Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

मे महिनामा चीनको निर्यातमा वृद्धि, आयातमा कमी

खबरडबली संवाददाता

एजेन्सी । मे महिनामा चीनको निर्यात अपेक्षा गरिएभन्दा निकै बढी बढेको तर आयातमा कमी आएको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । 

राजश्व प्रशासनले अप्रिलको १.५ प्रतिशतको तुलनामा निर्यातमा धेरै राम्रो भएको र यो दरले ब्लुमबर्ग सर्वेक्षणमा विश्लेषकले गरेको ५.७ प्रतिशतको पूर्वानुमानलाई पनि उछिनेको बताएको छ ।

चीनमा निर्यातले ऐतिहासिक रूपमा एक महत्त्वपूर्ण आर्थिक इन्जिनको रूपमा सेवा गरेको छ । विदेशी निर्यातको राम्रो प्रदर्शनले हजारौँ कम्पनीहरूको रोजगारीमा प्रत्यक्ष प्रभाव पारेको छ ।

पछिल्लो आँकडाले लगातार दोस्रो महिनाको वृद्धिको प्रतिनिधित्व गर्दछ । अघिल्लो बर्षको तुलनामा मार्चमा छोटो समयका लागि चीनको निर्यात दरमा ७.५ प्रतिशत गिरावट आएको थियो । 

पछिल्लो समय महाशक्ति राष्ट्रहरूबीच जारी भूराजनीतिक विवादका बीच संयुक्त राज्य अमेरिकासँगको संयुक्त निर्यात र आयात मे महिनामा १.४ प्रतिशतले घटेको छ ।

सन् २०२० पछि पहिलो पटक चीनले रूसलाई निर्यात गरेको र चीन र रूसबीचको व्यापार गत महिना २.९ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि बेइजिङ र मस्कोबीच आर्थिक र राजनीतिक सम्बन्ध मजबुत भएको छ ।

चीनको कुल आयात अप्रिलमा ८.४ प्रतिशतले वृद्धि भएकोमा मे महिनामा थप १.८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

सन् २०२२ को अन्त्यमा कडा महामारी प्रतिबन्धहरू हटाएपछि चीनमा बहुप्रतिक्षित आर्थिक पुनरुत्थान अपेक्षा गरिएभन्दा कम भएको छ ।

बेइजिङका नीति निर्माताहरूले अब अनिश्चित आर्थिक स्थितिको सामना गरिरहेका छन्, किनकि रियल स्टेट क्षेत्रमा ऋण सङ्कट र उच्च युवा बेरोजगारीले उपभोक्ताको विश्वासलाई तौलने खतरा छ ।

निर्यातमा पछिल्लो उछालले चीनको व्यापार अधिशेष अप्रिलमा ७२.४ अर्ब डलरबाट ८२.६ अर्ब डलरमा पुर्‍याएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य

विराटनगर । कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आज राति १२ बजेदे...

वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारकाे जोड छ: उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नवीन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारले जोड द...

क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठग्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ...

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ ।  बैठकमा पार्टी केन्द्रीय का...

उदयपुरको कटारी सोरुङ्गछविसेमा आमा-छोरा हत्याका अभियुक्त सार्वजनिक

कटारी । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा-छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको छ ।  ...

रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ ।  सहकारीको बचत अप...

नेपाली सेनाको अगुवाईमा रौतहटमा ७ हजार वृक्षारोपण

रौतहट । रौतहटमा नेपाली सेनाको अगुवाईमा बृहत रुपमा वृक्षारोपण गरिएको छ । संबिधान दिवसको अवसर पारेर नेपाली सेनाको अगुवाईमा रौतहटको चुरे क्षेत्रमा बिभिन्...

राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्...

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन । नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार...

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

मुस्ताङ​ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy