Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

५ हजारबाट व्यवसाय थालेकी मीनाकुमारीलाई अहिले माग पुर्‍याउन हम्मे

खबरडबली संवाददाता

पाँचथर । याङवरक गाउँपालिका–३ ओयामको देवीस्थानकी मीनाकुमारी गुरुङले भेडाको ऊनका सामग्री उत्पादन गर्न थालेको ३० वर्ष पूरा भयो । तत्कालीन घरेलु तथा साना उद्योग कार्यालय पाँचथरले तालिम दिएपछि नियमित रुपमा ऊनका सामग्री निर्माण गर्दै आएकी उनलाई अहिले माग पूरा गर्न कठिन परेको छ ।

गुरुङले स्थापना गरेको लेकाली राडीपाखी उद्योगले उनको परिवारलाई मात्रै फाइदा भएको छैन, छिमेकका ऊनको काम गर्न चाहने महिलाका लागि रोजगारी र आम्दानीको बाटो पनि बनेको छ । विसं २०५१ मा यहाँको चरिभञ्ज्याङमा घरेलु तथा साना उद्योग कार्यालयबाट तालिम लिएपछि मीनाकुमारीले ऊनका सामग्री निर्माण गर्न थालेकी थिइन् ।

‘पहिले मैले केही पनि जानेको थिइनँ । म त भारत मै जन्मे हुर्केको हुँ । विवाह गरेर यहाँ आएपछि के चाहिँ गरौं भनेर खोज्दा यहाँ बावु बाजेले गरिराखेको काम गर्नु ठीक लाग्यो’, उनले भनिन्, ‘तर मलाई सीप केही नआउने । तालिम लिने अवसर पाएपछि मैले नियमित रुपमा सामग्री उत्पादन गर्दै आएकी छु ।’

विवाह गरेर घरमा आउँदा उनको २८ जनाको परिवार थियो । घरमा भेडापालन पनि भएकाले यो व्यवसाय गर्न उनलाई सबैतिरबाट सहज भयो । तालिम लिएपछि नै उनले आफ्नो कामलाई व्यवसायको रुप दिन सोही कार्यालयबाट पाँच हजार रुपैयाँ ऋण पाएकी थिइन् । ‘त्यही ऋणबाट व्यवसाय सुरुआत गरेँ । ऋणबाट व्यवसाय थाल्दाको चिनो मसँग अझै छ तिनपाटे राडी’, उद्यमी गुरुङले भनिन्, ‘त्यसयता यही व्यवसायले घर परिवार चलाउँदै आएका छौँ ।’

घरेलुको ऋण चुक्ता गरेपछि उनले कृषि विकास बैंकबाट २० हजार ऋण लिएर किस्ता तिर्न थालेकी थिइन् ।  तत्कालीन सशस्त्र द्वन्द्वको समयमा उक्त ऋण पनि तिर्न जान बन्देज भयो । उनको व्यवसाय पनि धराशायी भयो । उत्पादित सामग्री सहजै बजार पुग्न कठिन भयो । सङ्कटकालमा रोकिएको उनको ब्यवसाय पुनः पुरानै स्थितिमा पुग्यो ।

उनको व्यवसायले उचाइ लिन घरेलु कार्यालयबाट आएको एउटा फोन निकै महत्वपूर्ण भयो । ‘गाउँघरको घरपाला ९गाउँकै भेडाको० ऊनबाट सामग्री निर्माण गरिरहेकी थिएँ । पछि घरेलु कार्यालयबाट मलाई फोन आयो’, उनले भनिन्,’परम्परागत पेशालाई ब्यवसाय बनाउनेहरुलाई तालिम दिने कार्यक्रम रहेछ । त्यसपछि मैले व्यवसायिक रुपमा काम गर्ने तालिम लिने अवसर पाएँ ।’

उनले आफ्नो व्यवसायलाई बढाएपछि भेडाको ऊनको खाँचो पनि भएन । भेडापालकले घरमै ऊन पठाइदिन थाले । ‘पहिले त २० जनासम्म दिदीबहिनीले मेरोमा काम गर्नुहुन्थ्यो । अहिले चाहिँ उनीहरुले ऊन जोखेर आफ्नै घरमा खोसलेर धागो बनाएर ल्याइदिनु हुन्छ’, उद्यमी गुरुङले भने, ‘धेरै माग आउँदा दिदीबहिनीहरुलाई भेला पारेर बुन्छौँ । माग आएपछि सबैलाई बोलाउँछु । अहिले गाउँका धेरै जना ऊनका सामग्री बुन्न सक्षम भइसकेका छन् ।’

गुरुङको उद्योगमा अहिले चेयर म्याट, सोफा सेट, बुर्कासन, दुई र तीन पाटे राडी, लुकुनी, स्टकोट, कोट, झोला, पर्स, गमलामा राख्ने फूललगायत सामग्री निर्माण हुने गरेका छन् ।

उनका अनुसार ऊनका २०८ प्रकारका सामग्री निर्माण गर्न सकिन्छ । यद्यपि यहाँ ती सबै सामग्री उत्पादन हुँदैनन् । उद्योगमा प्रयोग हुने ऊन भने जिल्लाकै फालेलुङमा रहेको भेडी गोठसहित ताप्लेजुङका विभिन्न स्थानबाट आपूर्ति गर्ने गरिएको छ । गुरुङले सामग्री निर्माणका लागि विभिन्न प्रकारका ऊन काठमाडौँबाट ल्याउने गरेकी छन् ।

विदेश बिक्री गरिन्छन् अधिकांश सामग्री

उद्यमी गुरुङका अनुसार उत्पादित सामग्रीका आधारमा फाइदा हुने गर्छ । ‘सानो सामग्रीमा रु सय हाराहारी नाफा हुने गरेको छ, ठूलो सामग्रीमा रु दुई हजारसम्म फाइदा राखेर बिक्री गर्छौँ’, उनले भनिन्, ‘धेरै मूल्य राखौँ बिक्री हुन गाह्रो हुन्छ, कम मूल्य राख्दा फाइदा हुँदैन ।’ यद्यपि आफैँ बजार गएर बिक्री गर्दा भने आकर्षक मूल्य प्राप्त गर्न सकिने गुरुङ बताउँछिन् ।

यहाँ उत्पादित ऊनका सामग्री देशका विभिन्न स्थान सहित छिमेकी मुलुक भारत र अन्य देशमा समेत विक्री हुने गरेको छ । अमेरिका, अष्ट्रेलिया, जापानलगायत देशमा बस्ने नेपालीले घरमा सजावटका लागि यहाँका सामग्री माग गर्ने गर्दछन् । पछिल्ला दिनमा लुकुनी मृत्यु कार्यमा प्रयोग गर्न थालिएको छ । जसकारण यसको माग क्रमश बढिरहेको मीनाकुमारीको भनाइ छ ।

उनको उद्योगमा केन्द्रित भई अहिले ऊन खोस्रिने, धागो तान्ने, तान बुन्नेलगायत काममा औषत १० महिला सम्लग्न भइ रोजगारी प्राप्त गरिरहेका छन् । तर कठिन ठानेर ऊनको काम गर्नेको सङ्ख्या घटिरहेको छ । अब प्रविधिको प्रयोगमार्फत व्यवसायलाई सरल बनाउन मीनाकुमारीसहितका महिलाले चासो राखिरहेका छन् । आफूहरुले गरी आएको परम्परागत पेशाको सम्वद्र्धनका लागि अहिलेसम्म कुनै पनि सहयोग प्राप्त नभएको उनीहरुको गुनासो छ ।

‘अहिले हामीलाई ऊन फड्किने सामग्री चाहिएको छ । ऊन फड्कार्न धेरै गाह्रो छ । त्यही कारण आउने माग समयमा पूरा गर्न सकिरहेका छैनौं’, उनले भनिन्, ‘तान जसले पनि बुन्छ । ठूलो समस्या भनेको पिउरी बनाउन गाह्रो छ । त्यही गर्न मेसिन पाए हुन्थ्यो भन्ने आशा छ ।’

केही समयअघि घरेलु तथा साना उद्योग कार्यालय पाँचथरबाट मीनाकुमारीको उद्योगमा प्रविधि विस्तार गर्न बजेट विनियोजन पनि भएको थियो । तर कार्यालयबाट विनियोजित रु एक लाख बजेटमा मेसिन नआउने भएपछि बजेट प्रयोग नै हुन सकेन । भेडाको ऊनबाट धागो कात्न उनमा रहेको लट्टा फुटाउनुपर्छ । लट्टा फुटाउन प्रयोग हुने कोर्‍यासो भाँचिएर डालोभरि रहेको मीनाकुमारीको गुनासो छ ।

‘अहिले युट्युबमा के–के नयाँ सामग्री पाइन्छ भनेर बुझ्न थालेका छौँ’, उनले भनिन्, ‘हामीलाई चाहिएको ऊन फड्किने नै हो । हामीले काठमाडौँमा प्रदर्शनीका क्रममा धान कात्ने, ऊन फड्कार्नेलगायत सामग्री देखेका थियौँ । मेसिनबाट सामग्री बनाउँदा अलि नरम पनि हुने रहेछ ।’

यहाँ उत्पादन हुने सामग्री कतिपय घरबाटै बिक्री हुन्छ भने कतिपय गाडीमा हालेर पठाउने गरिएको छ । सामग्री बिक्रीका आधारमा आम्दानी हुने गरेको तर उपभोक्ताको माग पूरा गर्न नसकिरहेको मीनाकुमारीको भनाइ छ ।

राष्ट्रिय औद्योगिक प्रदर्शनीलगायत स्थानसम्म पुग्नुभएका मीनाकुमारी गुरुङलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न सरकारी निकायले उत्कृष्ट उद्यमीका रुपमा पुरस्कृत गरिसकेका छन् । यहाँ उत्पादन भएको राडीपाखी याङ्वरक गाउँपालिका तथा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा उपहारका रुपमा वितरण हुँदै आएको छ । सामग्रीले पहिचान बनाए पनि प्रविधिलाई प्रयोगमा ल्याउन नसक्दा सामग्री उत्पादन कठिन बन्दै गएको मीनाकुमारीकी छोरी युनुसा गुरुङको भनाइ छ ।

प्रविधिको प्रयोगमार्फत व्यवसायलाई सरल बनाइ दीर्घकालीन आम्दानीको स्रोत बनाउने अभिलाषा मीनाकुमारीजस्तै यहाँका अधिकांश महिलाले राखेका छन् । यसका लागि सरकारी निकायले प्रविधि र उपकरण हस्तान्तरण गर्नुपर्ने उनीहरुको माग छ ।

शिक्षकसमेत रहेका मीनाकुमारीका श्रीमान पूर्णकुमार गुरुङ पनि प्रविधि हस्तान्तरण गरी सरकारले मद्दत गर्नुपर्ने बताउँछन् । राडीपाखी बुन्ने चलन क्रमश घट्दै गएकाले उत्पादन हुने उद्योगी व्यवसायीलाई सहयोग भए मात्रै परम्परागत पेशा जीवन्त रहने उनको भनाइ छ ।

यो ठाउँमा मीनाकुमारीले मात्रै उद्योग दर्ता गरेकी छन् ।  तर ऊनका सामग्री बनाउने काम गुरुङ समुदायका अधिकांश महिला र अन्य समुदायका केही महिलाले गर्दै आएका छन् । यहाँकी माया गुरुङ कहिले आफ्नै घरमा त कहिले मीनाकुमारीको उद्योगमा गएर ऊनका सामग्री बनाउने काम गर्दै आएकी छन् । ‘घरमा फुर्सदको समयमा ऊनकै काम गरिरहन्छौँ । अलिअलि आम्दानी हुन्छ । नानीहरुलाई खर्च पुर्‍याउन सकिन्छ’, आफ्नो अनुभव सुनाउँदै मायाले भनिन् ।

वर्षमा ३० धार्नीसम्म ऊनबाट सामग्री बनाउन सके अलिअलि बचत गर्न सकिने उनको अनुभव छ । ऊनका सामग्री निर्माण गर्ने काम सहज भने पक्कै छैन । ‘नगर्ने मानिसले जीउभरि ऊन लाग्छ के गरेको भन्नुहुन्छ रु त्यही आम्दानी हुने भएरै हामी यो काम गरिरहेका छौँ । हामीलाई राम्रै लाग्छ’, मायाले भनिन् ।

६५ वर्षकी मैना गुरुङ पनि यही व्यवसायबाट घरको खर्च जुटाउने गरेको बताउँछन् । ‘६५ वर्षको भएँ । उनको काम गरेर ठीकै आम्दानी गरिरहेकी छु । भ्याएको बेला काम गरौँ–गरौँ लाग्छ’, मैनाले भनिन्, ‘बिक्री पनि भइरहेकै छ । म अरुले जस्तो सबै सामग्री बनाउन त जान्दिनँ । आफूले जानेअनुसारका राडीसहितका सामग्री बनाइरहेकी छु ।’

यो पेशालाई छोरी बुहारीले अङ्गाल्ने अपेक्षा मैनालाई छ । ‘हामीले त उमेरका कारण काम गर्न सक्न छाड्यौँ । हाम्रो छोरी बुहारीहरुले सीप सिकेर कहिलेकाहीँ बुन्ने गरेका छन्’, उनले भनिन्, ‘बाबुबाजेको पेशालाई निरन्तरता दिन्छन् भन्ने आशा छ ।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: