काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा स्थापनाको दुई बर्षमै सिंहदरबार पसेको टिप्पणी गरेका छन् ।
रास्वपा स्थापनाको आज दुई बर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमा टिप्पणी गर्दै लामिछानेले आफुहरु आफ्नो यात्रामा अविचलित रहेको उल्लेख गर्दै दुई बर्षमै सिंहदरबार पसेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्- रास्वपा जन्मिएको २ वर्ष भयो। हामी हाम्रो उदेश्यमा अडिग छौं,गन्तव्यमा स्पष्ट छौं । कुरा बाटोको हो । बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङा खस्छ । आम नागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरुको आशा र अपेक्षा सहितका अग्ला अग्ला पहाडहरु काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउदै हिडिरहेका छौं । कयौं कठिनाइहरुलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन । बैचारिक स्पष्टतासंगै राजनीतिक परिपक्वता हाँसिल गर्दै हामी यो यात्रा सम्पन्न गर्छौ। विश्वास गर्ने एक दुई जना मात्र हुदा त हिड्ने आँट गरियो भने आज त हामी सँग लाखौं लाख शुभेच्छुकहरु हुनु हुन्छ ।
२ वर्ष अघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कयौं विश्लेषकहरु आज 'रास्वपा खस्कदो छ' भन्ने विश्लेषण वाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोहि टक शो मा बोल्न घाँटी र टाइ मिलाउदै होलान्। तर हामी हाम्रो यात्रामा अविचलित छौ। सम्झ्नुस त, देश तथा विदेशका टोल टोल वस्ती वस्तीका आम मान्छेको आवाज बोल्दा बोल्दै त्यो आवजलाई 'घण्टी'मा रुपान्तरण गरेर २ वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौं। २१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौं, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौं।
साथीहरू,घण्टी सिंहदरबार पस्यो, यो देशको मतपत्रमा सदाका लागि घण्टी चुनाव चिन्ह बस्यो। बाँकी काम हामी गर्छौ, तपाईंहरु न चिन्ता लिनुस्, न पिर गर्नुस् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: