Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

राहुल मोदीसँग प्रेम सम्बन्धमा अभिनेत्री श्रद्धा कपुर

खबरडबली संवाददाता

काठमाडौं । बलिवुड अभिनेत्री श्रद्धा कपुर आफ्नो निजी जीवनलाई लिएर धेरै जसो चर्चामा रहने गर्दछिन । उनको नाम लामो समयदेखि लेखक राहुल मोदीसँग जोडिएको थियो । 

दुवैले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेका छैनन् । तर अभिनेत्रीको हालैको सामाजिक सञ्जाल पोस्टपछि दुवै प्रेम सम्बन्धमा रहेको चर्चा भारतीय मिडियाहरुले गरेका छन् ।
श्रद्धा कपुरले इन्स्टाग्राममा राहुल मोदीसँगको सेल्फी पोस्ट गर्दै क्याप्सन लेखेकी छिन्- 'मुटु राख... तर निन्द्रा फिर्ता देउ ।'  श्रद्धाले राहुल मोदीको बारेमा आधिकारिक पोस्ट साझा गरेको यो पहिलो पटक हो । 

उनीहरुको अफेयरको खबरले लामो समयसम्म हेडलाइन बनेको थियो । दुवै धेरै अवसरमा सँगै देखिने गरेका छन् । अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि-वेडिङ सेलिब्रेशनका लागि जामनगर जाँदै गर्दा मुम्बई एयरपोर्टमा दुवैलाई सँगै देखिएक ओथियो । मिडिया रिपोर्टमा उनीहरुको परिवार पनि उनीहरुको सम्बन्धमा खुसी रहेको दाबी गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार श्रद्धा र राहुलको भेट फिल्म ‘तू झुठी मै मक्कर’ को समयमा भएको थियो । राहुल यस फिल्मसँग सह लेखकको रूपमा जोडिएका थिए । फिल्मको सुटिङपछि उनीहरुबीचको सम्बन्ध बलियो भएको बताइएको छ । फिल्मको छायांकन सकिएपछि दुवैजना एकअर्कासँग सहज भइसकेको बताइएको छ । उमेरका हिसाबले भने श्रद्धाभन्दा राहुल ३ बर्षले कान्छा छन् । श्रद्धा अहिले ३७ बर्षकी भएकी छन् भने राहुल ३४ बर्षका छन् ।

लव रञ्जन निर्देशित फिल्म ‘तू झुठी मै मक्कर’ मा श्रद्धा कपुरले रणवीर कपुरसँग स्क्रिन सेयर गरेकी थिइन् । राहुलले यस अघि  'प्यार का पंचनामा २' र 'सोनु के टिटु की स्वीटी' मा लेखकको रूपमा पनि काम गरिसकेका छन् । सन् २०२२ मा फोटोग्राफर रोहन श्रेष्ठसँग श्रद्धाको ब्रेकअप भएपछि अभिनेता आदित्य रोय कपुरसँग पनि उनको अफ्येर्स रहेको चर्चा चलेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending