Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

साइबर अपराधको आरोपमा पथरीका पत्रकार गोपाल काफ्ले पक्राउ

खबरडबली संवाददाता

काठमाडौं ।  मोरङ पथरीका पत्रकार गोपाल काफ्ले पक्राउ परेका छन् । सामाजिक सञ्जालमा अप्रमाणित विषयमा स्टाटस लेखेर चरित्रहत्या गरेको आरोपमा मोरङ पथरीशनिश्चरे–१ का काफ्ले पक्राउ परेका हुन् ।

उनलाई मंगलबार साइबर अपराध अपराध सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान थालेको हो । काफ्लेले प्रमाणबिना पथरीशनिश्चरे नगर पूर्वप्रमुख दिलीपकुमार राईको फोटो आँखामा पट्टी लगाएर पोष्ट गरेका थिए । यसैगरी, संविधानसभा सदस्य चण्डीप्रसाद राई, पूर्वप्रदेश सभा सदस्य कृष्णकुमारी राईको तस्बिर पनि पोष्ट गरेका थिए ।

काफ्लेलाई साइबर अपराध सम्बन्धी अनुसन्धान गर्न पक्राउ गरिएको मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । जिल्लाले आदेश दिएपछि इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश श्रेष्ठले काफ्लेलाई पक्राउ गरेर जिल्ला पठाएका थिए । काफ्ले पक्राउ परेकोबारे विभिन्न व्यक्तिको स्टाटसबाट सार्वजनिक भएपछि उनी आफैंले पनि स्टाटस कपी गरेर राखेका छन् ।

काफ्लेले प्रमाणबिना शंका र कसैले भनेकै भरमा स्थानीय व्यक्तिहरुलाई गम्भीर अपराधीझैं आँखामा पट्टी समेत लगाएर सामाजिक सञ्जालमा पोष्ट गर्दै आएका थिए । प्रमाणित नहुने विषय फेसबुकमा लेख्नुहुन्न भनेर सम्झाउँदा समेत नमान्ने फाफ्लेले पछिल्लो समयमा निवर्तमान पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईको फोटो तानेर गम्भीर अपराधीझैं आँखामा पट्टी लगाएर फोटो पोष्ट गरेका थिए ।

यस्तै, पथरीशनिश्चरे नगरपालिकाका स्वास्थ्य प्रमुख मुरारी आचार्यलाई पनि उनले गम्भीर अपराधीझैं तस्बिर राखेका थिए । आचार्यले जिल्ला अदालत मोरङमा मानहानी सम्बन्धी उजुरी दिएपछि मुद्दा काफ्लेविरुद्ध चलिरहेको छ । यसैगरी, पथरीशनिश्चरे–१ नं. वडा कार्यालयको बद्नाम हुने विषयमा प्रमाणबिनै सामाजिक सञ्जालमा लेखेपछि इलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेको थियो । सो कसुरमा प्रहरी कार्यालयमा लिखित रुपमा माफी मागेपछि काफ्लेलाई छाडिएको थियो ।

पछिल्लो समयमा एक किशोरीलाई उचालेर पथरीशनिश्चरे नगर स्वास्थ्य प्रमुख मुरारी आचार्यलाई दुर्व्यवहार गरेको भन्न लगाएर ‘ब्लाकमेलिङ गरेको’ आचार्यले बताएका छन् । सो विषय कसैले नपत्याएपछि किशोरीलाई मुरारी आचार्यविरुद्ध बोल्न लगाएर अडियो, भिडियो रेकर्ड गर्ने र सार्वजनिक गर्नुअघि विभिन्न व्यक्तिहरूमार्फत् उनलाई पुर्‍याएर रकमको बार्गेनिङ गर्न खोजेको विषय यसअघि सतहमा आएको थियो ।

पैसा खर्च नगरेपछि रेकर्ड गरेको २/३ दिनपश्चात् अडियो, भिडियो सामाजिक सञ्जालमा अपलोड गरेर काफ्लेले ब्लाकमेलिङ गरेको ठहरसहित अदालतमा मुद्दा लगाएको बताए । काफ्लेले लेखेको विषयमा पीडित व्यक्तिहरू प्रमाण लिएर आउन र काफ्लेलाई यस्तो कुराबाट सचेत गराउन भन्न थालेपछि पत्रकार महासंघ र पत्रकार सम्बन्धी संस्थाहरू उनीउपर बोल्न छाडेका छन् ।

काफ्लेले पटक-पटक माफी मागे पनि समाजमा पक्षपातपूर्ण, भ्रम छर्ने र पुष्टि नहुने विषयमा आफैं लागेर विभिन्न निकाएमा मुद्दा लगाउने, मुद्दा हालें भनेर सञ्जालमा प्रचार गर्ने गरेका छन् । पिटाइ खाएको, लेखाइ अपुष्ट भएर माफी मागेको, मानिस उचालेर मानहानी गराउन तल्लीन र देखादेखि मानिसलाई आक्रोशित-आक्रमक बनाउन बाध्य बनाउने स्टाटसहरू राख्दै आएको उनका फेसबुकमा देखिन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending