म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी गाउँ सडक सञ्जालमा जोडिएको छ । अन्नपूर्ण गाउँपालिकाले नारच्याङको बेँसी गाउँबाट छेम्दी जोड्ने सडक निर्माण गरेपछि सडक सञ्जाल विस्तार भएको हो ।
अन्नपूर्ण–४ नारच्याङका कार्यवाहक वडाध्यक्ष भीमबहादुर शेरपुञ्जाले बेँसी गाउँबाट छेम्दी जोड्ने तीन किलोमिटर सडक निर्माण भएपछि करिब ५० घरधुरी लाभान्वित भएका बताए ।
“प्रशस्त मात्रामा सुन्तला, सिमी र आलुखेती हुने छेम्दी गाउँमा सडक पुगेपछि स्थानीयलाई आवतजावतका साथै कृषि उपज निकासी, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ”, उनले भने, “गाउँमा यातायात सुविधा पुगेसँगै स्थानीयको दैनिकी र जीवनशैलीमा परिवर्तन आएको छ ।”
सडक निर्माणसँगै किसानले फलफूल, तरकारीलगायत कृषि उत्पादन बिक्रीका लागि बोकेर नारच्याङ बेँसी गाउँसम्म लैजानुपर्ने बाध्यता हटेको छ । सो सडक निर्माण गर्न गत माघ २८ गते रुप्से बिल्डर्स प्रालीसँग रु ५३ लाख ३४ हजार तीन सय ४१ मा ठेक्का सम्झौता भएको थियो ।
गत जेठ ३२ गतेसम्म ठेक्काको म्याद भए पनि निर्माण कम्पनीले निर्धारित मिति पहिला नै काम सम्पन्न गरेको गाउँपालिकाका सबइञ्जिनियर बालकृष्ण पौडेलले बताए । सबै बस्तीमा सडक पुर्याउने लक्ष्यअनुसार छेम्दीमा सञ्जाल विस्तार गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । सो सडकको ग्रेड तथा घुम्ती सुधार, नाली र पर्खाल निर्माण गरी थप स्तरोन्नतिमा प्राथमिकता दिइने उनको भनाइ छ ।
८ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकाको सबैजसो बस्तीमा सडक पुगेको छ । सडक स्तरोन्नति गरी बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न गाउँपालिकाले प्राथमिकता दिँदै आएको अध्यक्ष पुनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: