Ntc summer Offer
Khabar Dabali १३ असार २०८१ बुधबार | 26th June, 2024 Wed
NIMB

प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बार्टरले आज शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो । 

भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेकामा खुसी व्यक्त गरे । उनले नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत १४ वटा नाका सञ्चालनमा ल्याउने तथा महत्त्वपूर्ण सम्झौता क्रमशः कार्यान्वयन हुँदै गएकामा चीन सरकारलाई धन्यवाद दिए । 

प्रधानमन्त्री प्रचण्डले दुई देशबीच भएको अन्य सम्झौता पनि क्रमशः कार्यान्वयन हुँदै जाने विश्वास व्यक्त गरे । चीन र नेपाल बीचको संसदीय अभ्यासको आदानप्रदान आगामी दिनमा थप विस्तार तथा निरन्तरता दिने गर्ने बारेमा पनि उनीहरूबीच छलफल भएको थियो । 

सो अवसरमा सिपिपिसिसीका उपाध्यक्ष बार्टरले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्त्व दिँदै आएको र आगामी दिनमा थप अभिवृद्धि हुने विश्वास दिलाए ।

भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटा, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल र परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल सहभागी थिए भने चिनियाँ तर्फबाट त्यहाँको कृषि तथा ग्रामीण क्षेत्रसम्बन्धी समितिका उपाध्यक्ष छिटला र नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायत सहभागी थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभरका ५० स्थानीय तह निर्धारित समयमा बजेट ल्याउन असफल

काठमाडौं । देशभरिका ७ सय ५३ स्थानीय तहमध्ये ५० पालिकाले निर्धारित समयमा बजेट ल्याउन असफल भएका छन् । २ सय ९३ नगरमध्ये जनकपुर र धरान उपमहानगरपालिका स...

अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ

रौतहट । रौतहटको कटहरिया नगरपालिका स्थित लालबकैया नदी बाट अबैध रुपमा उत्खनन गरी बालुवा ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीनवटा ट्याक्टर लाई चालक सहित न...

राम्रो बजेट आएकाले बहुमतले पास भयाे: अध्यक्ष ओली

काठमाडौं । राम्रो बजेट आएकाले बहुमतले पास भएकाे नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा ...

२० वर्ष पुगेपछि विवाह गर्ने दलित किशोरीलाई २० हजार

सप्तरी । सप्तरीकाे बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेपछि विवाह गर्ने दलित किशोरीलाई २० हजार प्रदान गर्ने भएको छ ।  नगरपालिकाले १ १औंं नगरसभामा बाल...

अछाममा करेन्ट लागेर एकजनाको मृत्यु

अछाम । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका–६ निवासी १५ वर्षका बिमल बिक र १४ वर्षिय झं...

खर्च कटौतीका प्रस्ताव बहुमतबाट अस्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरूले राखेको खर्च कटौतीका प्रस्ताव बहुमत...

झापामा चट्याङ लागेर दुईको मृत्यु

झापा । आज विहान चट्याङका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षे विका...

समाजलाई रूपान्तरण गर्न समाजवादी दिशामा लैजानु पर्छ:अध्यक्ष नेपाल

काठमाडौं । समाजलाई रूपान्तरण गर्न समाजवादी दिशामा लैजानु पर्ने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । गलत प्रवृत्तिका विरुद...

युक्रेनी सेनाका एक शीर्ष कमाण्डर बर्खास्त

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सेनाका एक शीर्ष कमाण्डरलाई बर्खास्त गरेका छन् । सार्वजनिक आलोचना, धेरै युक्रेनी सैनिकको मृत्यु र...

भन्सार महसुलसम्बन्धी विधेयक २०८१ स्वीकृत

काठमाडौं । प्रतिनिधि सभाबाट भन्सार महसुलसम्बन्धी विधेयक २०८१ बहुमतले स्वीकृत भएको छ ।  सभाको आजको बैठकमा विधेयकमाथि उठेका सैद्धान्तिक छलफलमा अर्थमन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy