Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

हिन्दी भाषा जनस्तरको सम्बन्ध जोडने कडी : उपप्रधानमन्त्री श्रेष्ठ

खबरडबली संवाददाता

कीर्तिपुर ।उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हिन्दी भाषा तथा साहित्यले नेपाल र भारतबीच जनस्तरमा सम्बन्ध प्रगाढ बनाउने कार्य गरेकाले यसको प्रवद्र्धन आवश्यक भएको बताएको छन् । 

त्रिभुवन विश्वविद्यालय, केन्द्रीय हिन्दी विभागको आयोजनामा आजदेखि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सुरु भएको ‘दुईदिने विश्व परिवेशमा नेपाल र भारतका सामाजिक परिवर्तन’ विषयक गोष्ठीमा परराष्ट्रमन्त्री श्रेष्ठले दक्षिण एसियाले विश्व जनसंख्याको उल्लेख्य हिस्सा ओगट्ने भएकाले नेपाल र भारतसहितका दक्षिण एसियाको आवाज अब विश्व मञ्चमा विशेष अर्थ राख्ने दिन आएको धारणा राखे । भौगोलिक र आर्थिक मात्र नभई सांस्कृतिक तथा पारिवारिक सम्बन्धले जोडिएका नेपाल र भारतको सम्बन्धलाई हिन्दी भाषाको अध्ययन–अध्यापनले थप गाढा बनाएको उनले बताए । 

कार्यक्रममा सांसद अमरेशकुमार सिंहले साहित्य, भाषा र कला एउटा देशको सीमाभित्र साँघुरिएर रहने बताए। राजनीतिक र भौगोलक कारण सीमा तोकिए पनि साहित्यले कुनै पनि सम्बन्धित भाषालाई विश्वस्तरमा पुर्याउन विशेष योगदान दिने उनले बताए। 

त्रिवि हिन्दी केन्द्रीय विभागका प्रमुख सञ्जिता बर्माले विद्यार्थी पाउने सम्भावा भए पनि स्नातकमा हिन्दी पढेकै हुनुपर्ने नियमका कारण हिन्दी पढ्न खोज्ने कैयौँ विद्यार्थीले यो भाषा पढ्नबाट वञ्चित हुनुपरेको बताए। विभागको आफ्नै भवनलगायत न्यूनतम पूर्वाधार हालसम्म प्राप्त गर्न नसकिरहको उनले गुनासो गरे।

कार्यक्रममा परराष्ट्रमन्त्री श्रेष्ठले हिन्दी भाषाका करिब आधा दर्जन कृति विमोचन गरेको थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झापामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मामा र भान्जीको घटनास्थलमै मृत्यु

बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...

जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक: बार अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...

प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु प्रकरण, यातना दिएको पुष्टि भएन: गृहमन्त्री

काठमाडौं । सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरीले कुनै पनि प्रकारको शारीरिक वा मानसिक यातना दिएको प...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजन...

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, १४० कम्पनीको शेयर मूल्य ओरालो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ६३ अङ्कले उक...

सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत

काठमाडौँ। ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गर...

प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत, ६ दिनपछि बस्ने गरी बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गर्दै ६ दिनपछि बस्ने गरी बैठक स्थगित गरेको छ। अब अर्को बैठक असार ११ गते बिहान...

७२ हजार घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर ...

विकास निर्माणको गति बढाउन सार्वजनिक खरिद अध्यादेश आवश्यक थियो: कानुनमन्त्री गौतम

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धी अध्यादे...

नेपाल वैदेशिक ऋण लिनुपर्ने बाध्यात्मक अवस्थामा छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वैदेशिक ऋण लिनु बाध्यता भएको बताएको छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले ‘राष्ट्र ऋण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending