Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

हरेक वर्ष नागरिकता त्याग्ने नेपालीको संख्या किन बढिरहेको छ ?

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो १० महिनामा मात्रै १,२२५ जनाले नेपाली नागरिकता त्याग गरेको गृह मन्त्रालयले जनाएको छ। गत साउनमा सुरु भएको यो आर्थिक वर्षको १० महिनामा देशभरिका जिल्ला प्रशासन कार्यालयहरूबाट नागरिकता त्याग गर्नेहरूको सङ्ख्या अघिल्लो वर्षको भन्दा पाँच गुणाले बढी छ।

अघिल्लो आर्थिक वर्ष नेपाली नागरिकता त्याग गर्ने २३७ जना थिए। पछिल्लो समय अन्य देशहरूमा बसाइ सराइका साथै वैदेशिक रोजगारी र अध्ययनका लागि गएर स्थायी बसोबास गर्ने नेपालीहरूको सङ्ख्या बढ्दै गएको छ।

अध्यागमन कार्यालयका अनुसार सन् २०२३ मा झन्डै ७१ हजार नेपालीहरूले स्थायी बसोबासको अनुमति पत्र (पीआर) लिएर नेपालबाट विदेश गएका थिए। नेपालीहरू पीआर लिएर १०९ वटा देशमा पुगेका एउटा सरकारी आँकडाले देखाएको छ।

गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराई गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएपछि नेपाली नागरिकता त्याग गर्नेको सङ्ख्या बढेको बताउँछन्।

“गत वर्ष गैर आवासीय नेपाली नागरिकता थिएन। यो वर्षबाट दिन थालियो। एनआरएनले नागरिकता लिन पहिलेको नेपाली नागरिकता त्याग गर्नुपर्छ। त्यस कारण पनि नागरिकता त्याग गर्नेहरूको सङ्ख्या बढी देखिएको हो,” भट्टराईले भने।

“शत प्रतिशत त होइन। तर पछिल्लो पटक नेपाली नागरिकता त्याग्ने अधिकांशले एनआरएन नागरिकता लिएका छन्।”

नयाँ संविधान अनुसारको नागरिकता ऐन बनेपछि गत वर्ष असोज ३० गतेबाट नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको थियो।

कतिले लिए गैरआवासीय नेपाली नागरिकता

गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका अधिकृत नारायण खत्रीका अनुसार विगत १० महिनामा २,५५४ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन्।

गृह मन्त्रालयले विभिन्न जिल्ला प्रशासन कार्यालयहरूबाट नागरिकता त्याग गर्ने र गैरआवासीय नेपाली नागरिकता लिनेहरूको सङ्ख्या अद्यावधिक हुने क्रममा रहेकाले त्यस्तो सङ्ख्या अझै बढी हुनसक्ने जनाएको छ।

यसअघि गृह मन्त्रालयले सबैभन्दा धेरै गैरआवासीय नेपाली नागरिकता काठमाण्डूबाट जारी भएको जनाएको थियो। गैरआवासीय नेपालीहरूले आफ्नो पुरानो नेपाली नागरिकता जारी भएकै जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता लिनुपर्ने नियम छ।

नागरिकता त्याग गर्न पनि सम्बन्धित जिल्लामै प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था रहेको गृह मन्त्रालयका प्रवक्ता भट्टराई बताउँछन्।

नागरिकता त्याग गर्ने प्रक्रिया के छ

नेपाल नागरिकता नियमावलीमा नागरिकता त्याग सम्बन्धी कार्यविधि तोकिएको छ। जस अनुसार नेपालमा भएका नागरिकले जिल्ला प्रशासन कार्यालय र विदेशमा भएकाले नेपाली दूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिनुपर्ने व्यवस्था छ।

गृह मन्त्रालयका अनुसार अधिकांश नेपालीहरूले जिल्ला प्रशासन कार्यालयबाटै नागरिकता त्यागको प्रक्रिया अघि बढाउने गरेका छन्।

यस्तो निवेदनसँगै आफूले प्राप्त गरेको नेपाली नागरिकताको सक्कलप्रति पनि बुझाउनुपर्छ।

प्रमुख जिल्ला अधिकारीले नागरिकता त्याग सम्बन्धी सूचना दर्ता किताबमा राखेपछि नेपाली नागरिकता समाप्त हुने नियम छ।

किन धेरै नेपालीहरूले देश छोडिरहेका छन्?

नेपालमा श्रम र आप्रवासनको अध्ययन गर्दै आएका जीवन बानियाँ नेपालबाट बर्सेनि ठूलो सङ्ख्यामा मानिसहरू बाहिरिने क्रम तत्काल रोकिने सम्भावना नदेखिएको बताउँछन्।

“जुन तरिकाले हाम्रो बजेट बनिरहेको छ। आर्थिक वृद्धि नै ४ अङ्क हाराहारीको मात्रै छ। ऋण र अनुदानमा हाम्रा परियोजना निर्भर छन् त्यस कारण केही समय लाग्छ एक दशकमा पनि गाह्रै होला जस्तो लाग्छ मलाई,” सोसल साइन्स बहाको सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटीका उपनिर्देशक बानियाँ भन्छन्।

नेपालले वार्षिक एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राख्ने गरेको भए पनि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको एक अध्ययनले वार्षिक पाँच लाख युवाहरू श्रम बजारमा आउने गरेको देखाएको छ।

“हामीसँग जति युवाहरू श्रम बजारमा छन् त्यति रोजगारी हाम्रो श्रम बजारमा नहुनु नै प्रमुख कारण हो,” युवाहरू बिदेसिनुको कारणबारे बानियाँ भन्छन्।

बानियाँका अनुसार नेपालमा रोजगारी भए पनि जीविकोपार्जनका लागि पर्याप्त नभएका कारण पनि मानिसहरू विदेशिनेक्रम देखिन्छ।

“कतिपय ठाउँमा तलब कम हुँदा पनि सामाजिक सुरक्षा राम्रो हुँदा मानिसहरू बिदेसिने क्रम अलि कम हुन्छ। तर हाम्रोमा त्यसको पनि अभाव छ,” उनी भन्छन्।

नेपाली समाजले विदेशमा जाने कुरालाई पछिल्लो समय सामाजिक प्रतिष्ठाको विषय पनि बनाएको बानियाँको भनाई छ।

“पछिल्लो समय युरोप, अमेरिका र अस्ट्रेलिया जाने विषय सामाजिक प्रतिष्ठाको विषय बनेर आयो त्यसलाई परिवारले पनि प्रतिष्ठा ठान्ने अवस्था भयो,” उनी भन्छन्।

“हामीले गरेको अध्ययनहरूमा छिमेकबाट पनि गएको छ, साथी पनि गएको छ त्यसकारण म पनि जानुपर्छ भनेर पनि मानिसहरू विदेश गइरहेको देखिन्छ।”

आप्रवासनबारे अध्ययन गरिरहेका बानियाँ 'नेपालमै केही हुन्छ भन्ने आशा मानिसहरूले गुमाउँदै गएका कारण पनि बिदेसिने क्रम बढेको' बताउँछन्।

गन्तव्य देशहरूको नीतिमा पनि यसले फरक पार्ने विज्ञहरूको भनाई छ। नेपालबाट स्थायी बसोबासका लागि खाडी राष्ट्र, चीन, कोरिया भन्दा युरोप, अमेरिका, क्यानडा र अस्ट्रेलिया जाने क्रम धेरै देखिएको बानियाँ बताउँछन्।

“गन्तव्य देशहरूमा सिर्जना हुने अवसर, भिसा नीतिले पनि भूमिका खेल्छ,” उनी भन्छन्।

नेपालका जिम्मेवार निकायहरूले मानिसहरू देश छोडेर बाहिरिने क्रम रोक्नका लागि आवश्यक रणनीतिहरू बनाउन नसकेको बानियाँको भनाई छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending