एजेन्सी । सशस्त्र द्वन्द्वमा बालबालिकाको अधिकार उल्लङ्घनको गरेको भन्दै संयुक्त राष्ट्र सङ्घले इजरायल र हमासलाई आफ्नो “लज्जास्पद कालोसूचीमा” राखेको द टाइम्स अफ इजरायलले जनाएको छ ।
यो सूची संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनसँग जोडिएको छ । रूस, इस्लामिक स्टेट, अल–कायदा, बोको हराम, अफगानिस्तान, इराक, म्यानमा, सोमालिया, यमन र सिरियाको यो सूचीमा इजरायल र हमासलाई पहिलोपटक समावेश गरिएको छ । यो सूचीमा समावेश हुने इजरायल पहिलो लोकतान्त्रिक देश भएको द टाइम्स अफ इजरायलले जनाएको छ ।
अघिल्लो वार्षिक प्रतिवेदनमा इजरायली–प्यालेस्टिनी द्वन्द्वका अध्याय समावेश थिए जसले इजरायललाई बालबालिका विरुद्ध गम्भीर अधिकार उल्लङ्घनको आरोप लगाएको थियो । संयुक्त राष्ट्रको प्रतिवेदनपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले संयुक्त राष्ट्रको निर्णयलाई भ्रमपूर्ण रहेको बताए ।
संयुक्त राष्ट्रका लागि इजरायली मिसनले राष्ट्र सङ्घका लागि इजरायलका स्थायी प्रतिनिधि गिलाड एर्डानले शुक्रबार गुटेरेसका चिफ अफ स्टाफबाट औपचारिक सूचना प्राप्त गरेका हुन् । गिलाड एर्डानले इजरायली सेना विश्वको सबैभन्दा नैतिक सेना भएको कुरामा जोड दिँदै यो “अनैतिक निर्णय”ले हमासलाई प्रोत्साहित गर्ने बताए ।
“राष्ट्रसङ्घको यो निर्णयले हमासलाई थप प्रोत्साहित गर्ने र युद्ध विस्तार गर्न उत्प्रेरित गर्नेछ”, एर्दानले थप बताए । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायल–हमास युद्धमा लगभग आठ हजार बालबालिका को ज्यान गएको द टाइम्स अफ इजरायलले जनाएको छ । तथापि, यो सङ्ख्यालाई गत महिना रातारात लगभग छ हजार पाँच सयमा घटाइएको थियो । बालबालिका र सशस्त्र द्वन्द्वमा संयुक्त राष्ट्रको रिपोर्टमा पनि प्रयोग गरिएको यो सङ्ख्याले हमास अधिकारीबाट प्राप्त डाटाको सत्यता बारेमा थप प्रश्न निम्त्याएको थियो ।
इजरायली विदेश मन्त्री इजरायल काट्जले यो निर्णयले संयुक्त राष्ट्रसँगको इजरायलको सम्बन्धमा असर पार्ने बताए । “दशौँ हजार निर्दोषलाई मृत्युदण्ड दिने इरानी राष्ट्रपतिको सम्झनामा एक मिनेट मौनधारण गर्ने गुटेरेसलाई हमासको यौन अपराध र इजरायलको आत्मरक्षाको अधिकारलाई बेवास्ता गर्ने एन्टिसेमेटिक महासचिवको रूपमा इतिहासमा स्मरण गरिनेछ”, उनले भने ।
“आइडीएफ संसारको सबैभन्दा नैतिक सेना हो र कुनै पनि काल्पनिक प्रतिवेदनल यसलाई परिवर्तन गर्दैन । यो कदमले संयुक्त राष्ट्रसँगको इजरायलको सम्बन्धमा असर पार्नेछ”, उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: