म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी गाउँ सडक सञ्जालमा जोडिएको छ । अन्नपूर्ण गाउँपालिकाले नारच्याङको बेँसी गाउँबाट छेम्दी जोड्ने सडक निर्माण गरेपछि सडक सञ्जाल विस्तार भएको हो ।
अन्नपूर्ण–४ नारच्याङका कार्यवाहक वडाध्यक्ष भीमबहादुर शेरपुञ्जाले बेँसी गाउँबाट छेम्दी जोड्ने तीन किलोमिटर सडक निर्माण भएपछि करिब ५० घरधुरी लाभान्वित भएका बताए ।
“प्रशस्त मात्रामा सुन्तला, सिमी र आलुखेती हुने छेम्दी गाउँमा सडक पुगेपछि स्थानीयलाई आवतजावतका साथै कृषि उपज निकासी, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ”, उनले भने, “गाउँमा यातायात सुविधा पुगेसँगै स्थानीयको दैनिकी र जीवनशैलीमा परिवर्तन आएको छ ।”
सडक निर्माणसँगै किसानले फलफूल, तरकारीलगायत कृषि उत्पादन बिक्रीका लागि बोकेर नारच्याङ बेँसी गाउँसम्म लैजानुपर्ने बाध्यता हटेको छ । सो सडक निर्माण गर्न गत माघ २८ गते रुप्से बिल्डर्स प्रालीसँग रु ५३ लाख ३४ हजार तीन सय ४१ मा ठेक्का सम्झौता भएको थियो ।
गत जेठ ३२ गतेसम्म ठेक्काको म्याद भए पनि निर्माण कम्पनीले निर्धारित मिति पहिला नै काम सम्पन्न गरेको गाउँपालिकाका सबइञ्जिनियर बालकृष्ण पौडेलले बताए । सबै बस्तीमा सडक पुर्याउने लक्ष्यअनुसार छेम्दीमा सञ्जाल विस्तार गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । सो सडकको ग्रेड तथा घुम्ती सुधार, नाली र पर्खाल निर्माण गरी थप स्तरोन्नतिमा प्राथमिकता दिइने उनको भनाइ छ ।
८ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकाको सबैजसो बस्तीमा सडक पुगेको छ । सडक स्तरोन्नति गरी बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न गाउँपालिकाले प्राथमिकता दिँदै आएको अध्यक्ष पुनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: