Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

क्यानडाका अरबपति स्ट्रोङ्कमाथि यौन दुर्व्यवहारको आरोप

खबरडबली संवाददाता

काठमाडौँ । क्यानडाका चर्चित व्यापारी फ्रान्क स्ट्रोङ्कलाई यौन उत्पीडनको आरोप लागेको छ । स्ट्रोङ्क विश्वको सबैभन्दा ठूलो अटो पार्ट्स कम्पनीका संस्थापक हुन् । प्रहरीले केही शर्तमा स्ट्रङ्कलाई पक्राउ गरेर तत्कालका लागि रिहा गरेको छ । उनी पछिको मितिमा ओन्टारियोको ब्राम्प्टनको अदालतमा उपस्थित हुन भनेको छ।

क्यानडाको पील क्षेत्रीय प्रहरीले ९१ बर्षिय स्ट्रोङ्कलाई १९८० / २०२३ को बीचमा महिलाहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ । चर्चित व्यापारीमाथि बलात्कार, यौन दुव्र्यवहार र महिलालाई जबरजस्ती थुनामा राख्नेलगायत पाँचवटा अपराधको आरोप लागेको छ ।

स्ट्रोङ्कमाथि एकभन्दा बढी महिलाले शोषण गरेको आरोप लागेको प्रहरीले बताएको छ । यद्यपी कति महिलाले यस्तो आरोप लगाएका थिए भन्ने जानकारी प्रहरीले दिएको छैन ।

साथै प्रहरीले स्ट्रोङ्कले अन्य महिलालाई यस्तो व्यबहार गरेको भए अगाडी आउन समेत अपिल गरेको छ ।

स्ट्रोङ्कको जन्म अस्ट्रियामा १९३२ मा जन्म भएको हो । उनले १४ वर्षको उमेरमा स्कूल छोडे र स–साना काम गर्न थाले । यो अवधिमा उनले पार्टपुर्जा कम्पनीमा काम गरे । उनले छापाखानामा डाइमेकरको रूपमा पनि काम गरे । सन् १९५४ मा राम्रो भविष्यको खोजीमा उनी एउटा ब्रिफकेस र केही सय डलर लिएर क्यानडा गए । सन् १९५७ मा उनले आफ्नो घरको ग्यारेजमा कम्पनीको जग बसालेर अटो पार्ट्सको व्यवसाय सुरु गरे । उनको ब्यापार चल्यो । उनको करियरको ठूलो चरण सन् १९६९ मा आयो जब उनले म्याग्ना इलेक्ट्रोनिक्स प्राप्त गरे । सन् १९७३ मा उनले आफ्नो कम्पनीको नाम म्याग्ना इन्टरनेशनल राखे । हाल उनको कम्पनी ३४ देशमा फैलिएको छ ।

उनको कम्पनीमा १ लाख ७० हजार कर्मचारी कार्यरत छन् । उनको कम्पनीले हरेक वर्ष ४० अर्ब डलरको व्यापार गर्छ । उनको कम्पनीले घोडा दौडको व्यवसाय पनि गर्छ । फ्रान्क स्ट्रोन्क कुनै समय क्यानडाका धनी व्यक्तिहरूमध्ये एक थिए । हाल उनको कुल सम्पत्ति १।५ बिलियन डलर रहेको । हाल उनी देशको ३१औं धनी व्यक्ति हुन् ।

फ्रान्क स्ट्रोङ्कले सेप्टेम्बर २०१२ मा 'टीम स्ट्रङ्क' नामको दक्षिणपन्थी पार्टी गठन गरे । अर्को वर्ष भएको निर्वाचनमा उनको पार्टी देशको तेस्रो ठूलो दल बन्यो । यसपछि उनी २०१३ मा अस्ट्रिया गए । तर २ महिनाभित्रै उनी फेरि क्यानडा फर्किए ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आन्तरिक विवादमा संवादको माग गर्दै विश्वप्रकाशद्वारा पाँच नेतालाई ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...

‘चुड्का’ र ‘कौरा’ नाचमार्फत मौलिक पहिचान जोगाउँने अभियानमा भुजेल समुदाय सक्रिय

तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...

पर्वतको बाच्छामा १ करोड मूल्यको काक्राको बिउ उत्पादन हुने आँकलन

पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...

सुर्खेतको हिरासतमा रहेका युवाको मृत्यु

सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...

नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँ: पर्यटनमन्त्री

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...

ब्रेक फेल भएर बागलुङको बिहुँमा कार दुर्घटना

बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...

बाली जोगाउन राष्ट्रिय दृष्टिकोण बनाऔं - महासचिव पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...

काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न ६ सदस्यीय समिति गठन

काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...

जेसिवीले बालुवा खन्याउँदा पुरिएर देउखुरीमा एक जनाको मृत्यु

घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना‌ मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending