Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

गृह मन्त्रालयसँग सम्बन्धित कानुन र कागजात एकै स्थानमा उपलब्ध हुने

खबरडबली संवाददाता

काठमाडौँ । गृह मन्त्रालयसँग सम्बन्धित कानुन र कागजातहरू अब एकै स्थानमा उपलब्ध हुने भएका छन् । मन्त्रालयसँग सम्बन्धित कानुन, निर्देशिका, परिपत्रलगायत सामग्रीहरू एकै स्थानमा उपलब्ध गराउन पुस्तक नै तयार गरिएको हो । 

गृह मन्त्रालयसँग सम्बन्धित कानुन, निर्देशिका तथा परिपत्रहरूको दिग्दर्शन, २०८१ मा यी सामग्रीहरू उपलब्ध हुने भएका हुन् । दिग्दर्शनमा आर्थिक वर्ष २०८०/८१ सम्मका दस्ताबेज समावेश गरिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनले भने, “दिग्दर्शनमा २६ ऐन, २४ नियम, १४ कार्यविधि, दुई नीति, आठ निर्देशिका, ११ वटा मापदण्डलगायत मन्त्रालयले हालसम्म गरेका परिपत्र समावेश गरिएको छ, प्रत्येक जिल्ला प्रशासन कार्यालयमा समेत पठाउने गरी तयार गरिएको उक्त दिग्दर्शन छिट्टै प्रकाशन गर्ने तयारी रहेको छ ।” 

मन्त्रालयले तयार गरेको उक्त दिग्दर्शनले दैनिक कार्य सञ्चालनका लागि आवश्यक कानुन तथा नीति, नियमहरू एकै ठाउँमा उपलब्ध हुनेछ भने कागजातहरूको दस्तावेजीकरण पनि भएको छ । मन्त्रालयका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा रहेको कानुन निर्देशिका दिग्दर्शन सङ्कलन तथा प्रकाशन समितिले तयार पारेको दिग्दर्शन गृहसचिव एकनारायण अर्याललाई बुझाएको छ । 

कानुन तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख रिजालको संयोजकत्वमा गठित समितिमा गृह मन्त्रालयका उपसचिव कृष्ण सापकोटा, उपसचिव खडानन्द अधिकारी, उपसचिव ऋषि पौडेल, शाखा अधिकृत सुनिता थापा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानुन अधिकृत दीपा जोशी सदस्य रहेका थिए ।

नीति तथा कार्यक्रममा ‘माइल स्टोन’का रूपमा समावेश भएको कार्यक्रमअनुसार मन्त्रालयको कानुन फैसला तथा कार्यान्वयन शाखाले मन्त्रालयसँग सम्बन्धित कानुन तथा कागजातहरूको सँगालो तयार पारिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयसँग सम्बन्धित ऐन, नियम, निर्देशिका, कार्यविधि, परिपत्रलगायत दस्ताबेज एकै ठाउँमा उपलब्ध होस् भन्ने उद्देश्यले उक्त दिग्दर्शन तयार पारिएको समितिका सदस्य सचिव शाखा अधिकृत सुनिता थापाले जानकारी दिइन् । उनका अनुसार मन्त्रालयका विभिन्न महाशाखा र शाखाहरूसँग समन्वय गरेर दिग्दर्शन तयार पारिएको छ ।

मन्त्रालयले बनाएको दिग्दर्शनलाई चार भागमा विभाजन गरिएको छ । पहिलो भागमा ऐनहरू समावेश गरिएको प्रवक्ता भट्टराईले बताए । उनका अनुसार यसैगरी दोस्रो भागमा नियमहरू, तेस्रो भागमा कार्यविधि तथा परिपत्रहरू र चौथो भागमा नीतिहरू, निर्देशिका, मापदण्डका साथै मन्त्रालयसँग सम्बन्धित विविध दस्ताबेज समावेश गरिएको छ  ।

विविधमा कार्य ढाँचा तथा रणनीतिक योजनाहरू राखिएको छ । दस्ताबेज खोज्न सहज होस् भन्नका लागि चार भागमा विभाजन गरिएको हो । गृहसचिव एकनारायण अर्याल सहसचिव हुँदा दुईवटा दिग्दर्शन तयार गरेका थिए । जसले छरिएर रहेका कानुनहरू एकत्रित मात्रै भएनन्, सङ्ग्रहितसमेत हुँदा खोजेको समयमा सहजै हेर्न सहज भएको बताइएको छ । 

आवश्यकता गृहसँग सम्बन्धित कानुनहरू सहज रूपमा उपलब्ध गराउन र सेवा प्रवाहका क्रममा कुनै द्विविधा भए कर्मचारीलाई पनि सहज होस् भन्ने हेतुले दिग्दर्शन तयार गरिएको गृहसचिव एकनारायण अर्यालले बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको हो?

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...

कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुरको विज्ञप्तिले झन्झन् पेचिलो हुँदै कांग्रेस विवाद

काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...

औपचारिक माफी माग्ने सरकारको प्रतिबद्धताप्रति दलित समुदायद्वारा स्वागत

काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...

पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: नेपाल उद्योग परिसंघ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...

यस्तो छ कृषि उपजको आजका लागि थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...

एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।  सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...

स्पा सेन्टरमा बालिकालाई काममा लगाएको आरोपमा लेकसाइडका आठ सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending