Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

झापाको पुँजीगत खर्च ६६ प्रतिशत

खबरडबली संवाददाता

भद्रपुर । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा झापाको पुँजीगततर्फ ६५ दशमलव ८५ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार पुँजीगततर्फको विनियोजित रु पाँच अर्ब २२ करोड ९३ लाख ८१ हजार पाँच सय १७ मध्ये रु तीन अर्ब ४४ करोड ३७ लाख चार सय ८१ खर्च भएको हो । 

चालु आव सकिन एक महिना बाँकी रहँदा चालुतर्फ विनियोजित रु १५ अर्ब ३३ करोड ५४ लाख ६० हजार आठ सय ९३ को ८५ दशमलव ०४ प्रतिशत रकम खर्च भएको प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीले जानकारी दिए । उहाँका अनुसार चालुतर्फ रु १३ अर्ब चार करोड ११ लाख २९ हजार ४८ खर्च भएको छ ।

जिल्लाका स्थानीय तहलाई सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त कुल रु सात अर्ब ५५ करोड ७० लाख ५२ हजार अनुदानमध्ये रु पाँच अर्ब तीन करोड ५५ लाख ६५ हजार तीन सय ९४ बजेट खर्च भएको कोष नियन्त्रक भण्डारीले बताए । उनका अनुसार स्थानीय तहलाई प्राप्त समानीकरण अनुदानको ५८ दशमलव ८१ प्रतिशत, चालुतर्फको सशर्त अनुदानको ७४, पुँजीगततर्फको सशर्त अनुदानको ५४ दशमलव २२, विशेष अनुदानमा ५१ दशमलव ६३ र समपूरक अनुदानको ७७ प्रतिशत रकम खर्च भएको छ ।

स्थानीय तहमा विभिन्न शीर्षकमा आउने अनुदानको रकम अर्थ मन्त्रालयबाट फुकुवा हुन अझै बाँकी रहेको भण्डारीको भनाइ छ । “आर्थिक वर्षको अन्तिम महिना भएकाले अर्थ मन्त्रालयबाट फुकुवाको पत्र आउनासाथ हामी स्थानीय तहमा रकम पठाउँछौँ”, उनले भने । 

कोष तथा लेखा नियन्त्रक कार्यालयले जिल्लास्थित सबै सरकारी कार्यालय र स्थानीय तहलाई चालुतर्फको भुक्तानी यही असार २० गतेभित्र तथा पुँजीगततर्फको खर्चको भुक्तानी असार २४ गते राति १२ बजेभित्र गरिसक्न सूचना गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: