Ntc summer Offer
Khabar Dabali १० पुष २०८१ बुधबार | 25th December, 2024 Wed
Investment bank

पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन लागेकी हुन् त ?

खबरडबली संवाददाता

काठमाडौं । यतिबेला नेकपा (एमाले)को उपाध्यक्ष हुँँदा दोस्रो राष्ट्रपति बन्न सफल भएकी पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन लागेको चर्चा चलीरहेको छ।

२०७२ को संविधान जारी भए लगत्तै मुलुकको दोस्रो राष्ट्रपति बनेकी भण्डारी गत २०७९ को निर्वाचन पछि करिब दुई कार्यकाल सकाएर पदमुक्त भएकी हुन् ।  एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्ने मनसायले भर्खरै उनले पार्टी सदस्यता समेत नवीकरण गरेको खुलेको छ।

एमाले केन्द्रीय कार्यालय स्रोतका अनुसार असारसम्म सबै पार्टी सदस्यको सदस्यता नवीकरण सूचीकृत गर्नुपर्ने प्रावधान अनुसार पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको अभिलेख केन्द्रीय कार्यालयमा राखिएको छ । यद्यपि सार्वजनिक भने गरिएको छैन।

राष्ट्रपतिको सात वर्षे कार्यकाल सकाएर बसेकी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चाका बीच सदस्यता नवीकरण गरेकी हुन्। उनको सदस्यता नवीकरण भएपछि एमालेको सक्रिय राजनीतिमा फर्किने निश्चित भएको एमालेका एक नेता बताउँछन्।

एमालेको नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएकी भण्डारी राष्ट्रपवतिमा निर्वाचित भएपछि दलत्याग गरेकी थिइन् । अहिले पार्टीको संगठित सदस्यता नवीकरण गरेपछि उनको सक्रिय राजनीतिमा पुनरागमन हुने लगभग निश्चित भएको छ ।

यस अघि गत निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि भण्डारीलाई भेट्न पुगेका हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत उनलाई सक्रिय राजनीतिमा फर्कन सुझाएका थिए । प्रधानमन्त्री दाहाल लगायत अन्य कांग्रेसका नेताहरुले समेत राष्ट्रपतिको कार्यकाल सकिनै लागेको तत्कालीन अवस्थामा भण्डारीलाई बाँकी समय राजनीतिमा सक्रियता थाल्न सुझाब दिएका थिए ।

भण्डारीको एमालेमा पुनरागमनको तयारी पछि एमालेमा खेलाबैला मच्चिएको छ। एमालेमा आफ्नो एकाधिकार तोड्नेगरी भण्डारीको आगमन हुन लागेको भन्दै अध्यक्ष असन्तुष्ट रहेको बताइन्छ। एमालेका एक स्थायी समिति सदस्य यदि सक्रिय राजनीतिमा फर्किने भण्डारीको मनशाय भए अध्यक्ष ओलीकै सल्लाहमा मात्रै पुनरागमन सम्भव भएको बताउँछन् । उनले ओलीको सल्लाह बेगर पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने सम्भावना नरहेको जिकिर गरे । अहिले एमालेमा ओली निर्विकल्प नरहेको उनको भनाइ छ। उनले भण्डारीले सदस्यता नवीकरण गरेको बारेमा आफूलाई आधिकारिक रुपमा जानकारी नभएको बताए । 

यसैगरी एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पनि सदस्यता नवीकरणको विषय अफबाह मात्रै भएको बताउँछन् । उनले राजनीतिक रुपमा सक्रियता कायम गर्ने भए सदस्यता नवीकरण भूमिगत शैलीमा गर्न जरुरी नरहेको बताए । प्रचार विभाग प्रमुख गौतमले पार्टीको सक्रिय राजनीतिमा फर्कने बारेमा अहिले पार्टीमा कुनै छलफल नभएको बताए। बाहिर चर्चामा आएका विषय अनुमानका आधारमा प्रकट गरिएको सार्वजनिक धारणाका रुपमा उनले औंल्याए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हत्या गरिएका बाबु–छोरालाई ८१ वर्षीय षडानन्दले दिए दागबत्ती

काठमाडौं । आफ्नै छोरा र दाइद्वारा हत्या गरिएका कुलप्रसाद आचार्य र प्रवीणको मंगलबार राति अत्येष्टि गरिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालको...

काठमाडौंबाट ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट ९२ लाख रुपैयाँसहित पुनः तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवा घर भएका जितबहादुर तामाङ, संखुवासभा घर भएका ...

रवि, छवि र जीबीविरुद्ध मुद्दा लाग्दा भरत मर्हजनलाई किन उन्मुक्ति ?

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दा अदालती प्रक्रियामा छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने ...

११ बजे बोलाईएको एमाले सचिवालय बैठक बल्ल भयो सुरु

काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक तीन घण्टा ढिलो गरी सुरु भएको छ। पार्टी मुख्यालय च्यासलमा ११ बजेका ला...

अझै सुरु भएन एमाले सचिवालय बैठक

काठमाडौं । बिहान ११ बजे बस्ने गरी बोलाइएको एमाले सचिवालय बैठक अझै सुरु भएको छैन ।   ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेगर...

यौनकर्मी युवतीमाथि छुरा प्रहार, दुई महिना सम्म पनि पाईनन् न्याय

काठमाडौं । बाध्यात्मक देहव्यापारमा संलग्न एक युवती (यौनकर्मी) माथि शारीरिक आक्रमण भएको दुई महिना बितिसक्दा पनि न्याय पाएकी छैनन् । रत्नपार्क, पुरान...

सुत्दा सास नलिने अचम्मकी बच्ची !

काठमाडौं । मानिसहरू सबैकाम भुल्न सक्छन् तर सास लिने काम भुलियो भने ज्यानै जान सक्छ । त्यसैले सास लिन कहिलेपनि भुलिँदैन । यहाँ एउटी बच्चीले सुत्ने बेला...

दुध बिक्रीबाटै मासिक ९० हजार बचत गर्दै सुनसरीका यादव

सुनसरी  । जिल्ला सदरमुकाम इनरुवा-२ का रविन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक ९० हजार बचत गर्दै आएका छन् । रोजगारीको खोजीमा दैनिक रूप...

च्यासल हत्या प्रकरणः पक्राउ परेका एक जना रिहा, २ जनामाथि अनुसन्धान जारी

ललितपुर । ललितपुरकाे च्यासलमा एक युवकमाथि चच्कु प्रहार गरी हत्या गरेको प्रकरणमा पक्राउ परेका मध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ । सुनसरीको इटहरी...

९ सय ५० विपन्न परिवारलाई चुलो वितरण

मुग्लिन । सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका नौ सय ५० विपन्न परिवारलाई सुधारि...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy