Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

भोजपुरको पौवादुङमाले २ सय उन्नत गाई वितरण गर्ने

खबरडबली संवाददाता

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले दूधमा आत्मानिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न दुई सय उन्नत जातका गाईका बाछी वितरण गर्ने भएको छ । गाउँपालिकाले १५ औँ गाउँसभामा आफ्नो बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो कार्यक्रम अघि सारेको हो ।

आगमी आर्थिक वर्षमा गाउँपालिकाको ५० प्रतिशत अनुदानमा किसानसँग सहकार्यमा उन्नत जातको गाईको बाछी वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिए ।

यो कार्यक्रम सञ्चलानको लागि गाउँपालिकाले ६० लाख बजेट विनियोजन गरेको उनको भनाइ छ । पशुपालनबाट किसानलाई आयआर्जनमा जोड्न पशु शाखाबाट घाँस खेती कार्यक्रम ल्याइएकोसमेत उनको भनाइ छ ।

‘दूग्ध मिसन कार्यक्रम अन्तर्गत हामीले उन्नत जातको गाई वितरण कार्यक्रमलाई जोड दिएका छौँ’प्रशासकीय अधिकृत भट्टराईले भने,‘यो कार्यक्रम अन्तर्गत किसानहरुसँगको लागत साझेदारीमा दुई सय वटा उन्नत जातका गाईका बाछी वितरण गर्ने लक्ष्य रहेको छ ।’

यो कार्यक्रम वडा नं १ श्यामशिला, वडा नं २ तिवारीभञ्याङ र वडा नं ३ च्याङ्गेमा सञ्चालन गरिने उनको भनाइ छ । त्यस्तै वडा नं ४ मा अकबरे खुर्सानी र वडा नं ५ र ६ मा व्यवसायिक बाख्रापालनलाई जोड दिइएको उनले बताए ।

गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाएर किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाईको बाछी वितरणका कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको अध्यक्ष राईको भनाइ छ ।

‘गाउँपालिकाले दूग्ध जन्य उत्पादनमा जोड दिएको छ’ अध्यक्ष राईले भने,‘यस अघि हामीले किसानलाई उन्नत जातको भैंसी दिएका थियौँ । यो कार्यक्रम सफल भएको छ । यस पटक हामीले उन्नत जातको गाई वितरणको कार्यक्रम अघि सारेका छौँ । किसानलाई आयआर्जनमा जोड्दै गाउँपालिकालाई दूधमा आत्मभिर्नर बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।’

उत्पादित दूधको बजारीकरणमासमेत गाउँपालिकाले भूमिका खेल्ने उनको भनाइ छ । गाउँपालिकाले सामुहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको पनि अध्यक्ष राईले बताए । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध विकास भईरहेको अध्यक्ष राईको भनाइ छ ।

‘हाम्रो गाउँपालिकामा धेरै कृषियोग्य तथा पशुपालनको लागि उपयुक्त भूगोल छन्’अध्यक्ष राईले भने,‘खास गरेर बाँझो जमिन सदुपयोग गर्ने र सामुहिक खेतीमा लाग्नेहरुलाई प्रोत्साहनको नीति लिएका छौँ ।’

गाउँपालिकाले कृषीमा बहुवर्षिय बालीहरुमा ९एभोकाडो, किवी, चिउरी० खेती प्राथमिकताका साथ काम गरिरहेको उहाँको भनाइ छ । त्यस्तै व्यवसायिक तरकारी तथा अकबरे खुर्सानी खेतीमा लागेका किसानलाई गाउँपालिकाले सहयोग गर्दै आएको अध्यक्ष राईले बताए ।

गाउँपालिकाले कृषकहरुसँगको लागत साझेदारीमा फलफूल बगैंचा विकास तथा एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन गर्ने नीति लिएको उपाध्यक्ष ज्योत्सना राईले बताइन् । महिला बिकास बोर्डमार्फत उपाध्यक्ष आत्मनिर्भर कार्यक्रमबाट महिलाहरुलाई लक्षित गरेर कार्यक्रम ल्याइएको उनको भनाइ छ ।

गाउँपालिकाले यस अघिका वर्षमा किसानहरुलाई १३ वटा उन्नत जातको भैंसी र रागो वितरण गरेको थियो । यो गाउँपालिका कार्यसम्पादन मुल्याङकनमा जिल्लामा पहिलो स्थानीय तह पनि हो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि कुल रु। ३६ करोड ९२ लाख ४१ हजार बराबरको बजेट ल्याएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय कविता महोत्सव२०८१'का उत्कृष्ट १० जना कविलाई पुरस्कृत

काठमाडौं ।  नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ मा उत्कृष्ट घोषित १० जना कविलाई पुरस्कृत गर...

गुणस्तहीन सामान र अंकित मूल्यभन्दा बढी लिएर बिक्री गरे कारबाही हुन्छः काठमाडौं महानगरपालिका

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, कम्पनी तथा निकायहरुलाई मूल्य सूची पसलको अग्रभागमा राख्न सचेत गराएको छ। महानगरपाल...

जापानको भावी प्रधानमन्त्री बन्ने दौडमा एलडिपी नेता

काठमाडौं । जापानमा आगामी शुक्रबार हुने निर्वाचनले पहिलो महिला र सबैभन्दा कान्छो प्रधानमन्त्री पाउने सम्भावनासहित पार्टीको नेता चयनमा जापानको सत्तारुढ ...

भेरानको फुटबलबाट सन्यास

काठमाडौँ । फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले फुटबलबाट सन्यास लिएका छन् । ३१ बर्षिय स्टार खेलाडीले लगातारको इन्जूरीपछि सन्यासको निर्णय गरेका हुन् ...

असोज १९ गते आन्टरप्रेनर समिट आयोजना हुँदै

एशिया प्यासिफिक क्षेत्रका उद्यमी र लगानीकर्ता पनि आउने

विराटनगरबाट स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट  स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ स्थित मटेरूवाबाट उनीहरु  पक्र्राउ प्रेका ...

विद्यार्थी कल्याण समाज बिपी प्रतिष्ठानको अध्यक्षमा देव निर्वाचित

सुनसरी ।    विद्यार्थी कल्याण समाज  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् । महासचिवमा भने स...

४९ अंकले उकाकालो लागेको बजारमा कारोबार रकम ओरालो

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ४९ दशलमव १८ अंकले बढेर २,५१९.५७ को विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको शेय...

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा समस्या

म्याग्दी । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदे...

चीनले दशकौंपछि गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौँ । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy