काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारी तीव्र बनाएको छ। आगामी २९ साउनमा आयोजना हुने भेलाका लागि काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेस तय गरिएको छ।
इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ। भेलामा देशभरबाट करिब पाँच हजार नेता तथा कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएको समूहले जनाएको छ।
तीन दिनसम्म चल्ने भेलामा कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुने बताइएको छ। देउवाको उपस्थितिले संस्थापन इतर समूहले आयोजना गर्न लागेको भेलालाई थप राजनीतिक महत्व दिएको छ।
कांग्रेस नेता डा। प्रकाशशरण महतका अनुसार उपचारका क्रममा विदेशमा रहेका देउवा बिहीबार दिउँसो १२:३० बजे काठमाडौं आइपुग्नेछन्। उनी थाई एयरको उडानमार्फत नेपाल फर्किन लागेका हुन्।
जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएपछि देउवा गत १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट उपचारका लागि सिंगापुर गएका थिए। त्यसपछि ७ चैत २०८२ मा थप उपचारका लागि उनी सिंगापुरबाट हङकङ पुगेका थिए।
देउवा स्वदेश फर्किन लागेको समय र कांग्रेस इतर समूहको राष्ट्रिय भेला एकै समयमा पर्नुले पनि भेलालाई चासोका साथ हेरिएको छ। भेलामा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठन तथा आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - १२:५८
काठमाडौं । सरकारले बहालवाला दुई सचिवको राजीनामा स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्वसचिव कमल...
श्रावण २७ गते, २०८३ - १२:५०
जनकपुरधाम । भित्र बहस चलिरहँदा धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । मिटरब्याज पीडितले नाराबाजी गर्दै विरोध प्रदर्शन...
श्रावण २७ गते, २०८३ - १२:४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको संसदीय भूमिका थप प्रभावकारी बनाउने उद्देश्यले तीनदिने प्रशिक्षण कार्यक्रम आयोजना ग...
श्रावण २७ गते, २०८३ - १२:१६
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेपछि पहिलोपटक नेपालका दुई ठूला छिमेकी भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न...
श्रावण २७ गते, २०८३ - १२:०४
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री डा। शशांक कोइरालाबीच भेटवार्ता भएको छ। आगामी शुक्रबार काठमाडौंको सुकेधा...
श्रावण २७ गते, २०८३ - ११:४५
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारी तीव्र बनाएको छ। आगामी २९ साउनमा आयोजना हुने भेलाका लागि काठमाडौंको सुकेधारास्थ...
श्रावण २७ गते, २०८३ - ११:२२
गुल्मी। गुल्मीमा अचेत अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ। यस जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–१, रिडीस्थित मदन भण्डारी राजमार्ग छेउ...
श्रावण २७ गते, २०८३ - ११:०८
काठमाडौँ । कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताएक...
श्रावण २७ गते, २०८३ - १०:५५
लमजुङ। बुद्धिबहादुर बोहराको हत्या आरोपमा पक्राउ परेका विजय लामिछानेलाई जिल्ला अदालत लमजुङले पुर्पक्षका लागि कारागार चलान गरेको छ । घटनामा बोहराको साथब...
श्रावण २६ गते, २०८३ - १७:५०
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...



प्रतिकृया लेख्नुहोस्: