Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

त्रिवेणी मोटोकर्पको ई.भी. शो—रुम

खबरडबली संवाददाता

ललितपुर ।  त्रिवेणी मोटोकर्प प्रा.लि.ले ललितपुरको बालकुमारीमा डोड्डफेड्ड इलेक्ट्रिक भेहिकल्सको लागि शो—रुमको शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुपअन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको डोड्डफेड्ड अटोमोवाईल कंम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भएपश्चात् कंपनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी विक्रीवितरण शुरु गरेको हो ।

डोड्डफेड्ड अटोमोवाईल कंम्पनी लिमिटेड चाइनाको ३ ठूला गाडी निर्मातामध्येका एक रहेको र विश्वका ६० देशहरुमाविक्रिवितरण हुदै आएको छ ।  हालत्रिवेणी मोटोकर्पले सो कंम्पनीका ११ सिट, १४ सिट क्षमताको डोड्डफेड्ड इलेक्ट्रिक प्यासेन्जर भ्यानर ४.५ तथा ५.३ घनमिटर क्षमताको कार्गो भ्यानहरु विक्रिवितरण सुरु गरेको छ ।

विजुली गाडीको प्रर्वधनमार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदानगरी यातायात क्षेत्रमा आवद्ध सवै पक्षको समान लाभको लागी कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्प प्रा.लि.ले लिएको जनाएको छ ।

११ सिट क्षमताको ई.भी. माइक्रोमा ५० किलोवाट क्षमताको मोटर रहेको छ तथा ४२ किलोवाट आवरको लिथियमआयन ब्याट्रीले एक फुलचार्जमा ३०० कि.मी रेञ्ज प्रदानग र्दछ । त्यसैगरी १४ सिट क्षमताको ई.भी. माइक्रोमा ८० किलोवाट क्षमताको मोटर रहेको छ भने ५० किलोवाट आवरको लिथियमआयन ब्याट्रीले एक फुलचार्जमा ३०० कि.मी. को रेञ्ज प्रदानगर्दछ ।डोड्डफेड्ड का सबै इलेक्ट्रिक भ्यानहरुमा सि.ए.टी.एल. व्याट्रि जडित रहेका छन् ।

कंम्पनीले उक्त रेञ्जहरु ४० कि.मी. प्रती घण्टाको गतीमागाडी चलाएमाप्राप्तगर्न सकिनेजनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको ई.भी. संचालनको अनुभवतथा ट्राफिक अवस्था का आधारमात्रिवेणी मोटोकर्पले रेञ्ज परिक्षण गर्दा २५० कि.मि. को रेञ्ज सजिलै पाईने जनाएको छ ।

त्रिवेणी मोटोकर्प प्रा.लि. ले डोड्डफेड्ड इलेक्ट्रिक भ्यानहरु नेपाल भरि विक्रीवितरण गर्नको लागि डिलर नेटवर्कहरुको व्यवस्थापनिगरिसकेको छ । सवै डिलर नेटवर्कहरुमा सर्भिस, पार्ट्स तथाचार्जरको व्यवस्था रहने कंम्पनीले जनाएको छ । कंम्पनीले ग्राहकहरुलाई चार्जि∙ सेवाप्रदानगर्ने उद्देश्यका साथचार्जि∙ स्टेशनहरु आफ्ना डिलर नेटवर्कमाविस्तार गरिरहेको छ साथै भविष्यमाआवश्यकताअनुसार चार्जि∙ स्टेशनहरुको विस्तार गर्दै जाने क्रममा रहेको जनाएको छ ।

त्रिवेणी मोटोकर्पले विर्तामोडमा सहारा अटोमोवाईल्स कं. प्रा.लि., ईटहरीमा ईष्टर्न मोटर्स प्रा.लि., जनकपुर तथाविरगञ्जमा नारायणी अटोकर्प प्रा.लि., पोखरामा अटोवेज प्रा.लि., धनगढीमा प्राप्तीमोटर्स प्रा.लि, नारायणघाटमा स्मार्ट अटो प्रा.लि., ललितपुरमा स्मार्ट अटो प्रा.लि., भक्तपुरमाजी.इ.भी. नेपाल प्रा.लि. मार्फत आफ्ना गाडीहरुको वजारीकरण गरिने जनाएको छ ।

त्रिवेणी मोटोकर्पले विक्री पछिको सेवालाई मध्यनजर गर्दै काठमाडौंको बाहुनधारा मन्दिर मार्ग, जोरपाटीमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापनागरिसकेको छ साथै आवश्यक पार्टस्हरुको व्यवस्था पनि गरिसकेको जनाएको छ । यसवाट विक्रि पछिको सेवालाई सुचारु गर्न प्रशिक्षित तथा अनुभवी सर्भीस टिमको पनि व्यवस्था गरिसकेको हुनाले ग्राहकहरुले ढुक्क सँग डोड्डफेड्ड गाडी छनौट गर्न सक्ने कंपनीले जनाएको छ । कंपनीले सर्भिस सम्वन्धि व्यवस्थाहरुको निरिक्षण तथा भ्रमण गर्न ग्राहकहरुसँग अनुरोध पनि गरेको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy