Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

चार बन्धकलाई जीवितै उद्धार गरेको इजरायलकाे दाबी

खबरडबली संवाददाता

एजेन्सी । इजरायलले शनिबार आफ्नो सेनाले चार जना बन्धकलाई जीवितै उद्धार गरेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घद्वारा गाजाको शरणार्थी शिविरमा सञ्चालित एक विद्यालयमा भएको घातक आक्रमणको छानबिनका बावजुद सुरक्षा कारबाहीलाई तीव्रता दिइरहेका बेला बन्धकलाई जीवतै रिहा गरिएको शनिबार इजरायली सेनाले जनाएको हो । 

गत अक्टोबर ७ मा भएको आक्रमणका क्रममा प्यालेस्टिनी इस्लामिक लडाकू समूह हमासले नोभा म्युजिक फेस्टिभलबाट ती चारै जनालाई अपहरण गरेको सेनाले जनाएको छ । उद्धार गरिएकामा २५ वर्षीय नोआ अर्गमानी, २१ वर्षीय अल्मोग मेइर जनवरी, २७ वर्षीय आन्द्रे कोज्लोभ र ४० वर्षीया श्लोमी जिभ रहेका छन् । 

नुसिरातको मुटुमा रहेका दुई छुट्टाछुट्टै स्थानबाट’ जटिल दिनको अपरेसन’मा रहेको सेनाले जनाएको छ । सेनाले दुर्लभ बन्धक उद्धारको घोषणा गर्नुभन्दा केही समयअघि नुसिरात शिविर वरपरका ‘हमासका अखडा र संरचना’लाई निशाना बनाइरहेको बताएको थियो । गाजाको एक अस्पतालले नुसिरात शिविरलगायत मध्य क्षेत्रमा शनिबार भएको भीषण आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको जनाएको छ । 

हमासले ‘मृतकका शव र घाइतेजनलाई सुरक्षित कोठामा राखिएको’ बताएको छ र ‘नुसिरात शिविरमा इजरायली सेनाले क्रूर र बर्बर आक्रमण गरेको’ आरोप लगाएको छ । गाजाको एक अस्पतालमा बिहीबार संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित एक विद्यालयमा भएको आक्रमणमा ३७ जनाको मृत्यु भएपछि इजरायलमाथि बढ्दो दबाबका बावजुद नुसिरातमा आक्रमण भएको हो । 

इजरायली सेनाले उक्त विद्यालयमा आक्रमण गरेको स्वीकार गरे पनि १७ जना ‘आतङ्ककारी’ मारिएको बताएको छ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएले इजरायलले छ हजार विस्थापितलाई आश्रय दिइरहेको उक्त विद्यालयमा आक्रमण गरेको भन्दै त्यसको निन्दा गरेको छ । 

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा युएनआरडब्लुएले ‘पूर्व चेतावनी बिना’ “विद्यालयमा बनाइएको आश्रयस्थल’ लाई आक्रमण गरिएको बताएको छ । इजरायलले गाजामा हमास र उसका सहयोगीहरूले संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित सुविधासहित नागरिक पूर्वाधारलाई परिचालन केन्द्रको रूपमा प्रयोग गरेको आरोप लगाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE