Khabar Dabali ३ जेष्ठ २०८३ आईतवार | 17th May, 2026 Sun
Investment bank

ताप्लेजुङमा बाढीपहिरोकाे वितण्डा, तीन दिनमै पाँच जनाको ज्यान गयो

पहिरोको उच्च जोखिममा जिल्लाका ४१ वडा

खबरडबली संवाददाता

ताप्लेजुङ। ताप्लेजुङ जिल्लामा मनसुन सुरु भएसँगै बाढीपहिरोको वितण्डा सुरु भएको छ। जेठ ३० गतेदेखि ३२ गतेसम्ममा जिल्लामा बाढी पहिरोले परि पाँच जनाले ज्यान लिएकाे छ ।

पहिरोले पुरिएर जेठ ३० गते जिल्लाको सिरिजंघा गाउँपालिका-७ खेबाङमा निर्माणाधीन काबेली तेस्रो जलविद्युत परियोजनामा कार्यरत एक मजदुरकाे मृत्यु भएको थियो । पाँचथरको फिदिम नगरपालिका-१४ लुङपा घर भएका २५ वर्षीय सविन राईको खेबाङको सिरिसे खोल्सामा सामान बोकेर जाँदै गरेको मे १ त ७९६९ नम्बरको ट्रयाक्टर सडक माथिबाट झरेको पहिरोले बगाउँदा राईको घटनास्थल मै मृत्यु भएको हो।

त्यस्तै बिहीबार राति आएको बाढी र पहिरोका कारण फक्ताङलुङ गाउँपालिका-२ खेजेनिमका एकै परिवारका चार जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक रवि रावलका अनुसार गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बु (रविन) का बुबा वर्ष ७० रामबहादुर साम्रा लिम्बू, कान्छी आमा ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा बहिनीहरु गंगा र जमुनाको घर भन्दा माथिबाट आएको पहिरोले घर बगाउँदा घटनास्थल मै ज्यान गएको हो।

वडा नं. २ खेजेनिमका वडाध्यक्ष भूपेन्द्र चौलागाईका अनुसार पहिरोले बगाएर लिम्बूको बाख्रा फर्म बगाउँदा दर्जनौं बाख्राको मृत्यु भएको छ। खेजेनिमकै गढी डाँडा टोलका योगेन साम्रा लिम्बूको घर पनि पहिरोले क्षतिग्रस्त बनाएको वडाध्यक्ष चौलागाईंले जानकारी दिए।

बिहीबार करिब १२ बजेतिर माथिदेखि आएको पहिरोले साम्राको घरलाई क्षति गरेको चौलागाईंले बताए । उनका अनुसार घर माथिदेखि पहिरो आएपछि साम्रासहित उनका परिवारका अन्य सदस्यले भागेर ज्यान बचाउन सफल भएका छन्।

उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार पश्चात घर पठाईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक रावलले जानकारी दिए।

बुधबार रातभर परेको वर्षाका कारण फक्ताङलुङ गाउँपालिकामा अवस्थित तमोर नदीसहितका खोलामा लगाइएको ५ वटा अस्थायी काठेपुल बाढीले बगाएको थियो। बाढीले पुल बगाउँदा यातायात ठप्प भएको छ।

वर्षाका कारण तमोर नदीको छिरुवा र तापेथोक, सिँसावा खोला र सिस्ने खोलाको विभिन्न पाँच ठाउँमा रहेको काठेपुल बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध बनेको हो।

यस्तै तापेथोकस्थित सिँसावा खोला तथा फुङ्लिङ नगरपालिका-१० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका-३ लिङ्खिमको सिमाना भई बग्ने सिस्ने खोलामा रहेको दुईवटा काठेपुल बाढीले बगाएको छ।

गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार बाढीले काठेपुल बगाउँदा र ठाउँ-ठाउँको सडक खण्डमा पहिरो गएका कारण बिहीबार बिहानैदेखि यातायात सेवा अवरुद्ध बनेको छ।

त्यस्तै जिल्लाको सिरिजिङघा गाउँपालिका-४ खेसेवा टोलका सुरेन्द्र गुरुङ (लामिछाने)को घरमा माथिबाट आएको पहिरोले घरमा पुर्ण क्षति भएको तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए।

उनका अनुसार पहिरोमा परि एउटा भैँसी मरेको छ भने परिवारका सदस्य र चौपायालाई स्थानीयले उद्धार गरि सुरक्षित ठाउँमा सारिएको छ । घर बस्न नमिल्ने अवस्थाको भएको छ भने गाई गोठमा पुर्ण क्षति, भान्सा घरमा पुर्ण क्षति साथै १४-१५ रोपनी मकै जग्गामा क्षति भएको छ।

जिल्ला प्रसाशन कार्यालय ताप्लेजुङले दिएको जानकारी अुनसार जिल्लाको मिक्वाखोला गाउँपालिका-३ लिवाङमा रहेको माईक्रो हाइड्रोमा समेत क्षती भएको छ। यस अघि गत असार २ गते आएको बाढी र पहिरोले जिल्लामा ३ जनाको ज्यान गएको थियो भने तीन जना बेपत्ता भएका थिए भने लाखौँको भौतिक क्षति भएको थियो।

ताप्लेजुङमा जेठ ३० गते ३६.९ मिलिमिटर, जेठ ३१ गते १६.८ मिलिमिटर र जेठ ३२ गते २३.३ मिलिमिटर वर्षा भएको जल तथा मौसमविज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ।

४१ वडा पहिरोको उच्च जोखिममा

ताप्लेजुङ जिल्लाभित्रका ६१ वडामध्ये ४१ वटा वडाहरू पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। समितिले बुलेटीन निकालेर नै उच्च जोखिम, मध्यम जोखिम र न्युन जोखिम वडाहरुको संख्या प्रकाशन गरेको छ।

जसअनुसार जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये ४१ वटा वडा पहिरोको उच्च जोखिममा र १८ वडा जोखिममा रहेको बताइएको छ। जिल्लाको फुङलिङ नगरपालिकाको वडा नं। १, ६, ९, ८, १० र ११ उच्च जोखिममा रहका छन् भने सिरिजङ्घा गाउँपालिकाको वडा नं. १, ५, ६, ७ र ८, सिदिङ्वा गाउँपालिकाको वडा नं। १, २, ३, ५, ६ र ७ पनि उच्च जोखिमा रहेको बताइएको छ।

त्यस्तै पाथीभरा याङवरक गाउँपालिकाको वडा नं. १, ३, ५ र ६, फक्ताङलुङ गाउँपालिकाको ७ वटै वटा, मिक्वाखोला गाउँपालिकाको १,२, ३ र ४, मेरिङदेन गाउँपालिकाको वडा नं. १, २ र ४, मैवाखोला गाउँपालिकाको वडा नं. २, ३, र ४, आठराई त्रिवेणी गाउँपालिकाको वडा नं. १, २ र ५ नम्बर वडा उच्च जोखिममा रहेको बताईएको छ ।

फुङलिङ नगरपालिकाको वडा नं. ३, ४ र ७, सिरिजंघा गाउँपालिकाको वडा नं. २, ३, र ४, सिदिङ्वा गाउँपालिकाको वडा नं.४, पाथीभरा याङवरक गाउँपालिकाको वडा नंं. २ र ४ पहिरोको मध्यम जोखिमा रहेको जनाइएको छ।

त्यस्तै मिक्वाखोला गाउँपालिकाको वडा नं ५, मेरिङदेन गाउँपालिकाको वडा नं. ३, ६ र ५, मैवाखोला गाउँपालिकाको वडा नं. १, ५ र ६ साथै आठराई त्रिवेणी गाउँपालिकाको वडा नं. ३ र ४ पहिरोको मध्यम जोखिममा रहेको जनाईएको छ। फुङलिङ नगरपालिकाको वडा नं. २ र ५ गरि दुई वटा वडा मात्रै पहिरोको न्युन जोखिम रहेको बताइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रिकेट विश्वकप लिग–२ मा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदा...

चोकचोकका विशाल बोर्ड रित्तिए, डिजिटल विज्ञापनले खायो बजार

काठमाडौं । एक समय यस्तो थियो, सहरका चोक–चोकमा ठडिएका होर्डिङ बोर्डमा विज्ञापन राख्न कम्पनीहरूबीच प्रतिस्पर्धा चल्थ्यो । कसको बोर्ड कहाँ देखिने भन्ने ह...

कहिले गृह, कहिले बालुवाटार- गुप्तचर विभाग किन बन्छ सत्ता संघर्षको मोहरा ?

काठमाडौं । नेपालका शक्तिशाली तर सधैँ छायाँमा रहने निकायमध्ये एक हो राष्ट्रिय अनुसन्धान विभाग । सरकार बदलिँदा यसको ‘बास’ पनि बदलिने पुरानो प्रवृत्ति फे...

सुकुमबासी’ भन्दै वन अतिक्रमण, ३५ मध्ये २ घर मात्रै सुकुमबासी

बाराको ३ नं पुलबाट चार दशक पुरानो अतिक्रमण हटाइयो, ‘सुकुमबासी’ दाबी कमजोर बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको ३ नं पुल क्षेत्रमा च...

श्रम संस्कृति पार्टीको कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित

सुुनसरी । श्रम संस्कृति पार्टी कोशी प्रदेश अध्यक्षमा प्रताप राई निर्वाचित भएका छन् ।सुनसरीकाे धरानमा भएको प्रदेश भेलाले खोटाङका राईलाई अध्यक्षमा निर्व...

६० वर्षमा एसईई पास : भक्तपुरका आमा–हजुरआमाले तोडे उमेरको बाधा

भक्तपुर । “पढ्ने रहरलाई उमेरले छेक्दैन” भन्ने भनाइ भक्तपुरकी ६० वर्षीया रमिनकुमारी राईले व्यवहारमै प्रमाणित गरेकी छन् । जीवनभर घरपरिवार, विवाह र छोराछ...

दुई दिनको वर्षाले काभ्रेका किसानलाई ४६ करोडको चोट

काभ्रेपलाञ्चोक । वैशाख १२ र १३ गते परेको अविरल वर्षाले काभ्रेपलाञ्चोकका किसानलाई ठूलो आर्थिक मार परेको छ । प्रारम्भिक विवरणअनुसार पनौती नगरपालिका र बे...

आजको मौसम : केही ठाउँमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले गण्डकी, कर्णाली र सुदूरप...

बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको ...

मनसुनको चेतावनी : २ लाखभन्दा बढी जनता प्रभावित हुनसक्ने

काठमाडौँ । यस वर्षको मनसुनले देशभर ठूलो जनधनको क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending