भाद्र १८ गते, २०७२ बिहिवार 3rd September, 2015 Thu१३:३३:३२ मा प्रकाशित
इस्लामाबाद । पाकिस्तानको उत्तरी वजिरिस्तान आदिवासी क्षेत्रमा मङ्गलबार अबेर राति गरिएको एक अमेरिकी चालकरहित विमान आक्रमणको पाकिस्तानले निन्दा गरेको छ । सो आक्रमणमा परी कम्तीमा ६ व्यक्तिको मृत्यु भएको छ ।
‘पाकिस्तान यस प्रकारको आक्रमणको निन्दा गर्छ किनकि यस्ता आक्रमणले हाम्रो राष्ट्रियता र अन्तर्राष्ट्रिय कानूनको अपमान गर्छ’– पाकिस्तानी विदेशमन्त्रीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
आक्रमणमा परी उत्तरी वजिरिस्तानमा नागारिक हताहत भएका छन उनले बताउनु भएको छ । समाचारदाताहरुका अनुसार दत्ता खेल तेसीलको कर्वान्दा क्षेत्रमा अमेरिकी चालकरहित विमानद्धारा दुई वटा क्षेप्यास्त्र आक्रमण गरिएको थियो ।
यो आक्रमण एक महिना भित्र गरिएको दोस्रो आक्रमण भएको पनि बताइएको छ । यसअघि अगस्त ६ मा उत्तरी वजिरिस्तानको दत्ता खेल क्षेत्रमा नै गरिएको अमेरिकी चालकरहित विमान आक्रमण परी कम्तीमा सात सदिग्ध आतङ्ककारी मारिएका थिए । रासस ÷सिन्ह्वा
काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...
काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...
काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ ।
अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...
काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...
काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...
काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...
भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् ।
...
दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...
प्रतिकृया लेख्नुहोस्: