Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

हराउन थाल्यो राडीपाखी बुन्ने चलन

खबरडबली संवाददाता

कालीकोट । कालीकोटमा भेडाबाख्राको ऊनबाट राडीपाखी बुन्ने चलन लोपोन्मुख अवस्थामा पुगेको छ । भेडाबाख्रापालनमा कमीआएसँगै राडीपाखी बुन्ने चलन पनि यहाँका बासिन्दाले बिस्तारै छाड्दै गएका हुन् ।

तिलागुफा नगरपालिका–५ फोइमहादेवका राजु कार्कीले समय बढी लाग्ने तर आम्दानी कम हुने भएपछि राडीपाखी बुन्ने चलन हराउन थालेको बताए । “ भेडाबाख्रा पाल्ने चलन हराउँदै जाँदा राडीपाखी बुन्ने चलन पनि हराउन थालेको हो । भेडाबाख्राको ऊन उत्पादनमा धेरै समय लाग्छ । आम्दानी कम हुँदा राडीपाखी बुन्न चलन हराउन थालेको हो ।”

एउटा राडीपाखी बुन्न दुई सातासम्म समय लाग्ने गरेको समय खर्चका हिसाबले खर्चिलो भएका कारणले राडीपाखी बुन्ने चलन हराउन थालेको नरहरिनाथ गाउँपालिका–५ रुप्साका दयाराम सहकारीले बताए । “राडीपाखी, लिउ वा फेरुवा जे बेचे पनि एउटा बेचेवापत झण्डै एक हजारभन्दा बढी फाइदा हुँदैन”, उनले भने, “एउटा राडीपाखी, लिउ फेरुवा तीन हजार पाँच सयदेखि चार हजार पाँच सयसम्म बिक्री हुन्छ ।”

अहिलेको रङ्गीन गलैँचा एक हजार पाँच सयमा बजार पाउने गरेको र गाउँमा बनेका राडीपाखीको चार हजार पाँच सयमा राडीपाखी बिक्री नहुँदा अहिले बजारको समस्या भएको पचालझरना गाउँपालिका–७ नानीकोटका रामबहादुर शाहीले बताए । “पहिलापहिला धेरै भेडाबाख्रापालन गरेर त्यसैबाट राम्रो आम्दानी लिने चलन थियो”, उनले भने, “अहिले विगतका जस्तो भेडाबाख्रा पाल्ने चलन हराउँदै जाँदा राडीपाखी बुन्ने चलन पनि हराउँदै गयो ।”

भेडाबाख्रापालन व्यवसायमा कमी आएको पचालझरना गाउँपालिकाले अध्यक्ष देवजङ्ग शाहीले जानकारी दिए । “भेडाबाख्रा बहुउपयोगी पशुपालन हो । यसबाट कपडा र मासु पाइन्छ”, उनले भने, “भेडाबाख्रापालन व्यवसाय गर्ने किसानलाई प्राहोत्सनका लागि भत्ता व्यवस्था नगर्दा कमी आएको छ ।” 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अध्यादेश मार्फत १ सय १० कानून परिमार्जन हुँदा यी निकायमा पदाधिकारी पदमुक्त हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुस...

धरानमा सुकुम्बासीको प्रदर्शन: विकल्पबिनाको हटाउने अभियान अस्वीकार्य

‘राज्य आतंक’ नरोके कडा आन्दोलनमा जाने चेतावनी,

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सुनसरी, सर्लाही, बारा, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर...

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष राईले गरे पार्टी परित्यागको घोषणा

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका-३ का वडाध्यक्ष जेफर राईले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू आबद्ध रहे...

जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण

एजेन्सी । जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य आगामी छ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको पेन्टागनका प्रवक्ता सन पार्नेलले बताएक...

हराएको खुकुरी खोज्नेक्रममा भीरबाट खसेर दुई जनाको मृत्यु

खोटाङ । खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । भीरबाट खस्दा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको ...

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन ...

जबरजस्ती करणीमा १२ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय संखुवासभाले जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।  उच्च अदालत विराटनगर, ...

८ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा ...

कालीकोट । ११ वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति फर्किँदा दुःखको अन्धकार सधैँ हटेको छ । उनको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्...

कृष्ण मन्दिर हत्या प्रकरणः हत्यारालाई समात्ने प्रहरी जवानलाई मृतकका आमाबुवाले दिए नगद पुरस्कार

काठमाडौँ । ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरमा भएको बीभत्स हत्याका अभियुक्तहरूलाई साहसिक रूपमा नियन्त्रणमा लिन सफल प्रहरी जवान शाहना बोहरा सम्मानित भएकी...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending