Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

चीनले पाकिस्तानलाई अत्याधुनिक ४० हवाई फाइटर बेच्ने, चीन पछि बन्नेछ विश्वकै शक्ति राष्ट्र

खबरडबली संवाददाता

बेइजिङ। चीनले पाकिस्तानलाई ४० उच्च प्रविधियुक्त लडाकु विमान दिने भएको छ ।

यस विषयमा बेइजिङ र इस्लामाबादबीच वार्ता भइरहेको छ । यदि सम्झौतालाई अन्तिम रूप दिइयो भने, पाकिस्तान चीनको जे ३५ए बहु भूमिकाले युक्त लडाकू विमानहरूको स्क्वाड्रन भएको विश्वको पहिलो र एकमात्र देश हुनेछ।

जे ३५ए एक स्टिल्थ लडाकू जेट हो। अमेरिकापछि चीनसँग मात्रै पाँचौं पुस्ताका दुईवटा सैन्य विमान छन्। पाकिस्तानसँग अहिले अमेरिकाको एफ–१६ र फ्रान्सको मिराज लडाकु विमान छ । अहिले उनी परिवर्तन गर्ने सोचमा छन् । 

हङकङमा आधारित साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार चीनले दुई वर्षभन्दा कम अवधिमा ४० वटा लडाकु विमान पाकिस्तानलाई दिनेछ। रिपोर्टमा यो पनि भनिएको छ कि पाकिस्तानी वायुसेनाले यी जेटहरू खरिद गर्न पहिले नै स्वीकृत गरिसकेको छ। तर, बेइजिङबाट भने कुनै पुष्टि भने भएको छैन ।

शेनयांग जे ३५ ए एक स्टिल्थ ट्विन इन्जिन लडाकु जेट हो। यो एक सिटर होm जसले जमिन र समुद्रमा मिसनहरू पूरा गर्न सक्छ। जे २० पछि जे ३५ ए विकास गरिएको छ। यो पाँचौं पुस्ताको स्टेल्थ लडाकु विमान हो। जे ३५ ए को डिजाइन अमेरिकी लकहिड मार्टिन एफ ३५ जस्तै छ।

फरक यति मात्र हो कि पहिलोमा ट्विन इन्जिन छ र दोस्रोमा एकल इन्जिन छ। चीनले धेरै अमेरिकी विमानको डिजाइन नक्कल गर्नमा माहिर छ । जे २० र युएस एफ २२ र्याप्टर डिजाइनमा धेरै समान छन्। त्यस्तै, चेङ्दु जे–१० अमेरिकी एफ–१६ लडाकु विमानको नक्कल भएको देखिन्छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सको रिपोर्ट अनुसार जे ३५ ए ले स्टेल्थ र काउन्टर स्टेल्थ युद्ध ढाँचामा काम गर्छ। यसको मिशन शत्रुको लडाकु विमानहरू नष्ट गर्नमा केन्द्रित छ। जे ३५ ए स्टिल्थ फाइटर पहिलो पटक नोभेम्बरमा झुहाई शहरमा वार्षिक एयर शोमा सार्वजनिक रूपमा प्रदर्शन गरिएको थियो। यस क्रममा पाकिस्तानी वायुसेनाका उच्च अधिकारीहरु प्रदर्शनीमा उपस्थित थिए ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार पाकिस्तानी वायुसेनाका प्रमुख एयर मार्शल जहीर अहमद बाबर सिद्धुले जे ३१ स्टेल्थ लडाकु विमान खरिद गर्ने आधार तयार भइसकेको बताएका थिए । जे ३१ लाई जे ३५ ए को भूमि संस्करण मानिन्छ। चिनियाँ सेनाका अनुसार जे ३५ ए हवाई लडाई अपरेशनका लागि डिजाइन गरिएको हो र यसले हावाबाट सतहमा आक्रमण पनि गर्न सक्छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भित्र बालेन शाह र रवि लामिछानेबीच वार्ता, बाहिर बढ्न थाल्यो भिड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका सहयोगी कुमार बेनको ललितपुर ज्वागलस्थित घरअगाडि बिहीबार दिउँसो भिड बढेको छ। यस दिन बेनको घरभ...

बालेन शाह र रवि लामिछानेबीच छलफलमा अमरेशकुमार सिंह पनि पुगे

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच जारी छलफलमा पूर्वसांसद अमरेशकुमार सिंह पनि पुगेका छन्। यसअघि...

देशका चर्चित व्यक्तिहरू नशामा लट्ठिन्छन्, हाम्रा युवामा यस्तो प्रवृत्ति छैन: ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा देशमा चर्चामा रहेका केही व्यक्तिहरू नशामा लट्ठिने अवस्था भेटिने टिप्पण...

रवि लामिछाने र बालेन भित्र छलफलमा: गेटमा ताला लगाइदिएर सुदनले भने- सहमति नभएसम्म खोल्दैनौं

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयास स्वरुप रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच छलफल भइरहेको...

सिन्धुपाल्चोक १ बाट माधव सापकोटाको एकल नाम सिफारिस

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १, सिन्धुपाल्चोकबाट आगामी निर्वाचनका लागि माधव सापकोटाको एकल नाम सिफारिस गरेको ...

कुमार बेनको निवासमा बालेन,रवि, कुलमान र सुदनबीच अर्थपूर्ण भेटवार्ता हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज अर्थपूर्ण भेटवार्ता हुने भएको ...

बालेनसँग संसद् पुनर्स्थापनाबारे छलफल भएको हो: अरूसँग के भइरहेको छ, मलाई थाहा भएन: सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग संसद् पुनर्स्थापनाका विषयमा छलफल भएको बताएका छन्। ल...

रवि लामिछाने र बालेन शाहबीच वान–टु–वान वार्ता सुरु

काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफलमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर ब...

बालेन र कुलमानबीच चुनावी सहकार्यबारे छुट्टै छलफल

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उज्यालो नेपालका संरक्षक तथा पूर्व मन्त्री कुलमान घिसिङसँग आगामी निर्वाचनमा सहकार्यबारे छुट्टै छलफल...

सिन्धुलीको तिनपाटनमा बोलेरो दुर्घटना, चालकसहित ६ जना घाइते

काभ्रेपलाञ्चोक। सिन्धुलीको तिनपाटन गाउँपालिका–६ गडाम्रेमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। गडाम्रेबाट चकमकेतर्फ जाँद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending