Ntc summer Offer
Khabar Dabali २६ माघ २०८१ शनिबार | 8th February, 2025 Sat
Investment bank

बङ्गलादेशको शरणार्थी शिविरमा आक्रमण हुदाँ तीन रोहिंग्याको मृत्यु

खबरडबली संवाददाता

एजेन्सी । बङ्गलादेशको राहत शिविरहरूमा नियन्त्रणको लागि प्रतिस्पर्धा गरिरहेका प्रतिद्वन्द्वीहरुको सैन्य झडपमा कम्तीमा तीन रोहिंग्या शरणार्थीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ । 

बङ्गलादेशका १० लाख राज्यविहीन र उत्पीडित मुस्लिम अल्पसङ्ख्यकको बासस्थान हो  जसमध्ये अधिकांश छिमेकी देश म्यानमामा सन् २०१७ को क्रूर सैन्य दमनपछि आएका थिए । म्यानमाको गृहयुद्धमा लड्नका लागि शरणार्थीहरूलाई जबरजस्ती भर्ती गरेपछि यस वर्ष सशस्त्र समूहहरू बिच झडपहरू बढेका छन् । 

प्रहरीका अनुसार सोमबार कोक्स बजार जिल्लाको एउटा शिविरमा सुरक्षा गस्ती गरिरहेका शरणार्थीहरूको समूहलाई अराकान रोहिंग्या साल्भेशन आर्मी (एआरएसए) का कम्तिमा १०० जना सदस्यहरूले आक्रमण गरेको हो । 

उनीहरूले शिविर वरिपरिको काँडेतार काटेर शिविरको सुरक्षा गरिरहेका रोहिंग्याहरूमाथि आक्रमण गरे, शिविरहरूमा सुरक्षा कायम गर्ने जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बटालियनका कमाण्डिङ अफिसर मोहम्मद इकबालले बताए । “उक्त आक्रमणमा तीन रोहिंग्या मारिनुका साथै  सात जना घाइते भएका छन् भने घटनास्थलमा पुगेका प्रहरीहरुमाथि पनि पुलिस एआरएसएका सदस्यहरूले आक्रमण गरेका छन् ।  पीडितहरुलाई गोली हानेर छुरी प्रहार गरेर आक्रमण गरिएको हो, उनले भने । 

शिविरमा रहेका रोहिंग्या समुदायका एक नेताले मारिएका तीन जना रोहिंग्या सोलिडेरिटी अर्गनाइजेशनका सदस्य रहेको बताउनुभएको छ । शिविरमा दिनरात हत्या र बन्दुकको लडाइँ भइरहेको छ । एआरएसएले हिजो तिनजना आरएसओको हत्या गरेको थियो । यहाँ कुनै पनि रोहिंग्या सुरक्षित छैनन् । एआरएसए र आरएसओले रोहिंग्या शरणार्थीका लागि शिविरलाई नरक बनाएको छ, उनले भने । 

प्रतिद्वन्द्वी रोहिंग्या समूहहरूले म्यानमामा लड्न युवा रोहिंग्या पुरुषहरूलाई जबरजस्ती भर्ती गर्न अभियान चलाएपछि अप्रिलदेखि शिविरहरूमा सुरक्षा बिग्रिएको छ । गत महिना संयुक्त राष्ट्रका एजेन्सीहरूबीच प्रसारित र एएफपीले देखेको गोप्य प्रतिवेदन अनुसार लगभग १ हजार ५०० रोहिंग्याहरूलाई द्वन्द्वमा सामेल हुन शिविरहरूबाट निकालिएको छ ।

यस वर्ष प्रतिद्वन्द्वी उग्रवादी समूहहरू बिच शिविरमा भएको झडपमा कम्तीमा २० रोहिंग्या मारिएको राष्ट्रिय दैनिक प्रथम आलोले जनाएको छ । लगभग ६ लाख रोहिंग्याहरूको घर रहेको म्यानमाको रखाइन राज्यमा अझ बढी स्वायत्तता चाहेको भन्दै अराकान सेनासँग लड्नका लागि भर्तीहरूलाई सीमापार पठाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए

काठमाडाैं । सरकारले सञ्चालन गरेको पाठेघरकाे मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा वि...

ट्रम्पलाई नेतन्याहुले दिए ‘गोल्डेन पेजर’ उपहार

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा भएको भेटमा ‘गोल्डेन पेजर’ उपहार दिएका छन् ।...

बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका-७ बस्‍ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी ल...

बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन

गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले शुक्रबार पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक...

१०औँ राष्ट्रिय खेलकुद तोकिएकै समयमा सञ्चालन गर्न सरकारलाई निर्देशन

काठमाडाैं । संघीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ...

कृषि ऐन ल्याउने सरकारको तयारी

चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानलाई समेट्ने गरी कृषि ऐन ल्याउने तयारी सरकारले गरेको बताएका छन् । प्रथम राष्ट्रिय डेरी...

भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित

चितवन । भारतीय सीमा क्षेत्रबाट अबैधरुपमा सेतो अण्डा भित्रिएपछि चितवनको अण्डा बजार प्रभावित भएको छ । यही कारण लामो समयपछि लागत मूल्य पाउन सफल कुखुरापाल...

बाल यौन दुरुपयोग कसुरमा कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय

खोटाङ । कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय तोकिएको छ । जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैस...

दाङमा कृत्रिम जलाशय निर्माण गरी सिँचाइ

दाङ । केही वर्षअघिसम्म हिउँदमा सुक्खा देखिने यहाँको घोराही उपमहानगरपालिकाका खेतबारी अहिले हरियाली देखिन्छन् । स्थानीय तहले पानीको स्रोत संरक्षण गर्दै ...

औद्योगिक क्षेत्र सुधार गर्दै सरकार

नवलपरासी । सरकारले औद्योगिक क्षेत्रको सुधार गरिरहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नव...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy