Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

सुमो व्यवसायीले त्रिविको जग्गा छाड्न आनाकानी गरेपछि काम गर्न समस्या

खबरडबली संवाददाता

काठमाडौं । यातायात व्यवसायीले बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको जग्गा छाड्न आनाकानी गरेको छ ।  व्यवसायीले पूर्ण रुपमा नछोड्दा काम गर्न समस्या भइरहेको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीन कार्यालयले जनाएको छ ।

२० जेठमा व्यवसायीहरुले सुमो हटाएपछि संस्थानले घेरबार लगाउने भनेर काम अगाडि बढाएको भए पनि व्यवसायीले अहिले फेरि सुमो पार्क गर्न थालेका छन् । व्यवसायीहरुले पूर्ण रुपमा नछोड्दा समस्या भइरहेको डीन कार्यालयका प्रशासन प्रमुख कृष्णहरि आचार्यले बताए ।

बल्खुस्थित करिब २८९ रोपनी जग्गा त्रिविले चिकित्साशास्त्र अध्ययन संस्थानलाई शिक्षण अस्पतालको विस्तारित विशिष्टीकृत (सुपर स्पेसियालीटी) अस्पताल बनाउन दिएको र करिब तीन रोपनी जग्गा सुमो पार्कमा रुपमा प्रयोग भइरहेको छ । यो जग्गा त्रिविले प्राध्यापक संघलाई कार्यालय सञ्चालन गर्न दिएको थियो ।

संघले मासिक दुई लाख १० हजार रुपैयाँ भाडा लिने गरी भदौ २०७७ मा भाडामा लगाएको थियो । काठमाडौंबाट हेटौंडा लगायतका क्षेत्रमा जाने टाटा सुमो जिप पार्किङ गर्दै आएको यातायात व्यवसायीले त्यहाँ भान्साघर, टिकट काउन्टर, शौचालयलगायतका लागि टहरा बनाएका छन् ।

जग्गालाई लिएर चौतर्फी आलोचना भएपछि त्रिवि कार्यकारी परिषद्ले २९ पुस २०७७ जग्गा फिर्ता लिनुका साथै भाडा सम्झौता रद्द गर्न निर्देशन दिएको थियो । प्राध्यापक संघले पनि सम्झौता रद्द गर्दै ठाउँ खाली गरिदिन सूचना जारी गरे पनि व्यवसायीहरूले ठाउँ खाली गर्न  आनाकानी गरेका छन् । व्यवसायीहरू त्यसविरुद्ध अदालत गएपनि जिल्ला र उच्च अदालतले विपक्षमा फैसला गरेकाे थियाे  ।

सर्वोच्च गएका व्यवसायीहरुले सुमो पार्कका रुपमा प्रयोग गरिरहेको जग्गा भने छाडेका थिएनन् । पछिल्लो समय सरकारले त्रिविको जग्गा खोजबिनका लागि पूर्वसचिव शारदा त्रितालको नेतृत्वमा छानबिन समिति नै बनाएपछि व्यवसायीहरुले सुमो पार्क गर्न छाडेका थिए ।

आईओएमले घेरबार गर्न थाल्यो । तर, ठेकदार कम्पनीले पार्क पूर्ण रुपमा हटिनसकेको भन्दै काम नगर्न समेत चेतावनी दिइरहेको गुनासो गरेको छ । त्रिवि, रजिष्ट्रार कार्यालयले पनि सहयोग माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ । प्रहरी वृत्त, कालीमाटीको सहयोगमा बिहीबारदेखि काम गर्ने प्रशासनकाे तयारी रहेकेा छ।

व्यवसायीहरुलाई उनीहरूले बनाएको टहरा भत्काउन समय दिएकाे भएपनि भत्काउनुको सट्टा फेरि काममा अवरोध गर्न थालेकोले प्रहरीको सहयोग लिन खोजेका सामान्य प्रशासन महाशाखा प्रमुख राजुकुमार श्रेष्ठले बताए ।

 जग्गा खाली गराउने प्रकृयामा रहेको व्यवसायी मध्येका एक समिर पौडेलले बताए । उनका अनुसार करिब ७ महिनाअघि सर्वोच्चमा हालेको रिट विचाराधीन नै छ, तर सम्झौता अवधि सकिन लागेकाले जग्गा खाली गर्ने जानकारी त्रिविलाई दिएको उनले बताए । बनाएको संरचनाहरू हटाउन समय लाग्ने भएकाले ४५ दिन माग गर्दै निवेदन दिन लागेको उनले बताए । 

सबैलाई सूचित गरेपनि कतिपय सुमो पार्क भइरहेको स्वीकार गरेका उनले त्यसलाई रोक्न ताला लगाउने बताए । आफ्ना सामान झिक्न र त्रिविलाई काम गर्न मिल्ने गरी मात्रै ताला लगाउने उनकाे भनाइ छ  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कसैका लागि किन पीडादायक हुन्छ यौन सम्पर्क ?

काठमाडौं । यौन आवश्यकता मानिसहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्न भिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामला...

स्‍नातक पासको प्रमाण ल्याउन नसक्दा भट्टराईको नाम राजदूतबाट अस्वीकृत गरिँदै

काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे मंगलबार निर्णय लिने भएको छ । सिंहदरबारमा सोमबार बसेको बैठक...

रामेछापमा भएको जीप दुर्घटनाका अर्का एक घइतकाे मृत्यु

  रामेछाप । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइ...

खाेटााङमा माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता

खोटाङ । माछा मार्न गएका युवा दुधकोशी नदीमा बेपत्ता भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १८ वर्षीय घनश्याम पुलामी मगर दुधकोशी नदीमा ब...

काठमाडौं महानगरलेे गर्याे २ महिनामा १ सय १४ मन्दिर, १ सय ११ वटा हिटीको सफाइ

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको दुई महिनामा १ सय १४ वटा साना–ठूला मन्दिरको सरसफाइ गरेको छ । महानगरपालिकाको स्वर्णिम योजना ‘स...

एन्फा महिला लिगमा चन्द्रपुर र कोशीबीच १–१ गोलको बराबरी

काठमाडौैं । एन्फा महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिका र कोशी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्ल...

बबई नदीमा पुरूष मृत भेटिए

कााठमाडौं । बबई नदीमा डुबेर एक पुरूषको मृत्यु भएको छ।  सोमबार बिहान १० बजे घोराही उपमहानगरपालिका ७ बेलहरीका ४७ वर्षीय अर्जुन खनाल सुकवारीस्थित बबई  नद...

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय काठमाडौंमा

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्षे काठमाडौँ आएका छन् । आइतबार काठमाडौँ ओर्लिएका उनी ललितपुरको झम्सिखेलस्थित भिभान्ता होटलमा बसेका...

आकृति, संस्कार, रिवानी ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’ घोषित

काठमाडौँ । आकृति रोशयारा, संस्कार खनाल, रिवानी वस्ती ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल–२०२४’का विजेताहरु घोषित भए । आकृति जुनियर गर्ल, रिवानी सिनियर गर्...

पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको आधारमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy