । सांसद सन्तोष परियारले बर्खाको समयमा देशका विभिन्न जिल्लाको सडक दुरावस्था रहेको भन्दै आम जनता आवतजावत गर्ने सडकमार्ग स्तरोन्नितिका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद सपनाराज भण्डारीले ठूलो सङ्ख्याका विद्यालय जाने उमेरका बालबालिका कुलतमा फसिरहेको भन्दै उनीहरुको शैक्षिक पठनपाटनको व्यवस्था गर्न माग गरे। सांसद सम्झना थपलियाले पछिल्ला दिनमा तराईमा खानेपानीको समस्या देखिएको भन्दै तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद स्वर्णिम वाग्लेले तनहुँस्थित पृथ्वी राजमार्गको अम्रेनीमा हालै पानी ट्याङ्करले ठक्कर दिँदा इञ्जीनीयर प्रवीण कैनीको दुःखद् निधन भएको भन्दै दोषीलाई कारबाही र मृतकलाई न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार समक्ष माग गरे ।

सन्दिप लामिछानेको वास्तविकताबारे सदनलाई जानकारी गइयोस्
बैठकमा सांसद शङ्कर भण्डारीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेको सन्दर्भमा भइरहेको वास्तविकताबारे सदनलाई जानकारी गराउन माग गरे। सांसद सरस्वती बजिमयले सहकारी पीडित जनतालाई न्याय दिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। सांसद सरस्वती सुब्बाले मनसुनी विपद्को जोखिम न्यूनीकरणका लागि बेलैमा आवश्यक तयारी गर्न माग गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending