Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

काङ्ग्रेस संसदीय दलको अध्यक्षमा सोनिया गान्धी सर्वसम्मत

खबरडबली संवाददाता

एजेन्सी । भारतीय राष्ट्रिय काङ्ग्रेसको संसदीय दलको अध्यक्षमा सोनिया गान्धी सर्वसम्मत चयन भएको काङ्ग्रेस नेता तथा सांसद प्रमोद तिवारीले शनिबार बताएका छन् । 

तिवारीले एएनआईसँग भने, “सोनिया गान्धीलाई काङ्ग्रेस संसदीय दलको अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ ।” काङ्ग्रेस संसदीय दलको बैठकमा काङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खडगेले आफ्नो पार्टीको संसदीय दलको अध्यक्षका लागि सोनिया गान्धीको नाम प्रस्ताव गरेका थिए । पार्टी नेता गौरव गोगोई, तारिक अनवर र के सुधाकरनले प्रस्तावको समर्थन गरेका थिए । 

कांग्रेस संसदीय दलको बैठक नयाँदिल्लीस्थित संसद्को केन्द्रीय हलमा सम्पन्न भएको छ । युनाइटेड प्रोग्रेसिभ अलाएन्सका अध्यक्ष सोनिया गान्धी, राहुल गान्धी, पार्टी अध्यक्ष मल्लिकार्जुन खड़गे र महासचिव केसी वेणुगोपाललगायत धेरै प्रमुख काङ्ग्रेस नेताको बैठकमा उपस्थिति थियो । 

काङ्ग्रेस संसदीय दलको बैठकमा कार्ति चिदम्बरम, राजीव शुक्ला, रणदीप सुरजेवाला, अजय माकन, पञ्जाबका पूर्व मुख्यमन्त्री चरणजीत सिंह चन्नी र शशी थरुर पनि सहभागी छन् । काङ्ग्रेस कार्यसमितिले पार्टीका सांसद राहुल गान्धीलाई लोकसभामा विपक्षी दलको नेतामा नियुक्त गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । राहुल गान्धीले उत्तर प्रदेशको रायबरेली र केरलाको वायनाडबाट लोकसभा चुनाव जितेका थिए । 

काङ्ग्रेसलगायतका विपक्षी दलहरूको समूह, भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले देशव्यापी गठबन्धन बनाएर भारतीय जनाता पार्टी (भाजपा) लाई लोकसभामा एकल बहुमत प्राप्त गर्नबाट रोक्न सफल भएका छन् । 

यद्यपि, भाजपा नेतृत्वको गठबन्धन राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले २९३ सिट जितेको छ । सन् २०२४ को लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ तर यो सङ्ख्या भाजपाको सरकार गठनका लागि एकल बहुमतको लागि संसदमा आवश्यक सदस्य सङ्ख्याभन्दा ३२ सदस्यले कमी हो । 

अर्कोतर्फ काङ्ग्रेसले ९९ सिट जितेर बलियो सुधार गरेको छ । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले २९३ सिट जितेको छ भने विपक्षी गठबन्धनले २३० सिट पार गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE