काठमाडौं। चालू वर्षका लागि लिइएको राजश्व सङ्कलनको लक्ष्य नभेटिने देखिएको छ । जेठ मसान्तसम्मको अवधिमा उठेको राजश्वको गतिले चालू वर्षका लागि लिइएको बजेटको सुरुवाती छाडेर संशोधित लक्ष्य नै नभेटिने निश्चित भएको हो ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८०र८१ को जेठ मसान्तसम्म (जेठ ३२) को अवधिमा ९ खर्ब ४२ अर्ब ३९ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । यस अवधिमा कर, गैह्रकर राजश्व र अन्य आम्दानी तथा अनुदानसहित गरी यो रकम सङ्कलन भएको हो ।
चालू वर्षका लागि बजेट ल्याउँदा तत्कालीन अर्थमन्त्री डा। प्रकाशशरण महतले १४ खर्ब २२ अर्ब रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य लिएका थिए । यसलाई अर्धवार्षिक समीक्षामार्फत १२ खर्ब ५३ अर्ब रुपैयाँमा झारिएको थियो ।
चालू वर्षका लागि लिइएको सुरुवाती लक्ष्यअनुसार १४ खर्ब २२ अर्ब राजश्व सङ्कलन हुन बाँकी १ महिनाको अवधिमा ४ खर्ब ८० अर्ब रुपैयाँ उठ्नुपर्छ । जुन सम्भव नहुने देखिएपछि अर्धवार्षिक समीक्षामार्फत घटाइएको थियो ।
यस्तै संशोधित लक्ष्य १२ खर्ब ५३ अर्ब रुपैयाँको लक्ष्य भेट्न समेत ३ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी राजश्व एक महिनामा उठाउनुपर्छ । यो समेत सम्भव नहुने देखिन्छ । चालू आर्थिक वर्ष सकिनलाई असार महिना मात्रै बाँकी छ । पछिल्ला ११ महिनामा सरदर प्रतिमहिना ८५ अर्ब रुपैयाँ राजश्व उठेको देखिन्छ ।
आर्थिक वर्षको अन्त्य र त्रैमासको अन्त्य समेत भएकाले असार महिनामा अघिल्ला महिनाको तुलनामा राजश्व सङ्कलन दर बढे पनि संशोधित लक्ष्य नै भेट्न सकिने छाँट देखिँदैन । महालेखाका अनुसार राजश्व लक्ष्य अनुसार नउठेपछि सरकारको बजेट घाटा समेत चुलिएको छ ।
जेठ मसान्तसम्मको अवधिको तुलना गर्दा सरकारको खर्च ११ खर्ब ७९ अर्ब रुपैयाँ छ । यसअनुसार बजेट घाटा २ खर्ब ३७ अर्ब छ । बजेटमार्फत सरकारले गरेको राजश्व आम्दानी र खर्चको हिसाबकिताब नमिल्दा बजेट घाटा उच्च हुँदै गइरहेको हो ।
तथ्याङ्कअनुसार चालू खर्च ८ खर्ब २१ अर्ब रुपैयाँ छ भने पुँजीगत खर्च १ खर्ब ३३ अर्ब रुपैयाँमा सीमित छ । यस्तै वित्तीय खर्च २ खर्ब २३ अर्ब छ । सरकारको लक्ष्य अनुसार पुँजीगत ९विकास० खर्च नहुँदा राजश्व सङ्कलन समेत प्रभाव पर्दै आएको निजी क्षेत्र बताउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - २०:२५
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...
फाल्गुन २७ गते, २०८२ - २०:१९
काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन् । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...
फाल्गुन २७ गते, २०८२ - २०:१३
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...
फाल्गुन २७ गते, २०८२ - २०:०८
काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...
फाल्गुन २७ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...
फाल्गुन २७ गते, २०८२ - १९:५८
भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...
फाल्गुन २७ गते, २०८२ - १९:४६
जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...
फाल्गुन २७ गते, २०८२ - १९:३९
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...
फाल्गुन २७ गते, २०८२ - १९:१५
भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...
फाल्गुन २७ गते, २०८२ - १९:०८
काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...



प्रतिकृया लेख्नुहोस्: