Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

वाग्मती प्रदेशसभा बैठकः प्रदेश आर्थिक सर्वेक्षण पेस

खबरडबली संवाददाता

मकवानपुर । वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले वाग्मती प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८०/८१ पेस गरेका छन् । 

आर्थिक सर्वेक्षण पेश गर्दै उनले वाग्मती प्रदेशको राजस्व सङ्कलन, कृषि उत्पादन, पर्यटन क्षेत्रको विकास, शैक्षिक कार्यक्रमअन्तर्गत प्रदेशमा साक्षरता प्रतिशत वृद्धि भएको बताए । यातायात क्षेत्रमा सडक, पुल निर्माण, विद्युत् विस्तार, औद्योगिक उत्पादनहरु अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गराई विदेशी मुद्रा आर्जन गर्ने सरकारको लक्ष्य रहेको जानकारी दिए । 

सोही बैठकमा श्रीराम लामिछाने, छिरिङ दोर्जे लामा, भारतीकुमारी पाठक, आनन्दकुमार श्रेष्ठलाई संसद् कार्य परामर्श व्यवस्थाको समितिमा मनोनयन गरिएको र उक्त बैठकले सो नामावलीलाई स्वीकृत प्रदान गरेको थियो । 

बैठकमा प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, अर्थ, विकास समितिका सभापति नुरज बज्राचार्य, सार्वजनिक समितिका सभापति श्रीराम लामिछाने, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले छुट्टाछुट्टै वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले हेटौंडा अस्पताललाई मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न मन्त्रिपरिषद्बाट गरेको निर्णयबारे स्पष्ट पार्न विशेष समय लिई बोलेका थिए । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा अस्पतालको स्वायत्ततालाई कुनै आँच नपुग्ने गरी मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आन्तरिक व्यवस्थापनका लागि जिम्मा दिइएको स्पष्ट पारे । 

हेटौँडा अस्पताल सङ्घीय सरकारको निर्देशनबमोजिम प्रदेश सरकारको मातहतमा रहने गरी प्रादेशिक अस्पतालका रुपमा स्तान्तरण गरिएको उनले बताए । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक भोलि अपराह्न ४ बजे बस्ने गरी स्थगित गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending