Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

खबरडबली संवाददाता

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्णक्षमतामा विद्युत् उत्पादन हुन थालेको छ ।  केन्द्र प्रमुख इञ्जिनीयर पशुपति गौतमले समयमा वर्षा भएकाले जेठको दोस्रो सातादेखि पूर्णक्षमतामा विद्युत् उत्पादन हुँदै आएको जानकारी दिए । 

केन्द्रमा रहेका तीनवटा युनिटबाट २३र२३ मेगावाटका दरले ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको उनले बताए।  “सुख्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोलाखोल्सी र झरनाको पानी कम हुँदा विद्युत् उत्पादन घटेर ३० मेगावाटसम्म पुग्ने गरेको छ । यसपटक समयमा वर्षा भएकाले हाल पूर्णक्षमतामा विद्युत् उत्पादन भएको हो”,उनले भने ।

मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने गरेकाले पानीको अभाव नभएको गौतमले बताए ।  “वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन बढ्ने गर्दछ”, उनले भने, “सुख्यायाममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोलाखोल्सी र झरनाको पानी कम हुने भएकोले पानीको बहाव थोरै हुँदा विद्युत् उत्पादन पनि घट्ने गरेको छ ।”

यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिबिराई प्रकरणमा सरकार असफल भएको हर्क सााम्पाङको टिप्पणी

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज सााम्पाङले सरकारप्रति कडा आलोचना गर्दै जिबिराईलाई खोजेर ल्याउन नसक्नु सरकारको असफलताको संकेत भएको टि...

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण, प्रतिकेजी न्युनतम २२ रुपैयाँदेखी १०० रुपैया सम्म

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार बजारमा तरकारी, फलफूल तथा अन्य ...

साफ महिला च्याम्पियनसिप: उपाधिको खोजीमा नेपाली महिला टोलीको तिब्र तयारी

काठमाडौं । भारतको गोवामा हुने आठौं संस्करणको साफ महिला च्याम्पियनसिपका लागि नेपाली महिला फुटबल टोली हाल काठमाडौंमा निरन्तर प्रशिक्षणमा व्यस्त छ। लामो ...

स्थायी व्यवस्थापनको पर्खाइमा रहेका होल्डिङ सेन्टरका सुकुम्वासीको जीवन सहज बन्दै

भक्तपुर । बल्खु, शङ्खमुललगायत क्षेत्रका सुकुम्वासी बस्ती हटाइएपछि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी होल्डिङ सेन्...

तेह्रथुमको ढाका: तानको तालबाट अन्तर्राष्ट्रिय बजारसम्मको यात्रा

तेह्रथुम । बिहानैदेखि म्याङलुङ बजार र आसपासका गाउँमा तानको ताल गुञ्जिन थाल्छ। रङ्गीचङ्गी धागोमा बुट्टा भर्दै महिलाहरू व्यस्त छन्। यही परम्परागत सीप अह...

अझै भवनविहीन पालिकाहरू: जग्गा चन्दाबाट, सेवा भाडाकै घरबाट

बागलुङ । बागलुङका केही पालिकाहरूले अझै आफ्नै प्रशासनिक भवन बनाउन नसक्दा भाडाकै घरबाट सेवा दिनुपर्ने बाध्यता कायम छ। स्थानीय तह गठन भएको नौ वर्ष बितिसक...

झापामा रगतको माग उच्च

झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको ...

अनुदान र सम्झौताले फेरियो खेती : लमजुङबाट १ सय ७५ मेट्रिक टन आलु बजारमा

लमजुङ । लमजुङका किसानहरूले यस वर्ष व्यावसायिक आलु खेतीबाट उल्लेखनीय आम्दानी गरेका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा गरिएको खेतीबाट जिल्लामा करिब दुई...

घिमिरे दाजुभाइ सम्पर्कविहीन, बचतकर्ताको करोडौँ रकम अलपत्र

काठमाडौं । “पसलमा काम गरेर जम्मा गरेको पैसा थियो, अहिले पैसा पनि गयो, काम पनि छुट्यो ।” खुसी बचत तथा ऋण सहकारीका पीडित सुशील थापाको यो पीडा हजारौँ सहक...

ब्रिटिस राजनीतिमा नेपाली उपस्थिति बलियो, रानाभाट दम्पतीसहित थुप्रै नेपालीमूलका उम्मेदवार विजयी

काठमाडौं । बेलायतको स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेदवारहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । विशेषगरी लन्डनको रोयल ग्रीनबीच बरोमा पूर्वमेयर जित...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending