Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

युरोकप आज रातिदेखि, यी स्टार खेलाडीले युरोकप गुमाउने

खबरडबली संवाददाता

काठमाडौँ । युरोकपको १७औं संस्करण जुन १४ देखि जुलाई १४ सम्म हुदै छ । मिनी फुटबल विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दै छ । युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता जर्मनीका बिभिन्न १० स्टेडियम मा खेलाईदै छ ।

युरोकपको उद्घाटन खेलमा आज राति आयोजक जर्मनी र स्कटल्याण्ड खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२स् ४५ बजेदेखि हुदै छ । युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली हो । इटालीले २०२० मा सम्पन्न फाइनल खेलमा ईङल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो । 

यस युरोकपमा भाग लिएका २४ टिमलाई ६ समुहमा बिभाजन गरिएको छ । समुह चरणका खेलपछि समुहमा शिर्ष २ देश नकआउट चरणमा प्रवेश गर्ने छन् भने तेस्रो स्थानमा रहेका शिर्ष चार देश पनि नकआउट चरणमा पुग्ने छन् ।

युरोकपको समुह ए मा जर्मनी, स्कटल्याण्ड, हंगेरी र स्वीजरल्याण्ड रहेका छन् । त्यस्तै समुह बी मा स्पेन, क्रोसिया, इटाली र अल्बानिया रहेका छन् भने समुह सी मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इङल्याण्ड रहेका छन् । त्यस्तै समुह डी मा पोल्याण्ड, नेदरल्याण्डस, अस्ट्रिया र फ्रान्स रहेका छन् भने समुह इ मा बेल्जियम, स्लोभाकिया, रोमानिया र युक्रेन रहेका छन् । त्यस्तै समुह एफ मा टर्की, जर्जियाम पोर्चुगल र चेक रिपब्लिक रहेका छन् ।

युरोकप अहिलेसम्म को कसले जितेका छन् ?

अहिलेसम्म १६ पटक समपन्न यो प्रतियोगिताको सबै भन्दा धेरै पटक उपाधि जर्मनी र स्पेनले जितेका छन् । जर्मनी र स्पेनले ३(३ पटक युरोकप जितेका छन् । जर्मनीले १९७२, १९८० र १९९६ मा युरोकप जितेको थियो भने स्पेनले १९६४, २००८ र १०१२ मा युरोकप जितेको थियो ।

त्यस्तै इटाली र फ्रान्सले २-२ पटक युरोकपको उपाधि जितेका छन् । इटालीलले १९६८ र २०२० मा युरोकप जितेको थियो भने फ्रान्सले १९८४ र २००० मा युरोकप जितेको थियो । त्यस्तै १९७६ को युरो कपको उपाधि चेकोस्लोभाकियाले जितेको थियो पछि बिभाजन भएर चेक रिपब्लिक र स्लोभाकिया बनेपछि अहिले दुवै देशलाई १९७६ को युरोको विजेता मानिन्छ ।

त्यस बाहेक रसियाले १९६० मा, पोर्चुगलले २०१६ मा, नेदरल्याण्डसले १९८८ मा, डेनमार्कले १९९२ मा र ग्रीसले २००४ मा युरोकपको उपाधि जितेका थिए । 

ईङल्याण्ड २०२० मा उपविजेता बने पनि अहिलेसम्म युरोकप जित्न सकेको छैन भने बेल्जियम १९८० मा उपविजेता बनेको थियो । 

यी स्टार खेलाडीले गुमाउने भए युरोकप ?

मिनी विश्वकप भनिने युरोकप गुमाउने सबै भन्दा ठुलो नाम बेल्जियमका चर्चित गोलकिपर थिबाउट कर्टिओस रहेका छन् । राष्ट्रिय टिमका प्रशिक्षकसँगको विवादका कारण उनी यस युरोकपमा देखिने छैनन् ।

त्यस्तै स्पेनका मिडफिल्डर गाभीले पनि इन्जुरीका कारण यस युरोकप गुमाउने भएका छन् । त्यस्तै युरोकपको आयोजक रहेको जर्मनीका स्रेगी ग्नाब्रीले पनि इन्जुरिका कारण यस युरोकपमा नखेल्ने भएका छन् । उनी राष्ट्रिय टिममा कहिले फर्किन्छन भन्ने पनि अनिश्चित रहेको रिपोर्टमा बताइएको छ ।

त्यस्तै म्यानचेस्टर सिटीबाट खेल्ने स्टार मिडफिल्डर ज्याक ग्रीलिश पनि यस युरोकपमा नदेखिने भएका छन् । उनी इङल्याण्डको टिममा पर्न असफल भएका छन् ।

त्यस्तै जर्मनीका स्टार डिफेन्डर माट्स हुमेल्सले पनि युरोकपमा नखेल्ने भएका छन् । प्रशिक्षक जुलियन नागेल्सम्यानले हुमेल्सको सट्टा एन्टोनियो रुडीगेर र जोनाथन टाहलाई प्राथमिकता दिएपछि हुमेल्सले युरोकप गुमाउने भएका छन् ।

यी बाहेक इङल्याण्डका रीच जेम्स, मार्कस राशफोर्ड, ह्यारी माग्युरे, रहिम स्टरलिङ, जोर्डन हेन्डरसन, इटालीका सान्द्रो टोनाली, नेदरल्याण्डसका जुरिएन टिम्बर, इटालीका डोमेनिको बेरार्डीले यस पटकको युरोकप गुमाउने भएका छन् ।

त्यस्तै फ्रान्सका मिडफिल्डर पाउल पोग्वाले लागूऔषध प्रकरणमा डोपिङमा परेर प्रतिबन्ध झेलेपछि युरोकप गुमाएका छन् । त्यसैगरी नेदरल्याण्डसका सेन्ट्रल मिडफिल्डर फ्रानकी डी जोङ पनि इन्जुरीका कारण युरोकप खेल्न नसक्ने भएपछि नेदरल्याण्डसलाई ठूलो धक्का लागेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजविराज कारागारमा ड्युटीका क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज। राजविराजस्थित कारागार कार्यालयमा ड्युटीका क्रममा एसएलआर राइफलबाट गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन्। बुधबार राति राजविराज नगरपालिका...

राजविराजका पाँच हजारभन्दा बढी मूलवासी लालपुर्जाविहीन, ४८ दिनदेखि आन्दोलन जारी

राजविराज । राजविराज नगरका पाँच हजारभन्दा बढी मूलनिवासी परिवार लालपुर्जाविहीन अवस्थामा छन । पुस्तौँदेखि भोगचलन गर्दै आएको विटौरी जग्गाको जग्गाधनी प्...

प्राविधिक समस्याका कारण राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । प्राविधिक समस्याका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। संसद् सचिवालयका अनुसार बैठक सुरु भएको करिब १७ मिनेटसम्म सञ्चालन भए पनि प्रत्...

पूर्वसांसद लक्ष्मी महतो कारागार चलान

जनकपुरधाम । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको छ। महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका मह...

संवैधानिक परिषद् बैठक आज साँझ, रिक्त पदमा नियुक्ति सिफारिसबारे छलफल हुने

काठमाडौं । संवैधानिक परिषद्को बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ। प्रमुख विपक्षी दलका नेता तथा नेपा...

सरकारको सय दिनको उपलब्धि जनताले महसुस गर्न सकेनन् : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले कार्यकालको पहिलो सय दिनमा जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गरे...

पंखाको तार जोड्ने क्रममा करेन्ट लाग्दा कपिलवस्तुमा एक जनाको मृत्यु

काठमाडौं । कपिलवस्तुमा पंखाको तार जोड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ। मायादेवी गाउँपालिका–७ रतनपुर निवासी ३२ वर्षीय रमेश यादवको बिह...

किएभमा रूसी आक्रमण, ३० जनाको मृत्यु

युक्रेन। युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या कम्तिमा ३० जना पुगेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले र...

द्वन्द्वका कारण लाखौँ लेबनानी बालबालिकाको एक शैक्षिक वर्ष नै हराउने जोखिम : युनिसेफ

बेरुत। युद्धले क्षतिग्रस्त भएका लगभग एक लाख लेबनानी बालबालिका अध्यनरत रहेका लेबनानका विद्यालय आगामी सेप्टेम्बरसम्म मर्मत नगरे उनीहरुको एउटा शैक्षिक वर...

स्रोतमै वर्गीकरण गरी फोहर व्यवस्थापन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले  बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण व्यवस्थापन थालेको छ ।  कामपा वाताव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending