Ntc summer Offer
Khabar Dabali २४ माघ २०८१ बिहीबार | 6th February, 2025 Thu
Investment bank

भारतको भ्रमण सम्पन्न गरी प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको औपचारिक भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्केका छन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीलगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालको स्वागतमा नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो । 

प्रधानमन्त्री दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सरिक हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार अपराह्न नयाँदिल्ली प्रस्थान गरेका थिए । उनि नयाँदिल्लीस्थित भारतको राष्ट्रपति भवनमा आइतबार साँझ आयोजित प्रधानमन्त्री मोदीको शपथग्रहणसम्बन्धी विशेष समारोह र रात्रिभोजमा सरिक भएका थिए । 

शपथग्रहण समारोहपश्चात् प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच संक्षिप्त भेटवार्ता भएको थियो । प्रधानमन्त्री दाहालले आज भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्तामा उनिहरुबीच नेपाल–भारत सम्बन्धका विविध आयामबारे विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री दाहालका साथमा सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारमाथि प्रचण्डका १० आरोप

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत रहेका संसद्‌को प्रमुख प्रतिपक्षी दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले...

काठमाडाैं उपत्यकामा गुण्डागर्दी गरेको आरोपमा सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोपाल मोक्तान, रोमन मगर, सुमन पराजुली, मनोह...

मधेश प्रदेशको सञ्चार ऐन संशोधनसम्बन्धी प्रतिवेदन बुझाइयो

जनकपुर । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीलाई मधेश प्रदेशको संशोधनसहितको सञ्चार ऐनसम्बन्धी प्रतिवेदन आज बुझाइएको छ । आमसञ्चार प...

आदिवासी जनजातिको उत्थान र विकासका लागि बजेट बढाउन माग

काठमाडौं । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन)का अध्यक्ष गेल्जे लामा शेर्पाले प्रतिष्ठानले आदिवासी जनजातिको उत्थान र विकासका लागि धेरै काम गर्नुपर्ने...

मिर्चैया–कटारी–घुर्मी सडक स्तरोन्नति गर्न ‘इआइए’ स्वीकृत

उदयपुर । वन तथा वातावरण मन्त्रालयले सिद्धिचरण राजमार्गअन्तर्गत पर्ने सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी–घुर्मी सडकखण्ड स्तरोन्नतिका लागि वातावरणीय प्...

पार्टीको विधि र पद्धतिबाहिर अभिव्यक्ति नदिन एमालेकाे निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धतिबाहिर गएर सामाजिक सन्जालमा टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्...

काठमाडाैंकाे बौद्धमा बसको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडाैं । काठमाडाैं महानगरपालिका–६ बौद्ध टुसालमा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।  बा.५ख ६६४० नम्बरको बसको ठक्करबाट पैदलयात्री सिन्धुपा...

बुढासुब्बा गोल्डकपमा एनआरटी फाइनलमा प्रवेश

सुनसरी । साविक विजेता न्यूरोड टिम (एनआरटी) धरानमा जारी २५औँ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइन...

उदयपुर सिमेन्ट उद्योगका सम्पूर्ण बैंक खाता रोक्का, आर्थिक काराेबार ठप्प

उदयपुर । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगका सम्पूर्ण बैंक खाता रोक्का भएका छन् । रौता सप्लायर्सलगायतले सामानको भुक्तानी नदिएको भन्दै काठमाडौं ...

राेजगारीकाे लागि विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं । बेरोजगार युवा-युवतीलाई विदेशमा आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत गुर्भाकोट...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy