Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

मानहानि मुद्दामा राहुल गान्धीलाई जमानत

खबरडबली संवाददाता

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पाटी (भाजपा) माथि भ्रष्टाचारको आरोप लगाएको आरोपमा विपक्षी नेता राहुल गान्धीविरुद्ध दायर गरिएको मानहानिको मुद्दामा भारतको एक अदालतले शुक्रबार उनलाई जमानत दिएको छ । 

त्रिपन्न बर्षीय काङ्ग्रेस नेता गान्धीले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का सदस्यहरूद्वारा ल्याइएका थुप्रै कानुनी मुद्दाहरूको सामना गर्नुपरेको थियो भने गत वर्ष मानहानिको मुद्दामा दोषी ठहर भएपछि उनलाई केही समयका लागि संसद् सदस्यका लागि अयोग्य घोषित गरिएको थियो । 

मोदी सरकारद्वारा राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्ने मुद्दाहरूमा आपराधिक कार्यवाहीको सामना गर्ने धेरै शीर्ष विपक्षी नेताहरूमध्ये उनि एक हुन् । गान्धीले उक्त अभियोगमा हिरासत जीवन बस्नुपरेको भने थिएन । कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले एएफपीसँग कुरा गर्दै भने, “उहाँ स्वतन्त्र रहने कि नरहने भन्ने विषयमा भएको पाँच मिनेटको प्रक्रियागत सुनुवाइमा उहाँलाई जमानत दिइएको हो ।”

कर्नाटक राज्यका अन्य दुई वरिष्ठ काङ्ग्रेस नेतालाई गत हप्ता नै जमानत दिइएको थियो । गान्धीलाई गत वर्ष सन् २०२३ मा गुजरातको एउटा छुट्टै मुद्दामा दुई वर्षको जेल सजाय सुनाइएको थियो तर भारतको सर्वोच्च अदालतमा अपिलमाथि सुनुवाई गर्दै उनलाई जेल बस्नु नपर्ने फैसला आएको थियो । 

यद्यपि उक्त सजायले विपक्षी नेतालाई संसदबाट केही समयका लागि अयोग्य घोषित गर्न बाध्य बनाएको थियो तर सर्वोच्च अदालतको फैसलापछि उनिविरूद्धको आरोप निलम्बन भएको र संसद् सदस्यका रूपमा पुनः स्थापित भएका थिए । 

मोदी र भाजपाले राष्ट्रव्यापी चुनाव जितेको केही दिनपछि शुक्रबार उक्त मुद्दाको फैसला आएको हो । कम बहुमतका कारण भाजपाले गठबन्धन साझेदारसँग निर्भर हुन बाध्य भएको छ । आलोचकहरूले प्रधानमन्त्री मोदी र उनको पार्टीले राजनीतिक प्रतिद्वन्द्वीहरूलाई लक्षित गर्न न्याय प्रणालीको प्रयोग गरेको आरोप लगाएका छन् । अमेरिकी थिंक ट्यांक फ्रिडम हाउसले भाजपाले ‘राजनीतिक प्रतिद्वन्द्वीलाई निशाना बनाउन सरकारी संस्थाहरूको बढ्दो प्रयोग गरेको’ उल्लेख गरेको छ ।

कंग्रेसको नेतृत्वमा विशाल विपक्षी गठबन्धनको सदस्यसमेत रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भ्रष्टाचारको अनुसन्धानको सिलसिलामा यसै वर्ष जेल परेका छन् । केजरीवाललाई गत महिना केही समयका लागि जमानत दिइएको र यसले उनलाई चुनावमा प्रचार गर्न अनुमति दिएको थियो तर मतदान सकिएपछि उनि हिरासतमा फर्किएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending