सुनसरी । पूर्व अन्तराष्ट्रिय फुटवल खेलाडी सुरेन्द्र तामाङ तथा मोडल बादल श्रेष्ठको अभिनयमा रहेको “जङ्गली काँडा” नामको म्युजिक भिडियो इटहरीमा एक कार्यक्रमको आयोजना गरी प्रीमियर गरिएको छ । इटहरीमा रहेको प्रिमियर होटल स्कुलको सभाहलमा आयोजना गरिएको म्युजिक भिडियो प्रीमियर कार्यक्रममा कोशी प्रदेशका संगीत, साहित्य र चलचित्र क्षेत्रमा आवद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
उपस्थित अतिथिहरुले म्युजिक भिडियो निर्माण युनिटलाई शुभकामना व्यक्त गरे । सिलाम साक्मा प्रोडक्सन हाउसको ब्यानरमा तयार भएको ‘जङ्गली काँडा’लाई बारत लिम्बूको निर्देशनमा तयार गरिएको हो । होम स्टेमा आएको पाहुनाले आफूले मन पराएको मान्छेमाथि नजर लगाएपछि देखिएको संका र आक्रोश भिडियोमा समावेश गरिएको छ ।
साँचो प्रेम कहिले पनि टुट्दैन भन्ने उदाहरण समेत भिडियोले दिन खोजेको छ । सार्वजनीक भिडियोमा बादल र सुरेन्द्रको अलावा क्रिस गुरुङ र तुल्सा सारुमगरले समेत मुख्य भूमिकामा अभिनय गरेका छन् । नन्दु गुरुङको स्वरमा रहेको फिल्मको गीतलाई कुमार गुरुङले लेखेका छन् भने उनैले संगीतवद्ध गरेका छन् । उक्त गीतको संगीत संयोजन काव्य रेकर्ड्सका अशोक थापाले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।
सार्वजनीक भिडियोमा सिनेमाटोग्राफी सुमन तामाङको रहेको छ भने सहायक क्यामेराम्यान देवराज सिग्देल हुन् । फिल्मको सम्पादन विकास धमलाले गरेका छन् । भिडियोको पोस्टर डिजाइन्स अर्जुन खड्काको रहेको छ । कोशी भिजन फिल्म्समा प्रि(प्रोडक्सन गरिएको भिडियोलाई बूढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनीक गरिएको छ । सार्वजनीक पश्चात भिडियोले सकारात्मक प्रतिक्रया बटुलिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: