Ntc summer Offer
Khabar Dabali ७ कार्तिक २०८१ बुधबार | 23rd October, 2024 Wed
Investment bank

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट

खबरडबली संवाददाता

बुटवल । बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ । 

आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा चालु तर्फ ४८.६५ प्रतिशत र पूँजीगततर्फ ५१.३५ प्रतिशत रहने गरि २ अर्ब ९९ करोड २२ लाख बराबरको आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गरेकी हुन् । 

बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिँदै पर्यटन, कृषि, पशुपंक्षी विकास, मानव संसाधनको विकासका क्षेत्रलाई प्राथमिकता दिदै रकम बिनियोजन गरिएको छ । 

बजेटमा 'छोरी पढाऔं, समाज बनाऔं' कार्यक्रम अन्तरगत बुटवल टेक्निकल इन्स्टिच्युटसँगको सहकार्यमा ४० जना छात्राहरुलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने उल्लेख छ । यस्तै लुम्बिनी बस टर्मिनलमा विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गर्न १ करोड बजेट छुट्याइएको छ । 

त्यस्तै बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्न र आन्तरिक तथा बाह्य पर्यटक आगमनलाई वृद्धि गर्न 'बुटवल भ्रमण बर्ष'  घोषणा गर्ने उल्लेख छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ:अमेरिकी रक्षामन्त्री अस्टिन

सोल । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधबार उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको बताएका छन् । दक्षिण कोरियाली गुप्तचर प्रमुखले सांसदहरूल...

गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु

रसुवा । गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा माथिल्लो भेग र यार्साको सातधारालगायतका स्थानमा हिमपात भएको स्थानीले बताएका छन् ।  ...

जिम्बाबेले तोड्यो नेपालको किर्तिमान, टी-२० मा बनायो सर्बाधिक रन

काठमाडौं । जिम्बाबेले टी-२० क्रिकेटमा नेपालले बनाएको अहिलेसम्मको उच्च रनको रेकर्ड तोडेको छ । बुधबार टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका क्षेत्रको खेलम...

झापामा बसको ठक्करबाट साइकलमा सवार हजुरबुवा र नातिनीको मृत्यु

झापा । झापाको केरखामा बुधबार साँझ यात्रुवाहक बसले ठक्कर दिँदा विद्युतीय साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ ।  पूर्व–पश्चिम र...

काठमाडाैंकाे चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्दार

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्दार गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी ...

भारतमाथि बंगलादेशको शानदार जित, दुवै साफको सेमिफाइनलमा

काठमाडौं । बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समुह बिजेता बन...

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न थप १५ सय सेना पठाएको दक्षिण कोरियाको दाबी

काठमाडौं । दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुखले उत्तर कोरियाले रुसमा थप १५ सय सैनिक पठाएको बताएका छन् । यी उत्तर कोरियाली सैनिकहरू रसियालाई मद्दत ...

नेपालले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) आगामी नोभेम्बर १३...

महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने टिमको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ  (क्यान) ले महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने १४ खेलाडी घोषणा गरेको छ ।  क्यानले तीन चरणको क्लोज क्याम्प ग...

भारतविरुद्ध पहिलो हाफमा बंगलादेश ३-१ ले अगाडी

काठमाडौं । बंगलादेशले साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलको पहिलो हाफमा भारतमाथि ३-१ को अग्रता लिएको छ । बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy