Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

कांग्रेस नेता विष्टको ‘व्याधि र विजय’ पुस्तक सार्वजनिक

खबरडबली संवाददाता

कालीकोट । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टको ‘व्याधी र विजय’ नामक पुस्तक विमोचन गरिएको छ । 

आज यहाँ आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कोभिड–१९ को सङ्क्रमणबाट ग्रस्त भएर एक वर्ष लामो उपचारपछि निको भएका सचेतक विष्टका भोगाइ समेटिएको पुस्तक विमोचन गर्नु भएको हो । 

त्यसअवसरमा उपसभापति खड्काले एउटा कालखण्डका जीवनभोगाइ भावी पुस्तासम्म लैजान पुस्तक उपयोगी हुने बताए । ‘कोभिड सङ्क्रमणपछि उहाँले जीवनको अन्तिम समय कस्तो हुन्छ भनेर नजिकबाट भोग्नुभयो ।  उहाँको त्यतिबेलाको अवस्थाबारे मैले निरन्तर डाक्टरसँग जानकारी लिइरहेको थिए । त्यो कठिन अवस्था जितेर उहाँले नयाँ जीवन पाउनुभएको हो । यो कुरा सबैले थाहा पाउने छन्, सायद कोभिडमा धेरैका अनुभव यस्तै थिए ।” उनले भने ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘मान्छे मिति नपुञ्जेल न जन्मिछ न मर्छ’ भनेको कुरा स्मरण गर्दै उपसभापति खड्काले  धेरै नेपालीले कोभिड १९ महामारी र सशस्त्र द्वन्द्वका बेला यी विषय नजिकबाट अनुभव गरेका धारणा राखे । 

लेखक विष्टले कोभिड सङ्क्रमणपछि आफूले जीवन र पीडालाई नजिकबाट हेरेको सुनाए । ‘त्यस व्याधिले वर्षभरी थलिए । फोक्सो र टिभी (क्षयरोग)बाट सञ्चो हुन निकै लामो समय लाग्यो, त्यो समयले धेरै कुरा सिकाएको छ”, विष्टले भने, “फेरि गत चुनावमा टिकट पाएकै बेला डेङ्गी रोगले समात्यो । तिनै अनुभूति, सहानुभूति र समानुभूति पुस्तकमा समेटेको छु ।” साहित्यमा आफ्नो स्वआनन्द र सन्तुष्टिका लागि पनि कतिपय सृजना हुने भन्दै उनले दुःख बाँड्दा घट्छ तर सुख बाँड्दा बढ्छ भन्ने मान्यतासहित आफ्ना सुख दुःख यस किताबमा राखेको उनको भनाइ छ । 

यसअघि विष्टले द्वन्द्व दरार (२०६७) र जय पराजय(२०७७) प्रकाशन गरिसकेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सगरमाथा आरोहणका लागि आवश्यक तयारी तीब्र

सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी तीब्र पारिएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन  ‘आइसफल डाक्टर’को दश जनाक...

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्षलाई लागुऔषध मुद्दामा एक वर्ष जेल र दुई लाख जरिवाना

काठमाडौँ । पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई जिल्ला अदालत नवलपरासीले १ वर्षा कैद, दुई लाख जरिवाना र ८ हजार क्षतिपूर्ति भराउने फैसल...

भोजपुरका किसानलाई तालिमसँगै कृषि सामग्री हस्तान्तरण

भोजपुर । जिल्लाको लेखर्कका किसानलाई नवीनतम तरकारी खेती प्रणाली सम्वन्धि तालिमसँगै कृषि सामग्री हस्तान्तरण गरिएको छ । व्यावसायिकसँगै आर्थिक रुपमा सक्षम...

दुई दिनमा मात्र उदयपुरमा ६ जना लागुऔषधसहित पक्राउ

उदयपुर । गएको दुई दिनमा जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ गरेर कानुनी...

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर

काठमाडौं । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको छ ।  विहिबार नेपाल युगाण्डासँग ४० रनले पराजित भएसँगै सिरिजमा चौथो हार बेहोरेको हो । युग...

पुटिनका सहयोगीले गरे युद्धविरामको प्रस्ताव अस्वीकार

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले युक्रेनसँग तत्काल ३० दिने युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । उनले यो युक्...

काठमाडौंमा होलीको दिन २४ जनासहित १४३ सवारी साधन नियन्त्रणमा

काठमाडौं । काठमाडौं प्रहरीले होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा २ महिलासहित २४ जनालाई नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन र लागू प...

भक्तपुरमा गाडी दुर्घटना हुँदा आठजना घाइते

काठमाडौं । भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बिहीबार दिउँसो सूर्यबिनायक नगरपालिका वडा नं ७ स्थित सुवर्णस्वरबाट गुण्डुतर...

परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शुक्रबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेकी छिन् । भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा दर्श...

चर्च ब्वाइजलाई हराउँदै नमोबुद्ध फाइनलमा

पाँचथर । नमोबुद्ध युथ क्लब सप्तरी पाँचौँ पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फिदिममा बिहीबार भएको सेमिफाइनल खेलमा नमेबुद्धले काठमाडौँको चर्च ब्व...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy