एजेन्सी । पप–संस्कृतिको लागि प्रसिद्ध मानिने जापानले करिब एक दशकमा भिडियो गेम, मान्गा र हातले कोरिएको चित्र वा कम्प्युटरद्वारा बनाइएको जापानी एनिमेसन (एनिमे)को विदेशी बजार चार गुणा बढाएर एक सय तीस अर्ब डलर पुर्याउने लक्ष्य राखेको सरकारले जनाएको छ ।
‘ड्र्यागन बल’, ‘सुपर मारियो’ र ‘फाइनल फ्यान्टसी’जस्ता खेलहरूको उद्गमस्थल र हास्य र कार्टुनका लागि प्रसिद्ध जापानले रचनात्मक उद्योगलाई राष्ट्रिय विकासको मुख्य श्रोतको रूपमा लिएको छ । जापानले मङ्गलबार जारी गरेको संशोधित आर्थिक रणनीति ‘कुल जापान’ अन्तर्गत सरकारले सन् २०३३ सम्ममा यी सांस्कृतिक सम्पत्तिको निर्यातलाई २० ट्रिलियन येन (करिब एक खर्ब ३० अर्ब अमेरिकी डलर) पुर्याउने लक्ष्य राखेको बताएको छ ।
हालका वर्षहरूमा, एनिमे र मान्गाजस्ता सामग्रीले विश्वको ठूलो जनसङ्ख्यामा युवा दर्शकहरूलाई आकर्षित गर्न अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको रणनीतिको दस्तावेजमा जनाइएको छ । यी क्षेत्रहरु साथै फेसन, कस्मेटिक्स र ‘इनबाउन्ड टुरिजम’लगायतका सम्बन्धित उद्योगहरूको वृद्धिलाई मिलाएर जापानले सन् २०३३ सम्ममा ५० ट्रिलियन येनको आर्थिक लाभको लक्ष्य राखेको छ ।
यस रणनीतिमा अङ्ग्रेजी र भियतनामीलगायत भाषाहरूमा अवैध रूपमा एनिमे र मान्गा निःशुल्क वितरण गर्ने पाइरेसी वेबसाइटहरूमाथि कडा कारबाही गर्ने योजना पनि समावेश रहेको छ । विश्वव्यापी बजार विस्तार गर्न पाइरेसी वेबसाइटविरुद्धको उपायलाई सुदृढ पार्न आवश्यक रहेको ‘कुल जापान’ रणनीतिमा उल्लेख गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: