काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक प्रशासन तालिम २४औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताए । जनतालाई सुरक्षित र सहज ट्राफिक व्यवस्थापनको महशुस गराउनुका साथै सडकमा खटिँदा सहनशील र धैर्यवान भई आफ्नो स्वास्थ्यसमेतलाई ध्यानमा राखी प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमाटाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत वैशाख २३ गतेदेखि संचालित ३५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २१ जना र प्रहरी सहायक निरीक्षक ३० जना गरी कुल ५१ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - १७:४७
मकवानपुर । मकवानपुरको राक्सिराङमा रुखको हाँगा भाँचिएर लाग्दा एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका- ५ ठाडे गाउँका ५० वर्षीय...
पौष ७ गते, २०८१ - १७:४४
उदयपुर । गएको असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले बगाएको पक्की पुलको विकल्पमा उक्त स्थानमा बेलिब्रिज निर्माण सुरु भएको छ । सगरमाथा लोकमार्गमा पर्ने...
पौष ७ गते, २०८१ - १७:३९
काठमाडौं । गोर्खा मिडिया नेटवर्कमार्फत् सहकारी बचत रकम अपचलन प्रक्रियामा आफ्नो संलग्नता नरहेको बयान छबिलाल जोशीले दिएका छन् । कास्की प्रहरीले दर्त...
पौष ७ गते, २०८१ - १७:१९
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा युवाहरुको सक्रियता बढाउन जरुरी रहेको बताएका छन् । आइतब...
पौष ७ गते, २०८१ - १७:१२
काठमाडौं । यु–१९ मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला टोलीले भुटानविरुद्ध बराबरी खेलेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलम...
पौष ७ गते, २०८१ - १७:०९
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कको आवासीय राजदूतमा सुम्निमा तुलाधर नियुक्त गरेका छन । मन्त्रिपपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेल...
पौष ७ गते, २०८१ - १७:०७
काठमाडौं । ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ संशोधनसहित पारित भएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकले सो बिधेयक संसोधनसहित पा...
पौष ७ गते, २०८१ - १७:०४
मस्को । रूसले आइतबार पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको जनाएको छ । रक्षा मन्त्रालयले टेलिग्राममार्फत् जारी एक विज्ञप्तिमा भनिएको छ, “रूसी सेना...
पौष ५ गते, २०८१ - २१:०२
सप्तरी । सप्तरीमा चार सयभन्दा बढी बोरा रासायनिक मल जफत गरिएको छ । बजार अनुगमन टोलीले मङ्सिर १९ देखि पुस ३ गतेसम्ममा चार सय पन्ध्र बोरा मल जफत गरेको हो...
पौष ५ गते, २०८१ - २०:५१
काठमाडौं । सन् २०१९ को तुलनामा सन् २०२२ मा ०.७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र अ...
प्रतिकृया लेख्नुहोस्: