काठमाडौं । नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ । आज बसेको पार्टी सचिवालय बैठकले केन्द्रीय समितिको बैठक पुस २१ र २२ गतेका लागि बोलाएको हो ।
बुधबार बसेको एमाले सचिवालय बैठकले चारवटा एजेण्डा तय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णय अनुमोदनलगायतका बिषय केन्द्रीय कमिटीमा छलफलका लागि एजेण्डा तय गरिएको छ ।
साथै, सचिवालय बैठकमा नेपाली कांग्रेस–एमाले गठबन्धन सरकारको पाँच महिने सहयात्राको बारेमा समीक्षा भएको पनि उपमहासचिव ज्ञवालीले बताए । पाँच महिनाको अवधिमा केही महत्वपूर्ण काम अगाडि बढेकोमा बैठकले सन्तुष्टि व्यक्त गरेको उनले बताए ।
नयाँ सरकार आएदेखि नै शेयर बजार उच्च विन्दुमा रहेको, संक्रमण कालीन न्यायको विषय टुङ्ग्याउन आयोगका पदाधिकारी नियुक्तिका लागि छिट्टै अर्को समिति बनाउनेबारे पनि बैठकमा छलफल भएको उनले बताए ।
सचिवालय बैठकले सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउन सुधार गर्नुपर्ने औँल्याएको पनि छ । बैठकको निर्णयबारे जानकारी दिँदै उपमहासचिव ज्ञवालीले सरकारले गरेको कामबारे समीक्षा भएको बताए ।
‘सरकारका कामलाई थप गति दिन सरकारका कामलाई धेरै सुधार ल्याउनुपर्ने आवश्यकता बोध भएको छ । पछिल्लो समय अर्थतन्त्रमा केही सुधार आएका छन् । नयाँ सरकार आएदेखि नै शेयर बजार उच्चबिन्दुमा छ । संक्रमणकालीन ऐन बनेर आयोग बन्ने प्रक्रियामा छ । सरकारको बाह्य सम्बन्धमा प्रगति भएको छ ।
यस्तै संसदीय छानबिन समितिको सिफारिस अनुरूप सहकारीमा देखिएका बेथितिविरुद्ध कारबाही अगाडि बढेको उनले दाबी गरे । तर पक्षपातपूर्ण तरिकाले व्यक्ति विशेषलाई लक्षित गरेर कारबाही नगरेको उनले दाबी गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८१ - २१:०१
कैलाली । कैलालीमा सुनचाँदीका गहनासहित दुई जना पक्राउ परेका छन् । बाजुरा बुढीगंगा नगरपालिका १० बस्ने २५ वर्षीय सुजन शाही र कैलालीको लम्कीचुहा नगरपालिका...
पौष १० गते, २०८१ - २०:५१
पर्सा । पर्साको सखुवाप्रसौनी गाउँपालिका -३, कौवाबन र कटैया गाउँका मुसहरबस्तीमा न्यानो कपडा वितरण गरिएको छ । अमर क्षेत्री फाउन्डेसनले मुसहरवस्तीमा कम्ब...
पौष १० गते, २०८१ - २०:३१
काठमाडौं । नेपाली कांग्रेसले सय दिने विशेष अभियानको समयावधि थप्ने भएको छ । बाढी पहिरो, चाडपर्व, उपनिर्वाचन लगायत कारणले कार्यसम्पादन हुन नसेकका जिल्ला...
पौष १० गते, २०८१ - २०:२६
कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सयौँ बिघा जमीन तीन दशकदेखि भारतीयको कब्जामा परेकाे छ ।शुक्लाफाँटा निकुञ्जको नौ सय बिघा जमीन भ...
पौष १० गते, २०८१ - २०:१८
मुगु । मुगुको छायानाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरूलाई एम्बुलेन्स सेवामा ५० प्रतिशत छुट दिने भएको छ । मंगलबार आयोजित १०औं साधारण स...
पौष १० गते, २०८१ - २०:०५
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन् । विभिन्न चर्च र मण्...
पौष १० गते, २०८१ - २०:००
काठमाडौं । योनेक्स सनराईज नेपाल इन्टरनेशनल ब्याडमिन्टन च्यालेन्ज–२०२४ मा नेपालको यात्रा एक कांस्यमा सिमित भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड ...
पौष १० गते, २०८१ - १९:५६
रामपुर । रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आएका छन् । उनले गाउँमा कृषि कर्मबाट स...
पौष १० गते, २०८१ - १९:५१
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठुला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । बुधबार काठमाडौं...
पौष १० गते, २०८१ - १९:१३
काठमाडाैं । नेकपा एमालेले पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीकाे पार्टी सदस्यबाट हटाउने निर्णय गरेकाे छ । एमालेकाे बुधबार बसेको सचिवालय बैठकले रावललाई ...
प्रतिकृया लेख्नुहोस्: