Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

अब साउनदेखि लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र भए पुग्ने

खबरडबली संवाददाता

काठमाडौं । आगामी साउन देखि सवारी चालक अनुमती पत्र लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र भए पुग्ने भएकाे छ । सर्वसाधारणले राष्ट्रिय परिचयपत्रलाई बेवास्ता गरिरहेको बेला सरकारले साउन १ गतेदेखि भने लाइसेन्ससहित आधा दर्जन कागजपत्रको सट्टा यसलाई नै प्रयोगमा ल्याउने भएको हाे । 

राष्ट्रिय परिचयपत्र बनाउने र लिन नआउनेको सङ्ख्या बढेपछि परिचयपत्र थुप्रिएको छ । सर्वसाधारणले बेवास्ता गरेपछि सरकारले साउन पहिलो सातादेखि प्रयोग व्यापक बढाउने नीति सरकारले लिएको छ । 

सरकारले राहदानी बनाउनलाई परिचयपत्रको नम्बर अनिवार्य गरेपछि सर्वसाधारण बाध्यताबस बनाइरहेका छन् । यसबाहेक परिचयपत्रको अन्य कुनै प्रयोग छैन । सोही कारण परिचयपत्र बनाउने प्रक्रिया पूरागरेर नम्बर लिए पनि कयौँ नागरिक राष्ट्रिय परिचयपत्र लिन गएका छैनन् ।

परिचयपत्रको वितरणसमेत व्यापक बनाउने योजनामा विभाग छ । अहिलेसम्म परिचयपत्रको काम नै नभएपछि साउन १ गतेदेखि भने व्यापकरुपमा प्रयोगमा ल्याउने निर्णय सरकारले गरेको छ । यही जेठ २४ गते बसेको मन्त्रीपरिषद्को बैठकले साउन १ गतेदेखि यसको प्रयोग बढाउने निर्णय गरेको थियो । 

मन्त्रीपरिषद्को बैठकअनुसार साउन पहिलो सातादेखि सवारी चालक लाइसेन्स, प्यानकार्ड र मतदाता परिचयपत्रको साटो परिचयपत्र प्रयोग गर्दा हुने व्यवस्था गरिनेछ । यस्तै स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्ता र पेन्सन लिन परिचयपत्र अनिवार्य गरिनेछ । यी काममा भने नम्बरमात्रै भए पनि पुग्नेछ ।

तर अब बन्ने लाइन्सेन्स, मतादाता परिचयपत्र र प्यान कार्डमा परिचयपत्र नम्बर ‘लिङ्क’ गर्न पहिला नै वितरण भइसकेका कागजपत्रमा भने सहज छैन । सोहीकारण, ‘नागरिक एप’ वा अन्य कुनै माध्यमबाट क्यूआर गर्न मिल्ने व्यवस्था गरिनेछ । उदाहरणका लागि सवारी चालक अनुमतिपत्र (लाइ सेन्स) लिइसकेका व्यक्तिको लाइसेन्स नम्बर क्यूआरमार्फत राष्ट्रिय परिचयपत्रमा लिङ्कगराउनु पर्छ । यसका लागि लाइसेन्स धनी यातायात कार्यालयमा पुगेर वा ट्राफिक प्रहरीले नै क्यूआर गरेर ‘लिङ्क’ गरिदिन सक्ने व्यवस्था मिलाइनेछ । 

यस्तै अन्य कागजात (प्यानकार्ड, मतदाता परिचयपत्र) मा समेत क्यूआर विधिमार्फतनै ‘लिङ्क’ गर्ने योजना विभागको छ । यसका लागि नागरिक एपको प्रयोग गर्नेगरी विभाग अघि बढेको सरकारले केही वर्ष अघि डिजिटल नेपाल बनाउने भन्दै नागरिक एपको प्रयोग ल्याएको थियो । तर, यसको समेत सरकारी लक्ष्यअनुरुपप्रयोग नभइरहेको स्थितिमा परिचयपत्रका कारण प्रयोगमा आउन स क्ने स्थिति सिर्जना भएको छ । 

तर सरकारको यो निर्णय कार्यान्वयनमा भने शङ्का गर्न सकिन्छ । सरकारले प्रत्येक पटक राष्ट्रिय परिचयपत्रको प्रयोग व्यापक बनाउने भनिरहे पनि सोअनुसार भएको छैन । यसपटक भने व्यापक प्रयोग सुरु गर्ने पञ्जीकरण विभाग बताउँछ । 'पछिल्लो १ महिना यता निरन्तर परीक्षण भइरहेको छ,’ विभागका परिचयपत्र महाशाखाका निर्देशक मुकेशकुमार केसरी भने, ‘परीक्षण सफल भइरहेको छ । अब साउनदेखि प्रयोगमै आउँछ ।’

नेपाल सरकारले विभिन्न निकायमार्फत विभिन्न कागजात छपाइमा अर्बौ रुपैयाँ खर्च गर्दै आइरहेको छ । जिल्ला प्रसाशन कार्यालयले नागरिकता, कर कार्यालयले प्यान कार्ड, निर्वाचन आयोगमार्फत मतदाता परिचयपत्र र यातायात कार्यालयले लाइसेन्स छाप्दै आइरहेका छन् । यसबाहेक अन्य निकाले समेत आ–आफ्नो आवश्यकताअनुसार कागजपत्र छापेर वितरण गर्दै आइरहेका छन् । 

सबै निकायले छाप्दै आएको कागजपत्रलाई एकीकृत गर्ने लक्ष्यसहित राष्ट्रिय परिचयपत्रको योजना अघि सरेको थियो । तर लामो समयसम्म पनि सरकारी योजनाअनुरुप काम अघि बढेन । अब भने सरकारी लक्ष्यअनुसार नै राष्ट्रिय परिचयपत्रको प्रयोग व्यापक गर्ने सरकारी योजना छ । 

सरकारले ५ देखि ६ वटा क्षेत्रमा एकैपटक राष्ट्रिय परिचयपत्रको प्रयोग गर्ने निर्णयगरेपनि अनिवार्य प्रयोगको सु रुवात लाइसेन्स, सामाजिक सुरक्षा, पेन्सन र स्वास्थ्य बीमामार्फत गर्ने तयारी गरेको छ । यही नीतिअनुरुप साउन १ गतेदेखि लाइसेन्स नबोके पनि हुने बताइएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार २० लाख सर्वसाधारण आफ्नो लाइसेन्स छपाइको पखाइमा छन् । प्रत्येक दिन ४ देखि ५ हजारले नयाँ लाइसेन्सको परीक्षा उत्तीर्ण गर्छन् । प्रतिमहिना १ लाख हाराहारीले लाइसेन्स परीक्षा उत्तीर्ण गर्नेको सङ्ख्या थपिन्छ । 'लाइसेन्स शब्द नै यतिधेरै बद्नाम भइसक्यो,’ उनले भने, ‘अब परिचयपत्रबाटै यसको सेवा सुरु गर्नुपर्छ ।’

पञ्जीकरण विभागका अनुसार राष्ट्रिय परिचय पत्रमा लाइसेन्स नम्बर ‘लिङ्क’ गर्न क्यूआर गर्नुपर्छ । यो क्यूआर ट्राफिक प्रहरीले नै गर्न सक्छन् । यस्तै यातायात कार्यालयमार्फत समेत क्यूआर गरेर लिङ्क गर्न सकिन्छ । यसो हुँदा साउन १ गतेदेखि सवारी चालकल लाइसेन्स नै नबोके पनि हुने व्यवस्था गर्न लागेर्कोशक केसरीले बताए । ‘सुरुमा यो अप्सनल हुन्छ,’ उनले भने, लाइसेन्स नबोक्दा पनि बोक्छु भने पनि पाइन्छ ।’

यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक रिजालका अनुसार परिचयपत्र छापेपछि लाइसेन्स नछाप्दा पनि हुन्छ । ‘आखिर सरकारले दिने सुविधा एउटै हो,’ उनले भने, ‘अब परिचयपत्रबाटै हुने भएपछि लाइसेन्स किन चाहियो र ?’

उनका अनुसार परिचयपत्रमै ट्रायल पास भएपछि पाइने लाइसेन्स नम्बर जोडिन्छ, जसले लाइसेन्सको समेत काम गर्छ । तर विदेश जानेहरूको हकमा र विदेशबाट आएर नेपाल बसेकाको हकमा भने लाइसेन्स नै छापिने बताइएकाे छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending