Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

गुणस्तरीय शिक्षामा जोड दिन प्रधानमन्त्री प्रचणडको आग्रह

खबरडबली संवाददाता

चितवन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्न शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए ।

“देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप दिगो विकासका लागि सदुपयोग गर्नुहोस्,” प्रधानमन्त्री प्रचण्डले भने, “देशभित्र भविष्य देख्ने वातावरणका निम्ति शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिनुपर्छ ।”

उनले कृषि विज्ञानमा भर्ना हुने र भेटरेनरीमा आवेदन दिने विद्यार्थीको सङ्ख्या बढिरहेको तथा भेटरेनरी विषयमा विद्यार्थी सङख्या शतप्रतिशत बढाउने पहल भइरहेको जानकारी पाउँदा खुसी लागेको बताए । प्राविधिक विश्वविद्यालयहरूले अनुसन्धानमार्फत् नवीनतम प्रविधिको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा सम्पूर्ण क्षमता र साधनस्रोत खर्चिनुपर्नेमा जोड दिँदै उनले विश्वविद्यालयका वैज्ञानिकहरूले भैंँसीको बेमौसमी प्रजननको प्रविधि, गर्मी सहन गर्न सक्ने गहुँको जातको विकासलगायतका प्रविधि विकास गरेकोप्रति खुसी व्यक्त गरे ।

विश्वविद्यालयले आवश्यकताअनुसार क्याम्पस तथा कृषि विज्ञान केन्द्र विस्तार र सवलीकरणका लागि योजना निर्माण गरी कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । उहाँले आगामी दिनमा विश्वविद्यालयका निम्ति आवश्यक जनशक्तिको व्यवस्थापनमा सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए ।

“विश्वविद्यालयले सङ्काय, कलेज तथा विज्ञान केन्द्रहरूको शैक्षिक भवन, एकीकृत अनुसन्धान प्रयोगशाला, जैविक सुरक्षा प्रयोगशाला निर्माण गरिरहेकोमा निर्माण छिटो सम्पन्न गर्नुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “विश्वविद्यालयका शैक्षिक एवं अनुसन्धान र प्रसार कार्यलाई गुणस्तरयुक्त तथा समयसापेक्ष बनाउन दश वर्षे रणनीतिक योजना निर्माण एवं पाठ्यक्रम परिमार्जन गरी कार्यान्वयन गर्नुपर्छ ।”

प्रधानमन्त्री दाहालले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिँदै कर्ममा समर्पित हुन आग्रह गरे । व्यक्तिगत स्वार्थ र निजी भविष्यका लागि मात्र नभइ देशको भविष्यमा ध्यान दिन सबैमा अपिल समेत गरे  ।

“राज्य, राजनीतिक दल र आम जनसमुदायबीच सहकार्य र एकता कायम हुँदा हामीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सक्छौँ र बदल्नै पर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “तसर्थ, म सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा विशेष अपिल गर्छु, राष्ट्रिय शब्दमा होइन, कर्ममा व्यक्त हुनुपर्दछ । हाम्रा गतिविधि व्यक्तिगत स्वार्थ र निजी भविष्यका निम्ति मात्र होइन, सिङ्गो देशको प्रतिष्ठा र भविष्यका निम्ति समर्पित हुनुपर्दछ ।”

उत्पादन, उत्पादकत्व वृद्धि र देशभित्रै रोजगारीका नयाँ–नयाँ अवसरको सिर्जना गर्न सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि, सूचना–प्रविधिको क्षेत्रलाई सर्वाधिक महत्व दिएको स्पष्ट पारे ।

नेपालजस्तो देशका निम्ति अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र र नेतृत्वदायी क्षेत्र सूचना–प्रविधि हुनुपर्नेमा जोड दिँदै प्रधामन्त्रीले यसवर्ष उत्पादकत्व वृद्धि र रोजगार प्रवद्र्धन गर्ने कार्यक्रमको साथमा सूचना–प्रविधिमा नवप्रवर्तन कार्यक्रमका निम्ति पर्याप्त बजेट विनियोजन गरिएको जानकारी दिए ।

सूचना प्रविधिको युग हुनुका कारण विश्वका अवसर र चुनौतीबारे जान्ने, बुझ्ने र सोहीअनुरूप आफ्नो भविष्यको योजना निर्माण हुनु स्वाभाविक भएको बताउँदै प्रधानमन्त्रीले राष्ट्रियता, भावी पुस्ताको भविष्य र मातृभूमिको हितबारे सोच्नैपर्ने बताउँदै उनले आफूले यही पढेकोसमेत स्मरण गरे ।  

समारोहमा प्रमुख अतिथिको रुपमा आउनुभएका सिक्किम स्किल युनिभर्सीटिका उपकुलपति प्रा डा अजयकुमार मिश्रले कृषि विश्वविद्यालयले शैक्षिक गुणस्तरमा पु¥याएको योगदानको चर्चा गरे । आफ्नो विश्वविद्यालय र यस विश्वविद्यालयको बिचमा सहकार्य गरेर जान सकिने उनको भनाइ थियो । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यराज रेग्मीले कृषि तथा वन विज्ञान विश्वविद्यालयले वार्षिकोत्सवको अवसर पारेर गरिएको दीक्षान्त समारोह अबदेखि नियमित हुने बताए । उनी उपकुलपति नियुक्त भएपछि यो तेस्रो दीक्षान्त समारोह गरिएको हो ।

 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनले दशकौंपछि गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौँ । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको ...

एशियन कप छनौटमा नेपाली यू-२० टिम उज्बेकिस्तानसँग ६-० ले पराजित

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा बुधबार ...

सुर्खेतबाट भरूवा बन्दुकसहित पक्राउ

सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका-६ काफल गैरा बस्ने ६३ वर्षीय मान बहादुर बुढालाई १ थान भरूवा बन्दुक सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ...

नरहरि प्रेमी र आइस्मा मगरको ' तिमी नै हौ सास मेरो ' सार्वजनिक

काठमाडाैं ।  गायिका आईस्मा मगरले लोकप्रिय गायक तथा सङ्गीतकार नरहरि प्रेमीसँग युगल गायन गरेको बिल्कुलै नयाँ गीत ‘तिमी नै हौ सास मेरो’ को भिडिओ सार्वजनि...

दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

देउखुरी । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको घरमा...

अध्यागमनको ‘इमेज’ सुधार आवश्यः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय सम्वन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बता...

निर्माण व्यवसायीका समस्या समाधान सरकारको पहिलो प्राथमकिताः कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरूलाई निर्माणको काम गर्न सहज हुने गरी तत्काल समस्या समाधान गर्ने पक्षमा सरकार रहे...

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

बाँके । नेपालगंजबाट स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ परेका  छनन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मोहम्मद  हबिब सिद्दिकी र मोहम्मद कादिर सिद्द...

टर्की पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ पररेका छन् । पक्राउ पर्नेममा कपिलवस्त...

अपर मुस्ताङमा बाढीले चलचित्र ‘एक्लो’ को सेट क्षति,लाखौँको घाटा

काठमाडौँ।  चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्याएको छ । गत महिना काठमाडौँमा शुभ मुहर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy