Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

वाग्मती प्रदेशसभा बैठकः प्रदेश आर्थिक सर्वेक्षण पेस

खबरडबली संवाददाता

मकवानपुर । वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले वाग्मती प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८०/८१ पेस गरेका छन् । 

आर्थिक सर्वेक्षण पेश गर्दै उनले वाग्मती प्रदेशको राजस्व सङ्कलन, कृषि उत्पादन, पर्यटन क्षेत्रको विकास, शैक्षिक कार्यक्रमअन्तर्गत प्रदेशमा साक्षरता प्रतिशत वृद्धि भएको बताए । यातायात क्षेत्रमा सडक, पुल निर्माण, विद्युत् विस्तार, औद्योगिक उत्पादनहरु अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गराई विदेशी मुद्रा आर्जन गर्ने सरकारको लक्ष्य रहेको जानकारी दिए । 

सोही बैठकमा श्रीराम लामिछाने, छिरिङ दोर्जे लामा, भारतीकुमारी पाठक, आनन्दकुमार श्रेष्ठलाई संसद् कार्य परामर्श व्यवस्थाको समितिमा मनोनयन गरिएको र उक्त बैठकले सो नामावलीलाई स्वीकृत प्रदान गरेको थियो । 

बैठकमा प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, अर्थ, विकास समितिका सभापति नुरज बज्राचार्य, सार्वजनिक समितिका सभापति श्रीराम लामिछाने, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले छुट्टाछुट्टै वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले हेटौंडा अस्पताललाई मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न मन्त्रिपरिषद्बाट गरेको निर्णयबारे स्पष्ट पार्न विशेष समय लिई बोलेका थिए । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा अस्पतालको स्वायत्ततालाई कुनै आँच नपुग्ने गरी मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आन्तरिक व्यवस्थापनका लागि जिम्मा दिइएको स्पष्ट पारे । 

हेटौँडा अस्पताल सङ्घीय सरकारको निर्देशनबमोजिम प्रदेश सरकारको मातहतमा रहने गरी प्रादेशिक अस्पतालका रुपमा स्तान्तरण गरिएको उनले बताए । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक भोलि अपराह्न ४ बजे बस्ने गरी स्थगित गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending