Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वार पछिल्लो समय पदयात्रा गर्दै बिदा मनाउने स्थलका रुपमा विकास हुन थालेको छ । 

गोकर्णेश्वर नगरपालिका–८ माकालबारीमा स्थायी बसोबास गरी राजधानीको एक परामर्श कम्पनीमा कार्यरत हरिप्रसाद सुवेदी शनिबारको बिदा मनाउन वाग्द्वार पुगे । सुन्दरीजलबाट माथि लागेपछि नै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको हरियाली वातावरणमा रमाउँदै जाँदा हप्ता दिनको थकान मेटिएको अनुभव उनले सुनाए । मुहान क्षेत्रको वाग्मती सफाइ अभियानकर्मीको समूहसँगै उनि पदयात्रा गर्दै वाग्द्वार पुगेका हुन् । 

काठमाडौं उपत्यकामा विभिन्न पेसा र व्यवसायी गरी बसेका सुवेदीजस्तै धेरै मानिसले साप्ताहिक बिदा मनाउने गन्तव्यका रुपमा यस क्षेत्रलाई रोज्न थालेका छन् । बढ्दो गर्मीमा एक दिन बिदा पाएकाहरु उपयुक्त गन्तव्यको खोजीमा हुन्छन् । यस्तो बेलामा धेरैले वन, जङ्गल, शीतल, छहारी खोज्ने गर्छन् । यस्तो खोजीमा रहनेहरुका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा रहेको वाग्द्वार उपयुक्त गन्तव्य बन्न थालेको छ । 

वाग्द्वार पुग्न सुन्दरीजल, तारेभीर र बूढानीलकण्ठ गरी तीन मार्गबाट जान सकिन्छ । सुन्दरीजलबाट मूलखर्क, ओखरेनी, देउराली हुँदै त्यहाँ पुग्न सकिन्छ । यो मार्गबाट जाँदा साधन हुनेले देउरालीसम्म लिएर जान सक्छन् । देउरालीबाट करिब सवा घण्टाको पैदल यात्रापछि वाग्द्वार पुगिन्छ । सार्वजनिक यातायात प्रयोग गर्नेले भने रत्नपार्कबाट सुन्दरीजल हुँदै ओखरेनी जाने बस कुर्नुपर्ने हुन्छ । यस रुटमा दिनमा तीन वटा बसमात्र जाने भएकाले बस कुरेर बस्नुपर्ने बाध्यता छ । 

तारेभीरबाट पनि वाग्द्वारको पदयात्रामा पुग्न सकिन्छ । रत्नपार्कबाट गोकर्ण, सुन्ताखान हुँदै तारेभीरसम्म सवारी साधनमा जान सकिन्छ । तारेभीरसम्म जाने सार्वजनिक यातायात नभएकाले पदयात्री आफैँले व्यवस्था गर्नुपर्ने हुन्छ । सुन्ताखानसम्म भने रत्नपार्कबाट सार्वजनिक यातायात पाइन्छ । त्यस क्षेत्रमा अटो सेवा भने उपलब्ध छ । तारेभीरबाट पनि करिब दुई घण्टाको पदयात्रापछि वाग्द्वार पुग्न सकिन्छ । यो मार्गबाट वाग्द्वार पुग्दा पनि पदयात्रीले आनन्दानुभूति गर्छन् । 

गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी पण्डितगाउँका स्थानीयवासी हेमन्तकेशर पण्डित सुन्दरीजलबाट सार्वजनिक यातायात र पैदलगरी करिब तीनदेखि चार घण्टामा वाग्द्वार पुगिने गरेको बताउँदै गोकर्णबाट तारेभीर हुँदै जाँदा तीन घण्टामै वाग्द्वार पुग्न सकिने बताउँछन । सुन्दरीजलभन्दा यो मार्ग छोटो भएकाले तारेभीरसम्म सार्वजनिक यातायातको राम्रो प्रबन्ध गरे वाग्द्वार जाने आन्तरिक एवं बाह्य पर्यटक बढ्ने उनि बताउँछन् । 

बूढानीलकण्ठबाट पनि करिब दुई घण्टामै वाग्द्वार पुग्न सकिन्छ । यो मार्गबाट पनि गुम्बा नजिकैसम्म यातायात र त्यसपछि करिब पौने घण्टाको पैदल यात्रापछि वाग्द्वार पुग्न सकिन्छ । निकुञ्जको शीतलता अनुभव गर्दै यातायात र पैदल गरी वाग्द्वार पुगेर पदयात्रीले बिदा मनाउँदै आनन्द लिन सक्छन् । राजधानीमा पाँच वर्षमै बढी तापक्रम मापन भइरहेको दिन शनिबार निकुञ्जको मार्ग हुँदै वाग्द्वार पुग्ने पदयात्रीले भने शीतलता र आनन्दानुभूति गरे । 

बूढानीलकण्ठबाट साथीहरुसँगै वाग्द्वार पुगेकी टोखाकी सन्ध्या श्रेष्ठ महिनामा एकपटक पैदल यात्रा गरेर निकुञ्जको बाटो हिँड्ने अनुभव गरिएको सुनाइन । यसो गरेमा शरीरमा स्वच्छ अक्सिजनको प्रवाह हुने अनुभूति गरेको उनिले बताउँछिन् । विभिन्न मार्ग प्रयोग गरी वाग्द्वार पुगेका सबै पदयात्रीको समान अनुभूति भनेको असारको उखरमाउलो गर्मीमा शीतलताको अनुभूति हो । यसले काममा पनि तरोताजा भइने सबैको समान धारणा छ । 

वाग्द्वार क्षेत्रका तीर्थ एवं पर्यटकीय स्थल

वाग्द्वार करिब दुई हजार पाँच सय मिटरको उचाइमा पर्छ । वाग्द्वार खोँच परेको स्थानमा भएकाले गर्मीको समयमा धेरै घाम लाग्दैन । केही बेर लाग्ने घाम पनि रुख, बिरुवाको छहारीले छेकिदिन्छ । तीन घण्टासम्मको पदयात्रा गरेर असिन पसिन भई वाग्द्वार पुगेका पदयात्रीलाई कुनामा धाराबाट झरेको कलकल पानी र चराचुरुङ्गीको आवाजले स्वर्गकै अनुभूति हुन्छ । यहाँबाट करिब २० देखि ३० मिनेटको दूरीमा तीन चुली भन्ने अग्लो भाग पुग्न सकिन्छ । यहाँ करिब २२ वर्षसम्म स्वामी चन्द्रेशले तपस्या गरेर बसे । यसभन्दा केही माथिको भागमा शिवपुरी बाबाले तपस्या गरेका थिए । 

वाग्द्वारबाट शिवपुरी डाँडा ३० देखि ४० मिनेटको दूरीमा छ । रमणीय यो डाँडामा पदयात्रा गरी पुग्न आन्तरिक र बाह्य पर्यटक लालायित हुन्छन् । यसको नजिकैबाट नै नुवाकोट जिल्लाको सीमा सुरु हुन्छ । बूढानीलकण्ठको पानी मुहान वाग्द्वारबाट दुइदेखि साढे दुई घण्टाको दूरीमा रहेको छ । सुन्दरीजल र तारेभीरबाट पदयात्रा गरी गएका पर्यटकको भीड पनि लाग्ने गर्छ । सुन्दरीजल वा तारेभीरबाट वाग्द्वार छिरेर पानीमुहानबाट राजधानी फर्कने पर्यटक धेरै हुने गरेका छन् ।

यस क्षेत्रको अर्को महत्वपूर्ण पर्यटकीयस्थल नागी गुम्बा हो । वाग्द्वार पुग्ने धेरै पर्यटक नागी गुम्बा पनि जाने गर्छन् । शान्ति प्राप्तिका लागि पनि गुम्बा महत्वपूर्ण पर्यटकीयस्थल हो । यो स्थल बौद्ध धर्मावलम्बीका लागि पवित्र तीर्थस्थलका रुपमा रहेको छ ।

वाग्द्वार क्षेत्रमा साधनारत साधुसन्त

वाग्द्वार क्षेत्रमा हाल सत्यानन्द शिवाचार्य (वाग्द्वार बाबा), टोड्के बाबा, ॐ बाबालगायतका साधुहरु साधनारत छन् । वाग्द्वार बाबाले वाग्द्वार वरपर रहेका मठ मन्दिरमा नित्य पूजा र आरती गर्दै आएका छन् । वाग्द्वार क्षेत्रमा बेलुकी बत्तीको व्यवस्था नहुँदा आरती गर्न समस्या हुने गरेको छ । निकुञ्ज प्रशासनलगायतलाई अनुरोध गर्दा पनि बत्तीको व्यवस्था हुन नसकेको वाग्द्वार बाबाले गुनासो गरे । 

निकुञ्ज प्रशासनले आफूलाई पानीमुहानस्थित कार्यालयमा बोलाएर असार ७ गते वाग्द्वार छोड्ने गरी तयार पारेको कागजातमा हस्ताक्षर गराएको गुनासो गरे । गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने यो तीर्थस्थलमा नित्य पूजा, आराधना गरिरहेका साधुलाई हटाउन लागिएकामा स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् । 

यहाँ रहेको ऐतिहासिक एवं राजनीतिकस्थल बिपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल पूजा, आराधना गरी वाग्द्वार क्षेत्रको सेवा गरिरहेका साधुलाई निकुञ्जले अन्यायपूर्वक निकालेकामा आपत्ति जनाए । वाग्द्वार क्षेत्रको धर्म, संस्कृतिमा प्रभाव पार्ने यस्ता काम नगर्न चेतावनी दिइएको उनले बताए । स्थानीयवासीको माग अनुसार निकुञ्ज प्रशासनले यस्ता काम बन्द नगरे कार्यालय घेराउ गर्न बाध्य हुनुपर्ने स्थानीय मोहन लामाको भनाइ छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: