काठमाडौं । मोरङ पथरीका पत्रकार गोपाल काफ्ले पक्राउ परेका छन् । सामाजिक सञ्जालमा अप्रमाणित विषयमा स्टाटस लेखेर चरित्रहत्या गरेको आरोपमा मोरङ पथरीशनिश्चरे–१ का काफ्ले पक्राउ परेका हुन् ।
उनलाई मंगलबार साइबर अपराध अपराध सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान थालेको हो । काफ्लेले प्रमाणबिना पथरीशनिश्चरे नगर पूर्वप्रमुख दिलीपकुमार राईको फोटो आँखामा पट्टी लगाएर पोष्ट गरेका थिए । यसैगरी, संविधानसभा सदस्य चण्डीप्रसाद राई, पूर्वप्रदेश सभा सदस्य कृष्णकुमारी राईको तस्बिर पनि पोष्ट गरेका थिए ।
काफ्लेलाई साइबर अपराध सम्बन्धी अनुसन्धान गर्न पक्राउ गरिएको मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । जिल्लाले आदेश दिएपछि इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश श्रेष्ठले काफ्लेलाई पक्राउ गरेर जिल्ला पठाएका थिए । काफ्ले पक्राउ परेकोबारे विभिन्न व्यक्तिको स्टाटसबाट सार्वजनिक भएपछि उनी आफैंले पनि स्टाटस कपी गरेर राखेका छन् ।
काफ्लेले प्रमाणबिना शंका र कसैले भनेकै भरमा स्थानीय व्यक्तिहरुलाई गम्भीर अपराधीझैं आँखामा पट्टी समेत लगाएर सामाजिक सञ्जालमा पोष्ट गर्दै आएका थिए । प्रमाणित नहुने विषय फेसबुकमा लेख्नुहुन्न भनेर सम्झाउँदा समेत नमान्ने फाफ्लेले पछिल्लो समयमा निवर्तमान पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको फोटो तानेर गम्भीर अपराधीझैं आँखामा पट्टी लगाएर फोटो पोष्ट गरेका थिए ।
यस्तै, पथरीशनिश्चरे नगरपालिकाका स्वास्थ्य प्रमुख मुरारी आचार्यलाई पनि उनले गम्भीर अपराधीझैं तस्बिर राखेका थिए । आचार्यले जिल्ला अदालत मोरङमा मानहानी सम्बन्धी उजुरी दिएपछि मुद्दा काफ्लेविरुद्ध चलिरहेको छ । यसैगरी, पथरीशनिश्चरे–१ नं. वडा कार्यालयको बद्नाम हुने विषयमा प्रमाणबिनै सामाजिक सञ्जालमा लेखेपछि इलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेको थियो । सो कसुरमा प्रहरी कार्यालयमा लिखित रुपमा माफी मागेपछि काफ्लेलाई छाडिएको थियो ।
पछिल्लो समयमा एक किशोरीलाई उचालेर पथरीशनिश्चरे नगर स्वास्थ्य प्रमुख मुरारी आचार्यलाई दुर्व्यवहार गरेको भन्न लगाएर ‘ब्लाकमेलिङ गरेको’ आचार्यले बताएका छन् । सो विषय कसैले नपत्याएपछि किशोरीलाई मुरारी आचार्यविरुद्ध बोल्न लगाएर अडियो, भिडियो रेकर्ड गर्ने र सार्वजनिक गर्नुअघि विभिन्न व्यक्तिहरूमार्फत् उनलाई पुर्याएर रकमको बार्गेनिङ गर्न खोजेको विषय यसअघि सतहमा आएको थियो ।
पैसा खर्च नगरेपछि रेकर्ड गरेको २/३ दिनपश्चात् अडियो, भिडियो सामाजिक सञ्जालमा अपलोड गरेर काफ्लेले ब्लाकमेलिङ गरेको ठहरसहित अदालतमा मुद्दा लगाएको बताए । काफ्लेले लेखेको विषयमा पीडित व्यक्तिहरू प्रमाण लिएर आउन र काफ्लेलाई यस्तो कुराबाट सचेत गराउन भन्न थालेपछि पत्रकार महासंघ र पत्रकार सम्बन्धी संस्थाहरू उनीउपर बोल्न छाडेका छन् ।
काफ्लेले पटक-पटक माफी मागे पनि समाजमा पक्षपातपूर्ण, भ्रम छर्ने र पुष्टि नहुने विषयमा आफैं लागेर विभिन्न निकाएमा मुद्दा लगाउने, मुद्दा हालें भनेर सञ्जालमा प्रचार गर्ने गरेका छन् । पिटाइ खाएको, लेखाइ अपुष्ट भएर माफी मागेको, मानिस उचालेर मानहानी गराउन तल्लीन र देखादेखि मानिसलाई आक्रोशित-आक्रमक बनाउन बाध्य बनाउने स्टाटसहरू राख्दै आएको उनका फेसबुकमा देखिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: