Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

गृह मन्त्रालयसँग सम्बन्धित कानुन र कागजात एकै स्थानमा उपलब्ध हुने

खबरडबली संवाददाता

काठमाडौँ । गृह मन्त्रालयसँग सम्बन्धित कानुन र कागजातहरू अब एकै स्थानमा उपलब्ध हुने भएका छन् । मन्त्रालयसँग सम्बन्धित कानुन, निर्देशिका, परिपत्रलगायत सामग्रीहरू एकै स्थानमा उपलब्ध गराउन पुस्तक नै तयार गरिएको हो । 

गृह मन्त्रालयसँग सम्बन्धित कानुन, निर्देशिका तथा परिपत्रहरूको दिग्दर्शन, २०८१ मा यी सामग्रीहरू उपलब्ध हुने भएका हुन् । दिग्दर्शनमा आर्थिक वर्ष २०८०/८१ सम्मका दस्ताबेज समावेश गरिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उनले भने, “दिग्दर्शनमा २६ ऐन, २४ नियम, १४ कार्यविधि, दुई नीति, आठ निर्देशिका, ११ वटा मापदण्डलगायत मन्त्रालयले हालसम्म गरेका परिपत्र समावेश गरिएको छ, प्रत्येक जिल्ला प्रशासन कार्यालयमा समेत पठाउने गरी तयार गरिएको उक्त दिग्दर्शन छिट्टै प्रकाशन गर्ने तयारी रहेको छ ।” 

मन्त्रालयले तयार गरेको उक्त दिग्दर्शनले दैनिक कार्य सञ्चालनका लागि आवश्यक कानुन तथा नीति, नियमहरू एकै ठाउँमा उपलब्ध हुनेछ भने कागजातहरूको दस्तावेजीकरण पनि भएको छ । मन्त्रालयका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा रहेको कानुन निर्देशिका दिग्दर्शन सङ्कलन तथा प्रकाशन समितिले तयार पारेको दिग्दर्शन गृहसचिव एकनारायण अर्याललाई बुझाएको छ । 

कानुन तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख रिजालको संयोजकत्वमा गठित समितिमा गृह मन्त्रालयका उपसचिव कृष्ण सापकोटा, उपसचिव खडानन्द अधिकारी, उपसचिव ऋषि पौडेल, शाखा अधिकृत सुनिता थापा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका कानुन अधिकृत दीपा जोशी सदस्य रहेका थिए ।

नीति तथा कार्यक्रममा ‘माइल स्टोन’का रूपमा समावेश भएको कार्यक्रमअनुसार मन्त्रालयको कानुन फैसला तथा कार्यान्वयन शाखाले मन्त्रालयसँग सम्बन्धित कानुन तथा कागजातहरूको सँगालो तयार पारिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयसँग सम्बन्धित ऐन, नियम, निर्देशिका, कार्यविधि, परिपत्रलगायत दस्ताबेज एकै ठाउँमा उपलब्ध होस् भन्ने उद्देश्यले उक्त दिग्दर्शन तयार पारिएको समितिका सदस्य सचिव शाखा अधिकृत सुनिता थापाले जानकारी दिइन् । उनका अनुसार मन्त्रालयका विभिन्न महाशाखा र शाखाहरूसँग समन्वय गरेर दिग्दर्शन तयार पारिएको छ ।

मन्त्रालयले बनाएको दिग्दर्शनलाई चार भागमा विभाजन गरिएको छ । पहिलो भागमा ऐनहरू समावेश गरिएको प्रवक्ता भट्टराईले बताए । उनका अनुसार यसैगरी दोस्रो भागमा नियमहरू, तेस्रो भागमा कार्यविधि तथा परिपत्रहरू र चौथो भागमा नीतिहरू, निर्देशिका, मापदण्डका साथै मन्त्रालयसँग सम्बन्धित विविध दस्ताबेज समावेश गरिएको छ  ।

विविधमा कार्य ढाँचा तथा रणनीतिक योजनाहरू राखिएको छ । दस्ताबेज खोज्न सहज होस् भन्नका लागि चार भागमा विभाजन गरिएको हो । गृहसचिव एकनारायण अर्याल सहसचिव हुँदा दुईवटा दिग्दर्शन तयार गरेका थिए । जसले छरिएर रहेका कानुनहरू एकत्रित मात्रै भएनन्, सङ्ग्रहितसमेत हुँदा खोजेको समयमा सहजै हेर्न सहज भएको बताइएको छ । 

आवश्यकता गृहसँग सम्बन्धित कानुनहरू सहज रूपमा उपलब्ध गराउन र सेवा प्रवाहका क्रममा कुनै द्विविधा भए कर्मचारीलाई पनि सहज होस् भन्ने हेतुले दिग्दर्शन तयार गरिएको गृहसचिव एकनारायण अर्यालले बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending