काठमाडौँ। विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब ‘जय ट्रफी मेन्स एलाइट कप’ को फाइनलमा प्रवेश गरेको छ ।
लिग चरणको अन्तिम खेलमा आर्मीले मधेश प्रदेशलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । यस्तै पुलिसले लिगको अन्तिम खेलमा बागमती प्रदेशलाई पाँच विकेटले हराउँदै फाइनलमा पुगेको हो ।
वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा आइतबार मधेशले प्रस्तुत गरेको २८ रनको लक्ष्य आर्मीले दुई विकेटको क्षतिमा पूरा गरेको हो । आर्मीको पहिलो पहिलो जित हो । आर्मीले यसअघि पुलिस र बागमतीसँग बराबरी खेलेको थियो ।
आर्मीका लागि तृतराज दासले ११ तथा इम्रान शेखले अविजित आठ र बसिर अहमदले अविजित चार रन बनाए। बलिङमा मधेशका प्रदीप पासवानले दुई विकेट लिए। आर्मीसँग फलो अनमा परेको मधेशले दोस्रो इनिङमा एक सय ५० रन मात्रै बनाएपछि आर्मीले २८ रनको सामान्य लक्ष्य पाएको थियो ।
२र० को अवस्थामा दोस्रो दिनको खेल सुरु गरेको मधेशले एक सय ४८ रन थप्दा सबै विकेट गुमाएको थियो । मधेशका लागि मायन यादवले सर्वाधिक ४९ रन बनाए । यस्तै कप्तान हरिशंकर साहले २५, अभिषेक तिवारीले १९, निरज यादवले १७ र हिमान्शु दत्तले ११ रन बनाए।
बलिङमा आर्मीका बसिर अहमदले चार विकेट लिए। यस्तै शाहब आलमले तीन र आकाश चन्दले दुई दुई विकेट लिए। यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पहिलो इनिङ्समा खुई सय २५ रन बनाएको थियो । मधेश एक सय दुई रनमै समेटिए पछि मधेश फलो अनमा परेको थियो ।
यसैगरी जनकपुरमा आइतबार बागमतीले दिएको एक सय १६ रनको लक्ष्य पुलिसले पाँच विकेटको क्षतिमा पूरा गरेको हो । पुलिसको जितमा शंकर रानाले सर्वाधिक ५६ रन बनाए।
कप्तान कुशल भुर्तेल ३२ रन र अर्जुन साउदले अविजित २० रन बनाए
बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले दुई तथा नन्दन यादव, प्रतिस जिशी र सुर्य तामाङले एक एक विकेट लिए
।
पहिलो इनिङ्समा एक सय तीन रनले पछि परेको बागमतीले दोस्रो इनिङ्समा दुई सय १८ रन बनाएको थियो । दोस्रो इनिङमा बागमतीले एक सय १५ रनको अग्रता लिएको थियो । बागमतीका लागि शुभ कसांकारले सर्वाधिक ७० रन बनाए। यस्तै इशान पाण्डे ५२, कप्तान सन्दीप लामिछाने र सुर्य तामाङ १६र१६ तथा उत्तम थापामगरले १४ रन बनाए।
बलिङमा पुलिसका लागि ललितनारायण राजवंशीले तीन विकेट लिए। श्रवण यादवले दुई तथा प्रेम तामाङ, कुशल भुर्तेल, राशिद खाना र गुलशन झाले एक एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्ता पाएको बागमती ३३।२ ओभरमा सवै विकेटको क्षतिमा एक सय १२ रन बनाएको थियो । बागमतीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ७१ रन बनाए। प्रतिक श्रेष्ठले १२ रन जोड्नुबाहेक बागमतीका अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा पुलिसका श्रवण यादवले ह्याट्रिक विकेट लिए। ललितनारायण राजवंशीले तीन तथा कुशल भुर्तेलले दुई विकेट झारे। यसअघि पुलिसले पहिलो इनिङ्समा ४५।५ ओभरमा दुई सय १५ रन बनाएको थियो ।
जितसँगै पुलिस ६६ अङ्क जोडेदी शीर्षस्थानमा रह्यो । दोस्रो स्थानमा रहेको आर्मीले ५५ अङ्क बनायो । आर्मी र पुलिसबिचको फाइनल खेल मङ्गलबार हुनेछ । फाइनल खेल तीन दिवसीय हुनेछ । यस्तै ४१.५ अङ्क बनाएको बागमती र ३१ अङ्क बनाएको मधेशको यात्रा लिग चरणमा सकिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: