Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

मन्त्रिपरिषद् बैठक- ११ देशका राजदूत फिर्ता बोलाउनेदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतसम्म

खबरडबली संवाददाता

काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णयदेखी प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद‍्बाट स्वीकृत निर्णय गरेकाे छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

यसअघिको सत्ता समीकरणअनुसार राजनीतिक नियुक्ति पाएका राजदूतहरूलाई नयाँ समीकरण अनुसार सरकार गठन भएसँगै उनीहरूलाई सरकारले फिर्ता बोलाएको हो । यसैगरी प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद‍्बाट स्वीकृतसमेत दिने निर्णय गरेकाे छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमण स्वीकृत भएको छ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो । प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन आइतबार भारत जान लागेका छन् । 

बैठकले हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम वलीलाई नियुक्त गरेको छ । 

त्यस्तै मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्सको नयाँ संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको प्रवक्ता शर्माले बताइन् । बैठकले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने निर्णय गरेको छ भने लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधयक संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता शर्माले बताइन् । त्यस्तै बैठकले ५२ वटा रोगहरूलाई संक्रामक रोगमा सूचीकृत गर्ने निर्णय गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending