काठमाडौँ । टी–२० विश्वकपको सुपर एट खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई १ सय ४९ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियाका कप्तान मिचेल मार्शले टस जितेर बलिङ रोजेपछि अफगानिस्तानले पहिले ब्याटिङ गरेको हो।
राम्रो सुरुवात गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनायो । अफगानिस्तानले पन्ध्र ओभर पाँच बलमा आफ्नो पहिलो विकेटको रुपमा रहमानुल्लाह गुरबाजलाई गुमाएको थियो । पहिलो विकेटको लागि १५ दशमलव ५ ओभर खर्चिएको अस्ट्रेलिया त्यसपछि भने खेलमा फर्किएको थियो ।
४९ बल खेलेका गुरबाजले ४ चौका र ४ छक्काको मद्दतमा ६० रनको पारि खेले । जतिबेला अफगानस्तानको स्कोर बोर्डमा ११८ रन बनेको थियो । यस्तै, इब्राहिम जद्रानले ५१ रन, करिम जन्नतले १३ बनाउँदा मोहमद नबीले अविजित १० रन बनाउनु बाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
अस्टेलियाको लागि प्याट ममिन्सले जारी विश्वकपमा आफ्नो दोस्रो ह्याट्रिक पूरा गरे । उनले राशिद खान, करिम जन्नत र गुलाबुद्दिन नबीको विकेट लिए । यस्तै, एडम जाम्पाले एकै ओभरमा दुई विकेट लिए । उनले १६।३ ओभरमा अजमतुल्लाह उमरजाई र १६।६ ओभरमा इब्राहिम जद्रानलाई आउट गराए । मार्कस स्टोइनिसको नाम एक विकेट रह्यो ।
भारतसँग पराजित अफगानिस्तान आजको खेल जित्दै सेमिफाइनल सम्भावनालाई कायम राख्न चाहन्छ । अस्ट्रेलियाले आजको खेल जिते सेमिफाइनलमा प्रवेश गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - २०:१९
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ । बैङ्कले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्...
आषाढ़ २० गते, २०८३ - २०:१८
विराटनगर । गृहमन्त्री सुधन गुरुङले सरकारी कार्यालयमा सेवा लिन आउने नागरिकलाई सास्ती दिने परिपाटी तत्काल अन्त्य गर्न निर्देशन दिएका छन्। शनिबार मोरङको...
आषाढ़ २० गते, २०८३ - ०८:११
धनकुटा । जीवनले धेरै परीक्षा लिन्छ, तर सबैले त्यसलाई एउटै तरिकाले सामना गर्दैनन्। धनकुटाको महालक्ष्मी नगरपालिका–८ नेता चोकका ७५ वर्षीय दलबहादुर पौडेल ...
आषाढ़ २० गते, २०८३ - ०८:०६
काठमाडौं । राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रणाली स्तरोन्नतिका लागि केही दिन राहदानी सेवा अस्थायी रूपम...
आषाढ़ २० गते, २०८३ - ०७:४४
काठमाडौं । संघीय निजामती सेवा विधेयकमार्फत ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेपछि अनिवार्य अवकाशको व्यवस्था लागू हुने चर्चा चल्न थालेपछि निजामती कर...
आषाढ़ २० गते, २०८३ - ०७:४१
काठमाडौं । यस वर्ष सुरु भएपछि (वैशाख १ देखि असार १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्...
आषाढ़ २० गते, २०८३ - ०७:३८
एजेन्सी । साविक विजेता अर्जेन्टिनाले डेब्यु टोली केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेक...
आषाढ़ २० गते, २०८३ - ०७:३३
जनकपुरधाम । गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित श्रीपुर गाउँको हावा नै आँपको सुगन्धले भरिन थाल्छ । हरियालीले ढाकिएका बगैँचामा लट...
आषाढ़ २० गते, २०८३ - ०७:३१
काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा...
आषाढ़ १९ गते, २०८३ - २१:०९
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्त नियुक्...



प्रतिकृया लेख्नुहोस्: